काठमाडौं- साधारणतया लामो समयसम्म ब्रस नगरेको अवस्थामा वा लसुन, प्याज, मुला जस्ता बास्ना आउने खानेकुरा खाएको अवस्थामा सबै मानिसमा श्वास गन्हाउँने समस्या हुन्छ ।
तर यस्तो खानेकुरा केही खाएको छैन र ब्रस पनि गरिरहेको अवस्थामा केही व्यक्तिमा श्वास गन्हाउँने समस्या हुन्छ । यो कुनै ठुलो रोगको लक्षण पनि हुनसक्छ । डाक्टरी भाषामा श्वास गन्हाउने समस्यालाई ह्यालियोसिस भन्ने गरिन्छ ।
श्वास गन्हाउने कारण
-गिजामा समस्या भएमाः गिजामा समस्या भएमा गिजा सुन्निन्छ र दाँत र गिजाको बिचामा खाली भाग हुन्छ । त्यसमा हामीले खाएका विभिन्न खानेकुरा अड्किएर त्यहीँ कुहिन्छ अश्वास श्वास गन्हाउने हुन्छ ।
– दाँतमा किरा लागोको अवस्थामाः हाम्रो दाँतमा किरा लागेपछि त्यस ठाँउमा विभिन्न प्रकारका क्याविटिज रहने र खाने कुराहरू अड्किने हुन्छ । जसले गर्दा श्वास गन्हाउने समस्या हुन्छ ।
-जिब्रो सफा नगरेमाः हाम्रो जिब्रोमा धेरै किसिमका व्याक्टेरिया हुन्छन् । यदि जिब्रो सफा गरिएन भने त्यो व्याक्टेरियाको कारणले गर्दा श्वास गन्हाउने हुन्छ ।
– अन्य कारणहरुः पेटमा समस्या लगायताका अन्य बाहिरी कारणले पनि श्वास गन्हाउने समस्या हुन्छ ।
– मानसिक समस्या वा असन्तुलनः मानसिक सन्तुलन मिलेको छैन भने हाम्रो शरीरले निरन्तर गर्नुपर्ने काम गर्दैन, जस्तै दिशापिसाब लाग्नु आदि । त्यसले गर्दा पनि श्वास गन्हाउने समस्या हुन्छ ।