काठमाडौँ, ४ मंसिर । नाक सुख्खा हुने समस्या धेरैजसोमा देखिने समस्या हो । नाक सुख्खा हुँदा व्यक्तिको श्वासप्रश्वास प्रक्रियालाई समेत असर पर्दछ । यसकारण पनि हामीले नाकको सुख्खापनलाई सामान्य रुपमा लिनु हुँदैन ।
नाकको सुख्खापन केहि प्रतिकूल वातावरणीय अवस्थाको समयमा देखिने सामान्य लक्षण तथा एलर्जी हो । आफ्नो काम उचित रुपमा गर्न नाकलाई निश्चित स्तरको आद्रता आवश्यक पर्दछ । तसर्थ यस्ता विविध कारणले नाकको मोस्चराइजर यानिकी ओसिलो रहने ग्रन्थीलाई असर पार्दछ । जसकारण पनि नाक सुख्खा हुने हुन्छ ।
व्यक्तिमा यो समस्या प्रायजसो अत्याधिक तातो, सुख्खा मौसम, धुलो धुवाँ र कम आद्रताजस्ता प्रतिकूल सबैखाले वातावरणीय अवस्थाका कारण देखापर्छ । यसबाहेक हाल जाडो महिनाको सन्दर्भमा भन्नुपर्दा व्यक्तिको बाफ लिने बानीका कारण पनि अहिले अधिकांशमा यो समस्या देखिन्छ । यस्तै, केहि औषधिहरुको सेवनका कारण व्यक्तिमा यस्तो समस्या साइड इफेक्टको रुपमा पनि देखा पर्दछ ।
यस्तै साबुनको प्रयोग, पानीका कारण(विशेषगरी पौडि खेल्दा) र कतिपय व्यक्तिले प्रयोग गर्ने नाक स्प्रे पनि यसलाई बढावा दिने कारक तत्वमध्ये एक हो । नाकको सुख्खापन भएका व्यक्तिमा लक्षणको रुपमा निम्न समस्याहरु देखिने सम्भावना प्रबल रहन्छः
– रक्तश्राव
– सुघ्ने शक्तिमा कमी
– हाछ्युँ आउने
– आसु बग्ने
– नाक बन्द हुने वा नाकबाट पातलो सिंगान बगिरहने
– नाक रातो भई तात्तिने र सुन्निने ।
समाधानका उपायः
नाकको सुख्खापन कुनै रोग नभएर व्यक्तिमा एलर्जीको रुपमा देखिने एक समस्या हो । तसर्थ यस समस्या समाधानका लागि व्यक्तिले आफूमा यो समस्या किन देखिदैँछ भन्ने कुरा पत्ता लगाउन आवश्यक छ । र, कारण पहिचान गरी त्यस कारणबाट टाढा रहनु वा सो चीजको उचित व्यवस्थापन गर्नु नै यस समस्याबाट बच्ने उत्तम उपाय हो ।
साथै व्इक्तिले निम्न पक्षहरुमा ध्यान दिनाले पनि यस समस्याबाट राहत पाउन सकिन्छ
–अत्याधिक धुलो–धुँवाबाट टाढा रहने
–प्रश्स्ता झोलिलो खाना तथा पानीको सेवन गर्ने
–सुत्ने कोठामा ह्यूमिडिफायको प्रयोग गर्ने
–बाफ लिने
–नाक सुख्खा गराउने औषधीको प्रयोग नगर्ने
–नाक सुख्खा हुन नदिन बदामको तेल तथा एलोभेरा जेलले हल्का मसाज गर्ने
–नजल स्प्रेको प्रयोग गर्ने
–र, असहज भएमा चिकित्सकसंग सल्लाह लिने ।