काठमाडौँ, २० कात्तिक । मधुमेहले रगतमा चिनीको मात्रा बढि रहेको अवस्थालाई जनाउँछ । हामीले खाएको खानेकुरा शरीरमा पुगेर ग्लुकोजमा परिणत हुन्छ र इन्सुलिनले शरीरमा ग्लुकोजको सन्तुलन कायम गर्छ। विविध कारणले प्यान्क्रियाजले आवश्यक भन्दा कम इन्सुलिन उत्पादन गर्दा ग्लुकोजको मात्रा शरीरमा बढ्न जान्छ र मधुमेह देखा पर्छ।
मधुमेह दिर्घरोग रोग भएकाले एकपटक लागेपछि पूर्ण रुपमा निको हुँदैन । तर, स्वस्थ डाइट अर्थात्, आहारले रगतमा चिनीको मात्रालाई बढ्न नदिई सुगरलाई नियन्त्रण गर्दै शरीरको प्रतिरोध क्षमतालाई समेत चुस्तराख्न मद्दत गर्ने भएकाले यसबाट निम्तिन जोखिम कम गर्न भने हामीले आफ्नो खानपिनमा विशेष ध्यान पुर्याउनु पर्दछ ।
मधुमेहका बिरामी खान नहुने खानाहरु
चिनीयुक्त गुलिया पेयपदार्थ
कृत्रिम गुलियो पेयपदार्थ स्वस्थ व्यक्तिका लागि पनि हानिकारक खाद्यवस्तुमध्ये एक हो । अझ यसले मधुमेहका बिरामीमा सुगरको मात्रा बढाउन अहम् भूमिका निर्वाह गर्ने भएकाले मधुमेहका बिरामीले यी खानाबाट टाढै रहुनुपर्दछ ।
बरु यसको विकल्पमा रुपमा यी समहूले नियमित सोडा÷ फु्रट पन्चेस, स्वीटेन्ड वाटर, कफिजन्यपदार्थ ः फ्यापचिनोज वाक्यापचिनोज, म्याकिआटोजस्ता पेय पदार्थ उपभोग गर्न सकिन्छ ।
होलमिल्क
अन्यदुधको तुलनामा ‘होलमिल्क’मा फ्याट तथाक्यालोरीको मात्रा अधिक रहन्छ । यसप्रकारको दुध सेवनले व्यक्तिको तौल बढाउँदै व्यक्तिलार्ई मोटोपनतर्फ डो¥याउन मद्दत गर्छ ।
विभिन्नअध्ययन अनुसन्धानकाअनुसार, मोटा मानिसहरुमा मधुमेह तथाअन्य स्वास्थ्य समस्याको जटिलताउच्च रहन्छ । तसर्थ व्यक्तिले होल मिल्कको पिउने आफ्नो यस बानीलाई हटाई फ्याटको मात्रा कम भएको वा सकेसम्म स्किम दुध(फ्याट तथा केहि क्यालोरीको मात्रा हटाइएको) दुधको सेवन गर्नुपर्छ ।
यस्तैल्याक्टोज (चिनीभएको दुध) सह्य नहुने व्यक्तिले त्यसको विकल्पस्वरुप अल्डमोण्ड(देशीबदाम) मिल्क, सोय(भटमास) मिल्कअथवा राइस मिल्कको प्रयोग गर्न सक्छन् ।
नास्तामा प्रयोग गरिने अनाज
नास्तामा प्रयोग गरिने अनाजअन्नलाई प्रशोधित गरेर दूुधसंग खानका लागि तयार गरिएको हुन्छ । त्यस्ताखाद्य कृत्रिम रुपमा गुलियो हुने भएकोले त्यसमा मोटोपन र चिनीको मात्रा उच्च रहन्छ । यद्यपि मधुमेहका बिरामीले भने यसको विकल्प स्वरुपबजारमा सजिलै पाइनेलो(कम) फ्याट भएका अनाजको प्रयोग गर्न सकिन्छ ।
मकै
मकै एक फाइबर, भिटामिन एवम् मिनरल्सयुक्त खाद्य हो । स्टार्चको मात्राअधिक रहने भएकोले मकैले रगतम चिनीको मात्रालाई प्रोत्साहन गर्छ । जसकारण पनिमधुमेह बिरामी मकै सेवनबाट टाढै रहनुपर्छ ।
यद्यपिमधुमेहका बिरामीले के बुझ्नुपर्छ भने, यी समूहले पनि चिकित्सकको सल्लाह अनुसार मकैको केहि मात्रा भने अवश्य उपभोग गर्न सकिन्छ ।
ट्रान्स फुड
शरीरमा फ्याटको मात्रालाई बढाउने खानाअवस्थकर खानाहुन् । यद्यपि यस्ता खानाले मधुमेहका बिरामी(चिनीको मात्रा)लाई प्रत्यक्ष रुपमा असर नगर्ने भएपनि यी खानाले व्यक्तिको मुटुमा सूजन गराउने वा मुटु एवम् धमनीसम्बन्धिगम्भीरप्रकृतिकाअनेकौ समस्याहरु उत्पन्न गराउँछ ।
केक, पाई क्रस्ट, बिस्कुट, फ्रोजन गरी राखिएकापिज्जातथाक्रेकरहरु शरीरमा फ्याटको मात्रालाई बढावा दिने खानाको गतिलो उदहारणहरु हुन् ।
प्याकगरिएकालन्च मिट
यसप्रकारका खानाहरुलाई पहिल्यै बचाउ गरी पहिल्यै तयार अवस्थामा राखिएका हुन्छन् । यी खानामा पनि स्याचुरेटेट फ्याट एवम् सोडियमको मात्रा उच्च रहन्छ । तसर्थ दिउँसो खाजाको रुपमाप्रयोग गरिने यस्ता उच्च फ्याटयुक्त खानाहरु खानुभन्दा घरमै बनाइएकामासुका केहि टुक्राहरु खानु नै उपयुक्त रहन्छ ।
मह
हामीलाई थाहा छ, महमाचिनीको मात्राउच्च रहने भएकाले यसको सेवन मधुमेह बिरामीका लागि उचित मानिदैँन । तर, यसको अर्थ मधुमेहका बिरामीले मह खान छोड्नुपर्छ भन्ने होइन । यद्यपिअन्यखानाको मात्रासंग मिलाएर भने यसको सेवनअवश्यगर्न सकिन्छ ।
ह्वाइट राइस(White Rice)
यसप्रकारको चामललाई स्वादिलो एवम् आकर्षण बनाउन तथा प्रशोधित गरी लामो समयसम्म उपभोगयोग्य बनाउनका लागि भुस र किटाणुरहित बनाइएका हुन्छन् ।
यसमा कार्वाेहाइडेट तथा ल्ग्याईसेमिक सुचांकको उच्चमात्रा समावेश भएको हुन्छ । जसले चिनीको मात्रालाई अझ बढावा दिने काम गर्छ ।
तसर्थ मधुमेहका बिरामीले आफ्नो ह्वाइट राइस सेवनको बानीलाई सुधार्नुपर्छ । सेतो पाउरोटी समेत ह्वाइट राइसबाट नै बन्ने हुँदामधुमेहका बिरामीयसको सेवनबाट टाढै रहन्छन् भने, यसको विकल्प स्वरुप उनीहरु ब्राउनवा वाइल्ड राइसको सेवन गर्छन् ।
भुटेका वा तारिएका खाना
भुटेका वातारिएकाखानामानदेखिने फ्याट तथा तेल हुने भएकाले यस्ता खाना मधुमेह बिरामीकालागिअवस्थ्यकर मानिन्छ । जसकारण मधुमेहका बिरामीले तारिएका खाना प्रयोग गर्नुहुदैन ।
यद्यपि यसको बदलामा उसिनेको वा पोलेका खानाको प्रयोग गर्न सकिन्छ ।तारिएका खानाअन्र्तगत फ्रेन्च फ्राई, आलु समोसा एवम् कडा भुटेको चिकेन लगायतका खानाहरु पर्दछन् ।
फास्ट फुड(Fast Food)
फास्ट फुड पकाउन एवम् उपभोग गर्न सहजहोस् भन्ने उद्देश्यका साथतयार गरिएका खाना हुन् । यद्यपि यस्ताखानास्वास्थ्यको दृष्टिकोणले उचित मानिदैन ।
सामान्यतयाः फास्ट फुडमा चिनीएवम् फ्याटको मात्राउच्च रहने भएकोले यसको सेवनमधुमेह बिरामीकालागिहानिकारक मानिन्छ । यद्यपिकम फ्याट एवम् कार्वोहाइडे«ट भएको तरकारी वामासुद्वारा निर्मित फास्ट फुडको सेवनभने गर्ने सकिन्छ ।
ड्राई फ्रुट्स(Dry Fruits)
यस्ता खानामा भएका पानीलाई घामको किरण वा अन्य विविध माध्यमद्वारा निखारी सुख्खा बनाइएको हुन्छ ।
जसमा फाइबर, मिनरल्स एवम् भिटामिनको मात्रा अधिक रहन्छ । साथै यी खाना चिनी तथा क्यालोरीको दृष्टिकोणले पनि भरिपुर्ण हुने भएकाले यसको सेवन मधुमेह बिरामीका लागि उचित मानिदैँन ।