काठमाडौँ, ४ मंसिर । विश्व मधुमेह दिवसका अवसरमा ललितपुर कुपन्डोलस्थित प्यासिफिक मल्टिस्पेसियालिटी क्लिनिकमा एक सतासम्म निःशुल्क मधुमेह ओपिडी सेवा र निःशुल्क सुगर जाँच सेवा सुरु भएको छ।
क्लिनिकले दिवसका अवसरमा मधुमेह रोग विशेषज्ञसँग निःशुल्क रुपमा परामर्श सेवा लिन पाउने र सुगर जाँच पनि निःशुल्क गरेको हो। क्लिनिककी जेनरल म्यानेजर अर्पणा ढकालद्वारा जारी विज्ञप्ति अनुसार निःशुल्क ओपिडी र सुगर जाँच सेवा आगामी शुक्रबारसम्म हुने छ।
ुदिवस केही दिन अगाडि परे पनि तिहार र छठ पर्वका कारण सार्वजनिक बिदाका दिनहरु परेका थिए । त्यसकारण हामीले नागरिकको सेवाका लागि निःशुल्क सेवालाई ८ गते शुक्रबारसम्म दिने निर्णय गरेका हौं’, विज्ञप्तिमा उल्लेख छ ।