काठमाडौँ- देशभरि डेंगुका बिरामीको सङ्ख्या ६ हजारभन्दा बढी पुगेको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका अनुसार डेंगु रोगको सङ्क्रमण हुम्ला र मुस्ताङबाहेक सबै जिल्लामा डेंगु रोगको सङ्क्रमण देखिएको छ । महाशाखाका किटजन्य रोग शाखाका प्रमुख डा.गोकर्णप्रसाद दाहाल अनुसार ६ हजार तीन सय ४७ जनामा डेङ्गी रोगको सङ्क्रमण देखिएको छ । यस्तै तीन जना डेंगु रोगको सङ्क्रमणको कारणले निधन भइसकेको छ । पानी जम्ने सफा ठाउँमा ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फुल पार्दछ र ति फुल लार्भा निस्कन्छ र त्यही लार्भा बयस्क भएपछि मानिसलाई टोक्यो भने डेंगु लाग्दछ । गण्डकी प्रदेशमा सबभन्दा बढी डेंगु सबभन्दा बढी गण्डकी…
Aricle Tech
बाँके- शरीरमा पानीको कमी भएकाले एकैपरिवारका तीनसहित एकजना बालकको चार मृत्यु भएको पुष्टि भएको छ। स्वास्थ्य कार्यालय बाँकेका सूचना अधिकारी एवं महामारी रोगका ‘फोकल पर्सन’ नरेन्द्र श्रेष्ठले नरैनापुर गाउँपालिका–३ स्थित गेग्ली गाउँमा एकै परिवारका एक बालकसहित चार जनाको शरीरमा पानीको कमी भएकाले मृत्यु भएको जानकारी दिए। ‘मृतकका परिवारले स्वास्थ्यकर्मीलाई दिएको रोगको लक्षणका आधारमा जिल्ला स्वास्थ्य कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनका अनुसार झाडापखालाका कारण शरीरमा पानीको मात्रा कमी हुनाले ७२ घण्टामा चार जनाको मृत्यु भएको हो’, फोकल पर्सन श्रेष्ठले भने। नरैनापुर गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख नागेन्द्र शाहले भने, ‘हामीले मृतकको उपचार गर्न समय पाएनौँ। मृतकका आफन्तका अनुसार मृतक चारैजनालाई झाडापखाला भएको समयमा…
काठमाडाैं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै सार्वजनिक विदाको दिनमा पनि स्वास्थ्यसम्बन्धी सेवा उपलब्ध गराउन परिपत्र गरेको छ । मन्त्रलयले हिजाे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको पत्रानुसार परिपत्र गरेको जनाएको छ । मन्त्रालयले स्वास्थ्य सेवा विभाग, औषधी व्यवस्था विभाग, राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान, स्वास्थ्य विज्ञान प्रतिस्ठान, त्रिवि शिक्षण अस्पताल, कोशी अस्पताल, नारायणी अस्पताल लगायतका अन्य अस्पताल र स्वास्थ्य केन्द्रलाई परिपत्र गरेको छ । सार्वजनिक बिदाका दिनमा सबै प्रकारका अस्पतालबाट प्रवाह हुने स्वस्थ्य सम्बन्धी सेवा (बहिरङ्ग सेवा समेत) प्रवाह गर्नुपर्ने प्रावधान रहेको छ । सोही बमोजिम स्वास्थ्य सम्बन्धी सेवा प्रवाह अनिवार्य रूपमा गराउन मन्त्रालयले परिपत्र गरेकाे हाे ।
नेपालगन्ज- झाडापखाला लागेर चार जनाको मृत्यु भएको बाँकेको नरैनापुरमा प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा स्वास्थ्य कार्यालय बाँकेको टोली चिकित्सक र औषधीसहित पुगेका छन् । भारतीय सीमाना नजिकको नरैनापुरमा ३ गेगली गाउँमा एकै परिवारका तीन जनासहित चार जनाको मृत्यु भएको जानकारी आएपछि बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालसहितको टोली चिकित्सक र औषधी लिएर प्रभावित गाउँमा पुगेको हो । स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धिरजंग शाहले प्रमुख जिल्ला अधिकारीसहित चिकित्सक र औषधी लिएर आफूहरुले अनुसन्धान सुरु गरिएको बताए । स्वास्थ्य कार्यालयका सूचना अधिकारी जनस्वास्थ्य अधिकृत नरेश श्रेष्ठको नेतृत्वको टोलीले अनुसन्धान गरिरहेको उनले बताए । गाउँमा केहीलाई ज्वरो आउने, टाउको दुख्ने र पेट दुख्ने जस्तो…
कञ्चनपुर- गिद्ध संरक्षणमा युवाको सहभागिता बढाउनका लागि बेलौरी नगरपालिकामा सचेतना कार्यक्रमको आयोजना गरिएको छ । सोह्रौँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवसको पूर्वसन्ध्यामा नेपाल पक्षी संरक्षण सङ्घको आर्थिक सहयोगमा बेलौरी नगर युवा सञ्जालले आइतबार कार्यक्रमको आयोजना गरेको हो । बेलौरी नगरपालिकाका उपप्रमुख जोगराम चौधरीले प्रकृतिका कुचिकार गिद्ध जोगाउनका लागि बासस्थान जोगाउन आवश्यक रहेको बताए । गिद्ध बस्ने अग्ला सिमल, सखुवालगायत रुख मासिँदै गएपछि गिद्धको सङ्ख्यामा निकै कमी आएको बताए। ‘दशकअघि गिद्ध सहजै देखिने गरेका थिए’, उनले भने, ‘हाल गिद्ध देख्नै दुर्लभ भएको छ।’ वासस्थानको सुरक्षासँगै जनावरमा प्रयोग हुने घातक विषादीको प्रयोगमा कमी ल्याउनुपर्ने उनको भनाइ थियो । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तारादत्त…
बाँके – बाँकेको नरैनापुरमा झाडा पखालाका कारण आइतबार एकैदिन चार जनाको मृत्यु भएको छ । नरैनापुर- ३ गेगली गाउँमा एक्कासि फैलिएको झाडा पखालाबाट गाउँका १० जना बिरामी परेका छन् । भारतीय सिमासँग जोडिएको गाउँ गेगलीमा झाडापखाला फैलिएको जानकारी आउनासाथ स्वास्थ्यकर्मीको टोलीले गाउँमै पुगेर विरामीको उपचार गरिरहेको नरैनापुर गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नगेन्द्र कुमार शाहले जानकारी दिएका छन् । उनका अनुसार हरिराम पासीको श्रीमती वर्ष २५ कि रुसा पासी र उनकी छोरी वर्ष डेढ कि नन्दनी पासी, मोहन लाल पासीको श्रीमती वर्ष ६० कि शान्ति पासी र सखावत अलिको छोरा वर्ष १० को यूसुफको झाडापाखाकै कारण मृत्यु भएको हो । फोहोर…
चितवन – डेंगु सङ्क्रमणका कारण जिल्लामा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–२ का ६३ वर्षीय पुरुष रहेका छन् । चितवन मेडिकल कलेजमा उपचारका क्रममा उनको गत शनिबार मृत्यु भएको जनस्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत विमल पटेलले जनाकारी दिए । उनका अनुसार ती बिरामी ज्वरो आएर शुक्रबार मेडिकल कलेजमा भर्ना भएका थिए । जिल्लाका विभिन्न अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये सात सय २७ जनामा डेंगुको सङ्क्रमण देखिएको छ । तीन हजार ४४ जनाको परीक्षणका क्रममा उनीहरूमा यो रोगको सङ्क्रमण पुष्टि भएको हो । सङ्क्रमितमध्ये पाँच सय ३२ जना चितवनका र अन्य जिल्लाका छन् ।
काठमाडौँ- प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई सार्वजनिक बिदाको दिनमा पनि अस्पतालको बहिरङ्ग सेवा सञ्चालन गर्न निर्देशन दिएको छ । कार्यालयका सहसचिव हीरामणि शर्माले मन्त्रालयलाई केही दिनअघि पत्र लेख्दै सार्वजनिक बिदाको दिनमा अस्पतालले बहिरङ्ग सेवासहित सबै प्रकारका सेवा प्रवाह गर्न निर्देशन दिएका हुन् । उनले गृह मन्त्रालयले जारी गरेको सूचना १ को सार्वजनिक बिदासम्बन्धी प्रकाशित राजपत्रको सूचनामा सार्वजनिक सेवा प्रवाहसम्बन्धी विशेष व्यवस्थाको उपप्रकरण १०.१ को खण्ड (न) मा भएको व्यवस्था अनुसार निर्देशन जारी गरिएको पत्रमा उल्लेख गरेका छन् । सूचनामा सबै प्रकारका अस्पतालबाट प्रवाह हुने स्वास्थ्यसम्बन्धी सेवा (बहिरङ्ग सेवासमेत) सार्वजनिक बिदाको दिनमा सञ्चालन गर्नुपर्ने उल्लेख छ । अधिकांश…
काठमाडौं- काठमाडौंसहित ५ जिल्लामा ५ सयभन्दा बढीमा डेंगु सङ्क्रमण पुष्टि भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) ले जनाएको छ । डेंगु फैलिएका ७५ जिल्लामध्ये तनहुँ, कास्की, पर्वत, चितवन र काठमाडौँमा पाँच सयभन्दा बढी डेंगु सङ्क्रमित रहेका हुन् । हालसम्म तनहुँमा १ हजार ११६ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ । यस्तै, कास्कीमा ६४५, पर्वतमा ५८७, चितवनमा ५१७ र काठमाडौँमा ५११ जनामा डेंगु सङ्क्रमण देखिएको छ । यी जिल्लामामात्रै ३ हजार ३७६ जनामा डेंगु सङ्क्रमण देखिएको छ । मध्य माघपछि ६ हजार ३४७ जनामा डेंगु सङ्क्रमण भइसकेको पनि ईडीसीडीले जनाएको छ । यस्तै देशका ६ जिल्लामा हैजा फैलिएको छ ।…
बाजुरा- जिल्ला अस्पताल बाजुरामा सिटामोल अभाव भएकाे छ । जसकारण यहाँका सर्वसाधारण महँगो मूल्यमा बजारबाट सिटामोल किनेर खान बाध्य छन् । सरकारले निःशुल्क उपलब्ध गराउँदै आएको सिटामोलसहित अन्य धेरै औषधिको अभाव भएपछि बाजुराका सर्वसाधारण मर्कामा परेको जिल्ला अस्पताल बाजुराका सूचना अधिकारी नृप गिरीले बताए । जिल्ला अस्पतालबाट निःशुल्क पाइने औषधिमध्ये सिटामोल, एसिलक सिडिजेट, ट्याप्लेट मेट्रोनलगायत २९ बढी प्रकारका औषधि अभाव भएको उनले बताए । सरकारले जिल्ला अस्पतालबाट ९८ प्रकारका औषधि निःशुल्क दिँदै आएको भए पनि बाजुरा जिल्लामा भने निःशुल्क तोकिएका अधिकांश औषधि उपलब्ध नभएको बडिमालिका–७ का स्थानीय लक्ष्मीराज पाध्यायले बताए । निःशुल्क पाइने औषधि सरकारी फार्मेसीले बिक्री गर्न नमिल्ने भन्दै…

