काठमाडौं : बागमती प्रदेश सरकारको स्वास्थ्य सचिवबाट हटाउने निर्णय कानुन विपरित भएको भन्दै सर्वोच्च अदालतले स्वास्थ्य सचिव बद्री खड्कालाई पुनः सचिव पदमा काम गर्न अन्तरिम आदेश दिएको छ ।
प्रदेश सरकारले उनलाई स्वास्थ्य सचिवबाट हटाएर मुख्यमन्त्री कार्यलयमा जगेडामा तानेको थियो । प्रदेश सरकारको सो निर्णय कानुन विपरित भएको भन्दै खड्का पुनः बहालीको माग गर्दै अदालत गएका थिए ।
सर्वोच्चका न्यायधीश हरिप्रसाद फुयाँलको एकल इजलासले उनले माग गरेअनुसार अन्तरिम आदेश जारी गरेका हुन् ।