काठमाडौँ, ११ मंसिर । चिसो मौसममा छालामा विभिन्न समस्याहरु देखिन्छन् । समयमै यिनको ध्यान नदिने र स्याहार नगर्नाले यसले छालाको स्वरुप बिगार्नुका साथै दिर्घकालीन असर पुर्याउने सम्भावना उत्तिकै रहन्छ ।
जाडोमा छालामा समस्या देखिने कारणहरु
हाम्रो छाला सुख्खा हुन नदिनका लागि जति पानीको आवश्यक पर्छ त्यति नै तेलको पनि । तसर्थ जाडोयाममा जति पनि छालासम्बन्धी समस्याहरु देखापर्छन् ती सबैको मुख्य कारण भनेकै छालामा तेल र पानीको असन्तुलन हुनु हो । तसर्थ यसबाहेक छालामा देखा पर्ने समस्यालाई बढावा दिने अन्य कारक तत्वहरु निम्न रहेका छन् :
–बाहिरी वातावरण एवम् शरीरमा आद्रता (ह्युमिडीटी) को कमी हुनु
–शरीरले उत्पादन गर्ने तेलको कमी
–आगो एवम् हिटरको अत्याधिक प्रयोग
–पानीको कम उपभोग
–वंशाणुगत गुण
–छाला संक्रमण
–र, उचित डाइटको अभाव ।
बच्ने उपाय
कुनै पनि समस्याबाट बच्ने भरपर्दो उपाय भनेकै त्यसका कारक तत्वबाट बच्नु हो । तसर्थ यसका लागि हामीले निम्न उपायहरु अपनाउन सकिन्छ :
–मोस्चराईजर क्रिम तथा लोसनको प्रयोग
–तातो पानीमा लामो समय व्यतीत नगर्ने
–खुल्ला वातावरणमा मात्रै आगो वा हिटरको प्रयोग
–शरीर ढाक्ने कपडाको प्रयोग
–पेट्रोलियम जेलीको प्रयोग
–पानी तथा झोलिलो खानाको पर्याप्त सेवन
–उचित डाईटको प्रयोग ।
–तातो पानीमा लामो समय व्यतीत नगर्ने