Close Menu
Swasthya diarySwasthya diary
  • गृहपृष्ठ
  • समाचार
  • मल्टिमिडिया
  • फिचर
  • आर्टिकल
  • अन्तर्वार्ता
  • कर्पोरेट
  • योग
  • औषधि/उपकरण
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमति
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • आयुर्वेद
  • ब्लग
  • नेपाली
    • नेपाली
    • English
PHARMADIARY
  • गृहपृष्ठ
  • समाचार
  • मल्टिमिडिया
  • फिचर
  • आर्टिकल
  • अन्तर्वार्ता
  • कर्पोरेट
  • योग
  • औषधि/उपकरण
  • प्रदेश
  • आयुर्वेद
  • ब्लग
Facebook X (Twitter) Instagram
ट्रेन्डिङ
  • पार्किन्सन्स रोगीका लागि सात अस्पतालमा औषधि र शय्या सुविधा
  • औषधि पसललाई धरान उपमहानगरको निर्देशन : चिकित्सकको सल्लाहबिना औषधी बिक्री नगर्नू
  • अभ्युदय र श्रीनाको ४ वर्षे संघर्ष सफल, स्यानिटरी प्याडमा कर हटाउन सर्वोच्चकाे परमादेश
  • चितवनमा औलोका सात बिरामी भेटिए
  • १६० जनामा कोरोना पुष्टि, वागमतीमा सबैभन्दा धेरै
Facebook X (Twitter) Instagram
Swasthya diarySwasthya diary
PharmaDiary
  • गृहपृष्ठ
  • समाचार
  • मल्टिमिडिया
  • फिचर
  • आर्टिकल
  • अन्तर्वार्ता
  • कर्पोरेट
  • योग
  • औषधि/उपकरण
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमति
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • आयुर्वेद
  • ब्लग
  • नेपाली
    • नेपाली
    • English
Swasthya diarySwasthya diary



बागमति

बागमतीमा अस्पताल सुदृढीकरण कार्यक्रम

Aricle TechBy Aricle Tech२०८० कार्तिक २६, आईतवार
Share
Facebook Twitter

चितवन, २६ कात्तिक । बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले ‘एक प्रदेश निर्वाचन क्षेत्र एक अस्पताल सुदृढीकरण एवं सवलीकरण कार्यक्रम’ सञ्चालनमा ल्याएको छ ।

प्रदेशका चिकित्सक नभएका अस्पतालमा चिकित्सकीय सेवा दिने र भएका ठाउँमा चिकित्सक थप गरी सेवा प्रभावकारी बनाउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो ।

स्वास्थ्यमन्त्री उत्तम जोशीका अनुसार प्रदेशभित्रका ६६ वटा प्रदेश निर्वाचन क्षेत्र रहेकामा हरेका निर्वाचन क्षेत्रमा एउटा स्वास्थ्य संस्थालाई सुदृढीकरण एवं सवलीकरण गर्ने गरी काम अघि बढाइएको हो । यसका लागि प्रदेशले रु २२ करोड ती स्वास्थ्य संस्थामा पठाएको उनले जानकारी दिए ।

‘एउटा स्वास्थ्य संस्थाले आफूले पाएको बजेटले दुई जना चिकित्सक राख्नुपर्नेछ । कतिपय ठाउँमा चिकित्सक बढी भएमा नर्स, एचए वा सोसरहका एक कर्मचारी राख्न पाउनेछन्’, जोशीले भने, ‘कम्तीमा एक चिकित्सक उनीहरुले पनि राख्न पर्नेछ । ठाउँ र आवश्यकता अनुसार बजेट बाँडफाँट गरी पठाइएको छ ।’ उनका अनुसार कार्यक्रमको कार्यान्वयन भइसकेको छ ।

मन्त्री जोशीले भने, ‘ग्रामीण क्षेत्रका समेत स्वास्थ्य संस्थामा चिकित्सकीय सेवा दिने उद्देश्यले यो कार्यक्रम सुरु गरिएको हो ।’ यसको प्रभावकारिता राम्रो हुने भन्दै उनले आमनागरिकलाई सहज स्वास्थ्य सेवा दिन कार्यक्रम फलदायी हुने बताए ।

प्रदेश सरकारले ग्रामीण क्षेत्रमा ज्यान जोखिममा परेका सुत्केरी र गर्भवतीको हवाई उद्धारका लागि कार्यविधि बनाएर प्रक्रिया अघि बढाएको छ । मन्त्री जोशीका अनुसार कार्यविधि बनिसकेकाले हेलिकप्टर कम्पनीसँग सम्झौता गरेसँगै कार्यक्रम कार्यान्वयनमा आउनेछ । सम्बन्धित चिकित्सकले ‘ज्यान जोखिममा रहेको’ भनेर प्रमाणित गरेपछि हवाई उद्धार गरिने उनले जानकारी दिए।

प्रदेशले एम्बुलेन्सलाई जिपिएस प्रणालीमार्फत छिटोछरितो सेवा दिने प्रक्रिया अघि बढाएको छ । ‘विद्यालय नर्स कार्यक्रम’लाई थप प्रभावकारी बनाउन यस वर्ष एक सय १५ विद्यालयमा नर्स पठाइएको मन्त्री जोशीले बताए । उनका अनुसार योसँगै प्रदेशभित्रका छ सय ३४ विद्यालयमा नर्स रहेका छन् । उनीहरुले विद्यार्थी, शिक्षक, कर्मचारीसँगै स्थानीय स्वास्थ्य सेवा र मनोपरामर्शसमेत दिनेछन् ।

‘प्रदेशले मातहतका अस्पतालमा ६५ वर्ष माथिका ज्येष्ठ नागरिकको दन्त उपचार तथा सबै अस्पतालमा डेङ्गु परीक्षण निःशुल्क गरेको छ’, उनले भने, ‘आयुर्वेद औषधिमा आत्मनिर्भर हुनका लागि आयुर्वेद औषधि उत्पादन केन्द्रको क्षमता वृद्धि गरी जिएमपी मापदण्डअनुसारको औषधि उत्पादन गर्न आवश्यक प्रक्रिया अघि बढाएको छ ।

प्रदेशमा बसोबास गर्ने अतिसिमान्तकृत एवं लोपोन्मुख जातिको मातृ तथा बालस्वास्थ्य सेवामा सहज पहुँच तथा उपभोग बढाउन संस्थागत सुत्केरी र तिनका बालबालिकाले पूर्ण खोप लगाएका आमालाई रू पाँच हजार उत्प्रेरणा खर्च प्रदान गर्ने व्यवस्था गरिएको मन्त्री जोशीको भनाइ थियो ।
Aricle Tech
  • Website

सम्बन्धित खबर

पार्किन्सन्स रोगीका लागि सात अस्पतालमा औषधि र शय्या सुविधा

औषधि पसललाई धरान उपमहानगरको निर्देशन : चिकित्सकको सल्लाहबिना औषधी बिक्री नगर्नू

अभ्युदय र श्रीनाको ४ वर्षे संघर्ष सफल, स्यानिटरी प्याडमा कर हटाउन सर्वोच्चकाे परमादेश

भर्खरै

पार्किन्सन्स रोगीका लागि सात अस्पतालमा औषधि र शय्या सुविधा

२०८२ असार ६, शुक्रबार

औषधि पसललाई धरान उपमहानगरको निर्देशन : चिकित्सकको सल्लाहबिना औषधी बिक्री नगर्नू

२०८२ असार ६, शुक्रबार

अभ्युदय र श्रीनाको ४ वर्षे संघर्ष सफल, स्यानिटरी प्याडमा कर हटाउन सर्वोच्चकाे परमादेश

२०८२ असार ६, शुक्रबार

चितवनमा औलोका सात बिरामी भेटिए

२०८२ असार ६, शुक्रबार

धेरै पढिएका खबर

हाम्रो बारेमा


swasthadiary

जुन मिडिया प्रालि
सम्पादकः मुना कँडेल
कम्पनी दर्ता नंः ३१२३७९/७९/८०
सञ्चार रजिष्ट्रार दर्ता नंः ००२०१/०७९/८०

साइट नेभिगेशन


समाचार मल्टिमिडिया फिचर आर्टिकल अन्तर्वार्ता औषधि/उपकरण

सम्पर्क


सम्पर्क कार्यालय:
तारकेश्वर नगरपालिका, वडा नं १०, मनमैजु
मोबोइल नं : ९८४१०४६०१४
ई-मेल : swasthyadiary@gmail.com

© 2025 Swasthyadiary.

Type above and press Enter to search. Press Esc to cancel.