कपिलवस्तु: कपिलवस्तुको चन्द्रौटामा क्षयरोग उपचार केन्द्र सञ्चालनमा आएको छ । औषधि प्रतिरोधक क्षयरोग (डीआरटीबी) का बिरामीको सङ्ख्या बढ्न थालेपछि उपचार केन्द्र सञ्चालनमा ल्याइएको हो। लुम्बिनी प्रदेशमा चौथो र कपिलवस्तुमा पहिलो क्षयरोग उपचार केन्द्र चन्द्रौटामा स्थापना गरी सञ्चालन गरिएको राष्ट्रिय क्षयरोग कार्यक्रमका उपसचिव शरदकुमार शर्माले बताए । नेपालभर २३ डीआर सेवा र ८६ उपकेन्द्र रहेको उनले बताए ।
चन्द्रौटामा सेवा सञ्चालनमा आएसँगै क्षयरोग नियन्त्रणमा प्रभावकारी ढङ्गले अघि बढ्ने विश्वास लिइएको छ । क्षयरोगका बिरामीलाई औषधिले काम गरे/ नगरेको विषयको परीक्षण प्रयोगशालामा हुनेछ । साथै नियमित औषधिले निको हुने/नहुने अवस्थाबारे पनि थाहा पाउन सहज हुने बताइएको छ ।