डा. अञ्जली पण्डित
बाल क्यान्सर रोग विशेषज्ञ
नेपाल क्यान्सर अस्पताल
वयस्कमा हुने क्यान्सरको बारेमा अधिकांशलाई थाहा भएकै कुरा हो । तर, नेपाली समाजमा अझै पनि क्यान्सर भन्ने बित्तिकै यो खतरानाक रोग हो र यो बालबालिकामा देखिदैँन भन्ने भने भ्रम व्याप्त रहेको देखिन्छ ।
जसकारण धेरैजसोमा बालबालिकालाई पनि क्यान्सर हुन्छ र ? भएपनि निको हुन्छ र ? अथवा कसरी भइराखेको छ ? भन्ने एक किसिमको आम जिज्ञासा रहेको पाइन्छ ।
क्यान्सर भर्खरै जन्मिएका बालबालिकामा समेत देखिन सक्छ । यद्यपि बालबालिकामा कमै संख्यामा देखिएने भएता पनि विश्वको सन्दर्भमा भने प्रत्येक तीन बालबालिकामा एक जनालाई यो रोगले सताउने गरेको विभिन्न तथ्यांकहरुले देखाएको छ ।
के हो क्यान्सर रोग ?
शारीरिक प्रणाली अनुसार हाम्रो शरीरका कोषिकाहरुले घाउ निको बनाउने गर्छ । परिवर्तनशिल रहने यी कोषिकाहरु जब आफ्नो नियमित स्थान र कार्यप्रणाली छोडी अनियमित ढङ्गले बढ्न थाल्छ, तब व्यक्तिको शरीरमा क्यान्सर रोगको विकास हुन्छ ।
अर्थात् कोषिकाहरु अनियमित रुपमा बढ्दै जाँदा यसले आफ्नो आकार बनाउँछ । र, सोही आकार एक ढिक्का रुपमा बसेको अवस्थालाई नै ट्युमर भनिन्छ । र त्यसैले क्यान्सरको जोखिम निम्त्याउँछ ।
यसका कारणहरु
वयस्कको सन्दर्भमा वातावरणीय तथा जीवनशैलीजस्ता विभिन्न कारक तत्वहरु भएपनि बालबालिकाको हकमा भने यो फरक रहेको पाइएको छ । बालबालिकामा के कारणले क्यान्सर हुन्छ भन्ने कुरा हालसम्म विश्वका कुनैपनि अध्ययनले पत्ता लगाउन सकेको छैन । यद्यपि यसलार्ई निम्न पक्षले भने दिएको पाइन्छ
विकिरण (Radiation)
भर्खरै जन्मिएको बालबालिकामा पनि क्यान्सर देखिएका थुप्रै केशहरु छन् । गर्भवस्थामा महिला रेडियोथेरापी तथा रेडियसनको सम्पर्कमा बढी रहनाले यो बालबालिकामा यो रोगको जोखिम बढ्ने गरेको पाइन्छ । तसर्थ यसो नहोस् भन्नका लागि गर्भवति महिलाले चिकित्सकको सल्लाहमा मात्रै एक्स–रे तथा अल्ट्रासाउण्ड गराउनु पर्दछ ।
रेडिमेड तथा जंकफुडको प्रयोग
अहिलेको समाज विकान्सोमुख तथा सहरीकरण परिवेशतर्फ उन्मुख छ । पश्चिमी संस्कृतिलाई अंगाल्ने क्रममा हामीले आफ्नो खानपिन शैलीलाई पनि त्यसैतर्फ धकेल्दैै गएका छौं । र त्यसको चपेटामा बालबालिकामा पनि परेका छन् । जसले उनीहरुमा क्यान्सर जस्तो गम्भीर रोगको सम्भावनालाई समेत उच्च गराउँछ ।
यसका लागि बालबालिकाको खानामा घरमै बनेका खाना तथा हरियो तरकारी तथा फलफूलजन्य स्वास्थ्यवर्धक आहारमा जोड दिनुपर्छ ।
हेर्नुहोस् भिडियो