काठमाडाैं- चिकित्सा शिक्षा आयोगले एमबिबिएसलगायतको एकीकृत प्रवेश परीक्षाको नतिजा प्रकाशनमा त्रुटि गरेको भन्दै विद्यार्थी आन्दोलित बनेका छन् । नतिजा सच्याउन र प्रश्नपत्रसहित विद्यार्थीले उत्तरपुस्तिकासमेत हेर्न पाउनुपर्ने माग राख्दै सोमबारदेखि आन्दोलनमा उत्रिएका हुन् । उनीहरुले ओएमआर सीट, एन्सर की, प्रश्नपत्र सेट हेर्न पाउनुपर्ने लगायतका माग गरेका छन् । आयोगले गत शुक्रबार प्रकाशित गरेको एमबीबीएस तथा शनिबार प्रकाशित गरेको पारामेडिकलको नतिजामा त्रुटि भएको थियो ।
Aricle Tech
सुर्खेत- सुर्खेतस्थित कर्णाली प्रदेश अस्पताल र चितवनको भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालबीच क्यान्सर उपचार सेवा विस्तार गर्ने सम्झौता भएको छ। केन्द्रीय सरकारले क्यान्सर नियन्त्रण राष्ट्रिय रणनीति (२०२४-२०३०) तयार पारेसँगै अब सातै प्रदेशबाट क्यान्सर निदान र उपचार सेवा सुरु हुन लागेको हो । मंगलबार बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरका तर्फबाट कार्यकारी निर्देशक डा. शिवजी पौडेल र कर्णाली प्रदेश अस्पताल सुर्खेतका निर्देशक प्रा.डा. डम्बर खड्काले सेवा विस्तार सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । सम्झौतामा बीपी कोइराला मेमोरियल अस्पतालले सुर्खेत प्रादेशिक अस्पतालमा बहिरंग, अन्तरंग तथा उपचार समेटेर सेवा प्रदान गर्नुपर्ने उल्लेख गरेको छ । उपचार सेवा भने असोज १३ बाट सुरु हुने भएको…
चितवन- चितवनमा डेंगुको संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–१८ चनौलिका ४१ वर्षीय पुरुष छन् । उनको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो । ज्वरो आएर उपचारका लागि आएका उनको उपचारका क्रममा मृत्यु भएको हो । शुक्रबार अस्पताल भर्ना भएका उनको मङ्गलबार मृत्यु भएको भरतपुर अस्पतालका वरिष्ठ फिजिसियन डा कल्याण सापकोटाले जानकारी दिए । उनका अनुसार बिरामीमा कडा खालको डेंगु देखिएको थियो । शरिरका विभिन्न भागबाट रक्तश्राव भई अंगहरुले काम गर्न छाडेर (मल्टि अर्गान फेलर) उनको मृत्यु भएको हो । उनको भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । यसअघि शनिबार चितवन मेडिकल कलेजमा भरतपुर–२ का ६३…
महोत्तरी- महोत्तरीमा स्याल र कुकुरको टोकाइबाट १४ जना घाइते भएका छन् । प्रादेशिक अस्पताल जलेश्वरको आकस्मिक कक्षले दिएको जानकारीअनुसार पछिल्लो दुई दिनमा स्याल र कुकुरले टोकेर १४ जना घाइते भएका हुन् । घाइतेहरूको उपचार प्रादेशिक अस्पताल जलेश्वरमा भइरहेको छ । जसमध्ये गम्भीर घाइते तीनजनालाई थप उपचारको लागि जनकपुर पठाइएको स्वास्थ्यकर्मी राजीवकुमार पाठकले बताए । जिल्ला सदरमुकाम जलेश्वर नगरपालिका–३ मलिवारा बस्ने ३२ वर्षीया उषा देवी, १४ वर्षीया शिवानी मिश्रा, ३३ वर्षीय दिलीपकुमार मण्डल र सात वर्षीय अर्पितकुमार महतोलाई घरै अगाडि वन क्षेत्रबाट आएको स्यालले टोकेर घाइते बनाएको छ । त्यस्तै जलेश्वर नगरपालिका–६ बस्ने ३५ वर्षीया लिलम देवी, १२ वर्षीया माया कुमारी…
पर्वत- आवश्यक दक्ष जनशक्ति अभावमा पर्वत अस्पतालमा रहेका करोडौँ मूल्यका अत्याधुनिक भेन्टिलेटर र आइसीयू प्रयोगविहीन बनेका छन् । अस्पतालमा पाँच शय्य आइसीयू र सातवटा भेन्टिलेटर छन् । तर भेन्टिलेटर आवश्यक परेको बिरामी अस्पतालमा आएमा बिरामीले त्यो सेवा उपभोग गर्न पाउँदैनन् । तत्कालीन कोभिड–१९ को सङ्क्रमण बेला भित्र्याइएका ती भेन्टिलेटर अहिलेसम्म पनि प्रयोगमा आउन नसकेका हुन् । लामो समयसम्म प्रयोगमा नआउँदा उपकरण कामै नलाग्ने अवस्थामा पुगेका छन् । गण्डकी प्रदेश सरकारको रु एक करोड ६९ लाख लगानीमा आइसीयू र भेन्टिलेटर तयार पारिएको थियो । यसबाहेक लायन्स क्लबदेखि अन्तर्राष्ट्रिय सहयोगबाट आएका भेन्टिलेटरको सङ्ख्या अहिलेसम्म सात पुगेको छ । तर ती भेन्टिलेटरमा अहिलेसम्म…
काठमाडौँ- प्रतिनिधिसभाको बैठकमा सांसदहरूले चिकित्सा शिक्षा आयोगले लिएको ‘एमबिबिएस’को प्रवेश परीक्षामा मानवीय त्रुटि भएको विषयमा छुट दिन नहुने र दोषीलाई कडा कारबाही गर्नुपर्ने माग गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा बोल्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद रोशन कार्कीले उक्त आयोगले प्रवेश परीक्षामा मानवीय त्रुटि भएको भनिए पनि सत्य बुझ जरुरी भएको बताए । “चिकित्सा शिक्षा आयोगले लिएको प्रवेश परीक्षा त्रुटिपूर्ण भयो भनिएको छ”, सांसद कार्कीले भने, “परीक्षामा मानवीय त्रुटि होइन, दानवीय त्रुटि भएको छ, यस्ता त्रुटि गर्नेलाई कडा कानुनी सजाय दिनुपर्छ ।” उनले शिक्षा क्षेत्रको सुधारका लागि सरकारको ध्यानाकर्षण गराए । नेकपा (माओवादी केन्द्र) का सांसद देवेन्द्र पौडेलले उच्च…
कैलाली- जापानिज इन्सेफलाइटिसको संक्रमणबाट कैलालीमा दुई जनाको मृत्यु भएको छ। लामखुट्टेको टोकाइबाट लाग्ने यो रोगबाट जिल्लाको घोडाघोडी नगरपालिकामा दुई जनाको मृत्यु भएको हो । स्वास्थ्य कार्यालय कैलालीले घोडाघोडी नगरपालिकाका ९ वर्षीय बालक र ६० वर्षीय पुरूषको जापानिज इन्सेफलाइटिसको संक्रमणबाट मृत्यु भएको बताएको छ । यस्तै, जिल्लाको गौरीगङ्गा, घोडाघोडी र धनगढी उपमहानगरपालिकामा थप चार जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय कैलालीका निमित्त प्रमुख गौरी जोशीले बताइन् । उनले गौरीगङ्गामा ६ वर्षीय बालक र ६५ वर्षीय पुरुष, गोदावरीमा १ जना एक ४६ वर्षीय महिला र धनगढीमा ५ महिनाको बालकमा संक्रमण पुष्टि भएको बताइन् । संक्रमितको उपचार विभिन्न अस्पतालमा भइरहेको निमित्त प्रमुख जोशीले…
काठमाडौं – सार्वजनिक बिदाको दिनमा पनि सरकारी अस्पतालमा बहिरंग सेवा (ओपीडी) सञ्चालन गर्न सरकारले दिएको निर्देशनप्रति नेपाल चिकित्सक संघले आपत्ति जनाएको छ । संघका महासचिव डा. सञ्जीव तिवारीले विज्ञप्ति जारी गरी चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको शारीरिक तथा मानसिक स्वास्थ्यको बेवास्ता गर्दैै सरकारले गरेको निर्णय अव्यवहारिक र अवैज्ञानिक भएको बताएका छन् । उक्त निर्णय तुरुन्तै फिर्ता लिन पनि माग गरेका छन् । ‘स्वास्थ्यकर्मीहरुलाई पर्याप्त आराम गर्न नदिई अन्तर्राष्ट्रिय अभ्यास विपरित बिदाका दिनमा समेत बहिरंग सेवा सुचारु भएको खण्डमा स्वास्थ्यकर्मीहरुमा शारीरिक तथा मानसिक तनाव बढेर बर्नआउट हुने तथा गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहमा ह्रास आई बिरामीको स्वास्थ्यमा थप प्रतिकूल असर पर्ने सम्भावना रहेको विभिन्न…
बर्दिया- सामुदायिक तथा संस्थागत विद्यालयमा कक्षा १ र २ मा अध्ययनरत बालबालिकामा हात्तीपाइले रोगको ट्रान्समिसन एसिसमेन्ट सर्भे (टास) सुरुआत गरिएको छ । सरकारको प्राथमिकतामा परेको उक्त रोग निवारण कार्यक्रमअन्तर्गत विश्व स्वास्थ्य सङ्गठनले तोकेका बर्दियाका ३७ विद्यालयका बालबालिकामा सर्भे सुरु गरिएको हो । कार्यक्रमअन्तर्गत बर्दियामा तीन सय ७३ विद्यालयका १८ हजार नौ सय ५० विद्यार्थीमध्ये ३७ विद्यालयका एक हजार पाँच सय ५२ विद्यार्थीका हात्तीपाइलेको रक्त नमूना परीक्षण गरिने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र मकवानपुर, हेटौँडाका प्राविधिक ल्याब निरीक्षक राजकुमार इटेनीले बताएका छन् । कक्षा १ र २ मा अध्ययनरत छ–सात वर्षका बालबालिकामा हात्तीपाइले रोगको ट्रान्समिसन छ…
बाँके- बाँकेको नरैनापुर गाउँपालिका–३ कालाफाँटास्थित गेगली गाउँ निवासी ३८ वर्षीया उषा पासी यही भदौ १० मा बिरामी पसरन् । घरमै निको होला भन्दाभन्दै दुई दिनपछि उनको निधन भयो । श्यामलाल पासीको घरमा देखिएको झाडापखाला, ज्वरो र टाउको दुख्ने समस्या त्यत्तिमै रोकिएन । यस्तै लक्षणबाट सङ्क्रमित भएकी ६५ वर्षीया शान्ति पासीको भदौ १४ मा निधन भयो, यसको दुई दिनपछि भदौ १६ मा १२ महिनाकी नन्दनी पासीको पनि निधन भएपछि यतिबेला श्यामलाल विक्षिप्त छन् । पाँच दिनको अवधिमा बुहारी उषा, भाउजु शान्ति र नातिनी नन्दनीको निधन भएपछि उनी अहिले घरको बाहिरै टोलाएर बस्ने गर्छन् । “सोच्दै नसोचेको दुःख व्यहोर्नुपर्यो, घरमै ठिक होला…

