काठमाडौँ, १४ मंसिर । शाकाहारी महिला गर्भवति हुनु खासै नौलो कुरा होइन । यद्यपि यो समयमा उनीहरुलाई कस्तो आहार खानदिने ? भन्ने विषय भने धेरैको चुनौती तथा जिज्ञासाको विषय हुनसक्छ ।
माछामासुबाट प्रािटन प्राप्त हुन तथा यो स्वास्थ्यको निम्ति अत्यावश्यक रहने हुँदा विज्ञहरुले यसको प्रयोगका लागि सल्लाह दिने गर्छन् ।
के हुन्छ माछामासु नखाँदा ?
माछामासुको अभावमा शरीरमा सबैभन्दा बढि देखिने अभावमध्ये प्रोटिनको मात्रा हो । शरीरको मांसपेशी, रगत निर्माण तथा हार्माेनको सन्तुलनमा सघाउ पु¥याउने प्रोटिनको अभावले शरीरमा हाडजोर्नी सम्बन्धि समस्या, थकान, कमजोर मांसपेशी तथा प्रतिरोधात्मक क्षमताजस्ता समस्याहरु निम्त्याउँछ ।
यसका साथै प्रोटिनको कमीले महिलामा धेरै थकान लाग्ने, जाँगर नलाग्ने, दुब्लाउदै जाने, शरीरको अंगले विस्तारै काम गर्न छोड्दै जानेजस्ता आदि समस्याहरु देखा पर्दछ भने लामो समयसम्म प्रोटिनको अभावमा शिशुहरुमा तौल कम हुने, फुकेनास रोगको शिकार हुने तथा कुपोषणको सम्भावनालाई समेत वृद्धि गराउँछ ।
उसोभए शाकाहारी अझ विशेषगरी गर्भवतिहरुमा प्रोटिनको विकल्प के हुनसक्ला ? हामीले के बुझ्नुपर्छ भने शाकाहारी खाद्यान्न नै हाम्रो स्वाथ्यको निम्ति सबै किसिमका प्रोटिन तत्व प्राप्त गर्नका निम्ति पर्याप्त छ ।
यसका लागि गर्भवति महिलाले आफ्ना खानामा निम्न खाना समावेश गर्न सक्छन् :
-प्रशस्त गेडागूडिको सेवन
-तोफु
-भाङको बीउ
-दुध तथा दुधजन्य परिकार
-नट्स
-गाढा हरियो तथा बहुरंगिक तरकारीको सेवन
-मौसमी तथा अमिलो फलको सेवनः
-ज्वानोको झोल ।
यसबाहेक केहि महिलाहरु माछामासु नखाने भएपनि अण्डाको सेवन गर्ने गर्दछ । तसर्थ त्यस्ता महिलाहरुले भने नियमित रुपमा अण्डाको सेवन पनि गर्न सकिन्छ ।