काठमाडौं : सुर्तीजन्य पदार्थ बेचबिखनमा रोक लगाउने काठमाडौं महानगरपालिकाको निर्णय तत्काल कार्यान्वयन नगर्न उच्च अदालत पाटनले अन्तरिम आदेश दिएको छ ।
निवेदकहरूको उद्योग व्यवसायमा प्रतिकूल असर पर्ने देखिएको भन्दै न्यायाधीशद्वय जनक पाण्डे र ब्रजेश प्याकुरेलको संयुक्त इजलासले विपक्षीका नाममा बिहीबार अन्तरिम आदेश दिएको हो ।
काठमाडौंले यही मंसिर १२ गते सूचना जारी गरि २७ गते बुधबारबाट महानगरभित्र सुर्तीजन्य पदार्थ बेचबिखनमा रोक लगाएको थियो ।
उक्त सूचनापछि श्रीराम टोबागो प्रालि लगायत उद्योगहरूले उच्च अदालतमा रिट दायर गरेका थिए ।