काठमाडौं : आमाशयमा सुन्निने, घाउ हुने, अल्सर हुनेलाई मेडिकल भाषामा ग्यास्ट्राइटिस भनिन्छ । ग्यास्ट्राइटिको मुख्य कारण भनेको हाम्रो खानपानमा गडबडी नै हो । धेरै चिल्लो पिरो, तातो चिजहरु, भुटेको तारेको आदि खानाले ग्यास्ट्रिक बनाउँछ । त्यसैले दसैंका बेला चिल्लो पिरो खादा विशेष सावधानी अपनाउनुपर्छ ।
त्यस्तै अर्को भनेको अनिद्रा तथा मानसिक तनावले पनि ग्यास्ट्रिकको समस्या उत्पन्न हुन्छ । ग्यास्ट्रिक भएको बेला पेट पोल्ने, पेटको माथि एकनासले पोल्ने, खाली पेटमा भन्दा खाना खाएपछि पेट दुख्ने, पेट फुल्ने, वाकवाकी आउने आदि यसका लक्षण हुन् । यदि घाउ नै भयो भने त्यसलाई अल्सर मानिन्छ ।ग्यास्ट्रिक भएका व्यक्तिले विशेषगरी खानपिनमा ध्यान दिनुपर्छ । रक्सी, चुरोट, चिल्लो मासु धेरै खानु हुँदैन । अत्यधिक मासुले नै ग्यास्ट्रिकको समस्या विकराल बन्न सक्छ ।
विशेषगरी यस्ता व्यक्तिले दशैंको बेला मनपरी ढंगले खसीको मासु खाने, रातभर तास खेलेर अनिदो बस्ने, पानी नपिउने आदि गर्नबाट जोगिनुपर्छ । दशैंमा निश्चित मात्रामा मासु खाएपनि साथमा सागपात, सलाद, पानी पनि प्रसस्त पिउनु पर्दछ । यसरी ग्यास्ट्रिकको समस्याबाट जोगिन सकिन्छ ।