काठमाडौं : वात्सल्य आईभीएफ सेन्टरकी युवा प्रजनन रोग विशेषज्ञ डा अस्मिता पाण्डेलाई प्रतिष्ठित अन्तर्राष्ट्रिय अवार्ड प्रदान गरिएको छ । नयाँदिल्लीमा भएको इण्डियन फर्टिलिटी सोसाइटी (आईएफएस)को १९ औं वार्षिक कंग्रेसमा डा पाण्डेले ‘आईएफएस योङ एचिभर्स’ अवार्ड प्रदान गरिएको हो ।
इण्डियन फर्टिलिटी सोसाइटीले प्रदान गर्ने उक्त एवार्ड हात पार्ने डा। पाण्डे पहिलो नेपाली चिकित्सक हुन् ।
प्रजनन स्वास्थ्य अनुसन्धान, लेखन र सम्पादनजस्ता एकेडेमिक काममा खेलेको भूमिका कारण उनले उक्त एवार्ड हात पारेकी हुन् ।