काठमाडौँ, ४ मंसिर । स्वास्थ्य पत्रकार अतुल मिश्र नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) को विज्ञान तथा प्रविधि पत्रकारिता पुरस्कारका लागि छनोट भएका छन् ।
नाष्टको ४६ औं प्राज्ञसभाले यसवर्षको सो पुरस्कार पत्राकार मिश्रलाई दिने निर्णय गरेको हो ।
नाष्टले हरेक वर्ष विज्ञान र प्रविधिको क्षेत्रमा उत्कृष्ट काम गर्ने एक जना पत्रकारलाई ५० हजार रुपैयाँ नगद र सम्मान पत्र सहितको उक्त पुरस्कार प्रदान गर्दै आएको छ ।
तीन दशक देखी पत्रकारिता क्षेत्रमा क्रियाशील मिश्र २७ वर्ष देखि स्वास्थ्य र विज्ञान विषयमा कलम चलाउँदै आएका छन्। उनी कान्तिपुर दैनिकमा चिफ सब इडिटरको रुपमा कार्यरत छन्।