Close Menu
Swasthya diarySwasthya diary
  • गृहपृष्ठ
  • समाचार
  • मल्टिमिडिया
  • फिचर
  • आर्टिकल
  • अन्तर्वार्ता
  • कर्पोरेट
  • योग
  • औषधि/उपकरण
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमति
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • आयुर्वेद
  • ब्लग
  • नेपाली
    • नेपाली
    • English
PHARMADIARY
  • गृहपृष्ठ
  • समाचार
  • मल्टिमिडिया
  • फिचर
  • आर्टिकल
  • अन्तर्वार्ता
  • कर्पोरेट
  • योग
  • औषधि/उपकरण
  • प्रदेश
  • आयुर्वेद
  • ब्लग
Facebook X (Twitter) Instagram
ट्रेन्डिङ
  • पार्किन्सन्स रोगीका लागि सात अस्पतालमा औषधि र शय्या सुविधा
  • औषधि पसललाई धरान उपमहानगरको निर्देशन : चिकित्सकको सल्लाहबिना औषधी बिक्री नगर्नू
  • अभ्युदय र श्रीनाको ४ वर्षे संघर्ष सफल, स्यानिटरी प्याडमा कर हटाउन सर्वोच्चकाे परमादेश
  • चितवनमा औलोका सात बिरामी भेटिए
  • १६० जनामा कोरोना पुष्टि, वागमतीमा सबैभन्दा धेरै
Facebook X (Twitter) Instagram
Swasthya diarySwasthya diary
PharmaDiary
  • गृहपृष्ठ
  • समाचार
  • मल्टिमिडिया
  • फिचर
  • आर्टिकल
  • अन्तर्वार्ता
  • कर्पोरेट
  • योग
  • औषधि/उपकरण
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमति
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • आयुर्वेद
  • ब्लग
  • नेपाली
    • नेपाली
    • English
Swasthya diarySwasthya diary



मुख्य समाचार

कर्णाली प्रतिष्ठानद्वारा भूकम्पपीडितको घरदैलोमै उपचार सेवा

Aricle TechBy Aricle Tech२०८० कार्तिक २९, बुधबार
Share
Facebook Twitter

कर्णाली: कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितलाई घरदैलोमै पुगेर उपचार सेवा प्रदान गरेको छ।

प्रतिष्ठानका उपकुलपति डा मङ्गल रावल, शिक्षाध्यक्ष डा डबलबहादुर धामी, एनेस्थियोलोजिस्ट डा रविन खातुङ, डा तोसिमा कार्की भूकम्प प्रभावित क्षेत्रमा पुगेर घाइतेलाई उपचार गरेर फर्केको हो।

जाजरकोटको भेरीगङ्गा र नलगाड नगरपालिका तथा कुशे गाउँपालिका र रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाका हातखुट्टा भाँचिएका, हड्डी टुटेकालगायत सबैखाले समस्या भएका घाइते तथा बिरामीको उपचार गरिएको उपकुलपति डा.रावलले जानकारी दिए।

प्रतिष्ठानको टोलीले ऊर्जामन्त्री शक्तिबहादुर बस्नेत, प्रदेश सरकारका मन्त्री, जाजरकोट जिल्ला अस्पताल व्यवस्थापन समिति र सरोकारवालासँग ५० शय्याको अस्पताल गर्नुपर्नेदेखि विभिन्न नीतिगत योजनामा छलफल गरेको उनले बताए।त्यस्तै भविष्यमा आइपर्ने विपद् प्रतिकार्य रोकथामका लागि अस्पताललाई तयारी अवस्थामा राख्न र त्यसमा प्रतिष्ठानले विशेषज्ञ डाक्टरी उपचार सेवा प्रदान गर्ने विषयमा पनि अन्तक्र्रिया भएको उनको भनाइ छ।उपकुलपति डा.रावलले भने, ‘सरकारले अत्याधुनिक उपकरणसहित शल्यक्रिया कक्ष, सघन उपचार एकाई (आइसीयू) लगायतका सुविधाको व्यवस्था गर्नुपर्दछ। विशेषज्ञ जनशक्ति प्रतिष्ठानले उपलब्ध गराउँछ।’ उनले जिल्ला अस्पताल जाजरकोटको अस्पताल प्रमुख डा प्रतीक्षा भारतीलाई रु तीन लाखबराबरको आवश्यक औषधि, चिकित्सा सामग्री सहयोग गरिएको जनाए।उनका अनुसार प्रतिष्ठानका जनस्वास्थ्य डीन प्रा डा क्षत्री नेतृत्वको जनस्वास्थ्य विशेषज्ञ र मनोसामाजिक परामर्शदाता सम्मिलित टोली प्रभावित क्षेत्रमा परिचालन गरिएको छ। उक्त टोलीले प्रभावित क्षेत्रमा स्वास्थ्य तथा सरसफाइसम्बन्धी जनचेतनाको अभियान सञ्चालन गर्नुका साथ अमेरिका–नेपाल मेडिकल फाउण्डेशनद्वारा पीडितलाई सहयोग गरिएको एक हजार हाइजेनिक किट्स वितरण गरेको छ।विपद्पश्चात् उद्धारको काम सकिएको जनाउँदै उपकुलपति डा रावलले तत्काल सबैलाई अस्थायी बास, त्रिपाल र न्यानो कपडा सरकारले व्यवस्था गर्नुपर्ने सुझाव दिए। सम्भावित महामारी रोक्न सघन जनस्वाथ्य अभिायन सञ्चालन, प्राथमिक स्वास्थ्योपचारका लागि अनिवार्य ५० शय्याको अस्पताल, पर्याप्त मेडिकल तथा सर्जिकल उपकरण र जनशक्ति आवश्यक विषय भएको उनको भनाइ थियो।तिहारपछि प्रतिष्ठान जुम्लाले जनस्वास्थ्य, चिकित्सा, नर्सिङ र विभिन्न सङ्कायमा अध्ययनरत विद्यार्थीलाई जनस्वास्थ्य अभियान सञ्चालनका लागि परिचालन गर्ने योजना बनाएको छ। जतिसक्दो द्रुत तवरबाट सरकारले जाजरकोट अस्पतालका लागि शल्यक्रिया कक्ष र सघन उपचार एकाईसहित उपकरणको प्रबन्ध गरेमा प्रतिष्ठानले विशेषज्ञ जनशक्ति उपलब्ध गराउने योजना बनाइएको उपकुलपति रावलले बताए।तिहार त्यागेर जनस्वास्थ्य टोली भूकम्पपीडितको उपचारमानेपालीको दोस्रो महान् पर्व तिहार (दीपावली)को रमझम बढिरहँदा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको जनस्वास्थ्य टोली भूकम्पपीडितको उपचारमा व्यस्त छ। प्रतिष्ठान जुम्लाका जनस्वास्थ्य डीन प्रा. डा.मुनिराज क्षत्री नेतृत्वको छ जनाको टोली एक सातादेखि भूकम्प प्रभावित क्षेत्रमा पुगेर पीडितको उपचार गरिरहेको छ।उनीसँगै डा ओमप्रकाश काफ्ले, मनोसामाजिक परामर्शदाता नन्दराज आचार्यसहित जाजरकोट र रुकुम पश्चिमका प्रभावित जिल्लाका पीडितलाई जनचेतना, उपचार सेवा र राहत सामग्री नपुगेर सङ्कट व्यहोरिरहेकालाई सहयोग गर्दै आएको छ। यसपालिको तिहार भूकम्पपीडितको उपचार सहयोगमा बिताउने गरी अहिले नलगाड नगरपालिकाका बिरामीको उपचारमा रहेको उनले बताए।‘हामी एक सातादेखि पीडितको उपचार सेवामा तल्लीन छौँ’, उनले भने, ‘अब नलगाडपछि रुकुम पश्चिमको आठबीसकोट नगरपालिकामा जाँदैछौँ।’ यसअघि जाजरकोटको भेरी र छेडागाड नगरपालिका तथा रुकुम पश्चिमको चौरजहारी, सानीभेरी, मुसिकोट नगरपालिका र त्रिवेणी गाउँपालिका उपचार सेवा दिइएको डीन प्रा. डा. क्षत्रीले बताए।उनका अनुसार उपचार सेवा प्रवाहबाट प्रत्यक्ष–परोक्ष गरेर करिब तीन हजार भूकम्पपीडित लाभान्वित भएका छन्। ‘भूकम्प प्रभावित क्षेत्रमा चिसो बढ्दै गएको छ। चिसोले दम, निमोनिया र रुघाखोकीका बिरामी बढ्ने खतरा छ’, उनले भने, ‘खानेपानी, शौचालयको अभावले वातावरणीय प्रदूषण बढ्ने र त्यसले रोग निम्तिने समस्या पनि त्यत्तिकै देखिएको छ।’यसको सामना कसरी गर्ने भन्ने कुरामा तीनै तहका सरकारले दीर्घकालीन रणनीतिक योजना बनाउन आवश्यक रहेको डीन क्षत्रीको भनाइ छ। उनका अनुसार नागरिकको स्वास्थ्यमा आइपर्ने सङ्कट निवारण कसरी गर्नेमा प्रतिष्ठानले पनि आफ्नो योजना बनाएर अगाडि बढ्ने छ।बारेकोट गाउँपालिकाको रामीडाँडा केन्द्रबिन्दु बनाएर यही कात्तिक १७ गते शुक्रबार राति ११:४७ बजे गएको छ दशमलव चार रेक्टर स्केलको भूकम्पमा परी दुई सय ५० भन्दा बढी घाइते भएका थिए। एक सय ५७ जनाको उक्त भूकम्पमा परी मृत्यु भएको थियो। -रासस

Aricle Tech
  • Website

सम्बन्धित खबर

पार्किन्सन्स रोगीका लागि सात अस्पतालमा औषधि र शय्या सुविधा

औषधि पसललाई धरान उपमहानगरको निर्देशन : चिकित्सकको सल्लाहबिना औषधी बिक्री नगर्नू

अभ्युदय र श्रीनाको ४ वर्षे संघर्ष सफल, स्यानिटरी प्याडमा कर हटाउन सर्वोच्चकाे परमादेश

भर्खरै

पार्किन्सन्स रोगीका लागि सात अस्पतालमा औषधि र शय्या सुविधा

२०८२ असार ६, शुक्रबार

औषधि पसललाई धरान उपमहानगरको निर्देशन : चिकित्सकको सल्लाहबिना औषधी बिक्री नगर्नू

२०८२ असार ६, शुक्रबार

अभ्युदय र श्रीनाको ४ वर्षे संघर्ष सफल, स्यानिटरी प्याडमा कर हटाउन सर्वोच्चकाे परमादेश

२०८२ असार ६, शुक्रबार

चितवनमा औलोका सात बिरामी भेटिए

२०८२ असार ६, शुक्रबार

धेरै पढिएका खबर

हाम्रो बारेमा


swasthadiary

जुन मिडिया प्रालि
सम्पादकः मुना कँडेल
कम्पनी दर्ता नंः ३१२३७९/७९/८०
सञ्चार रजिष्ट्रार दर्ता नंः ००२०१/०७९/८०

साइट नेभिगेशन


समाचार मल्टिमिडिया फिचर आर्टिकल अन्तर्वार्ता औषधि/उपकरण

सम्पर्क


सम्पर्क कार्यालय:
तारकेश्वर नगरपालिका, वडा नं १०, मनमैजु
मोबोइल नं : ९८४१०४६०१४
ई-मेल : swasthyadiary@gmail.com

© 2025 Swasthyadiary.

Type above and press Enter to search. Press Esc to cancel.