बर्दिया : बर्दियामा हुस्सु र शीतलहरले जनजीवन प्रभावित भएको छ । बिहीबार बिहानदेखि परेको शीतलहर र हुस्सुले जनजीवन कष्टकर बन्दै गएको हो ।
हुस्सु लागेको समय भिजिबिलिटी २५ मिटर पनि नहुँदा सवारी साधन निकै कम गुड्ने गरेको जिल्ला ट्राफिक कार्यालय, बर्दियाले जनाएको छ । सिमसिम पानीजस्तो शीत परेसँगै चिसो हावा चलेको छ । अत्यधिक चिसोले जिल्ला अस्पतालमा निमोनिया, दम, रुघाखोकीलगायतका बिरामीको संख्या बढेको जिल्ला अस्पताल गुलरियाले जनाएको छ ।
विशेषगरी शिशु, बालबालिका र ज्येष्ठ नागरिक बढी प्रभावित भएका छन् । अस्पतालमा उपचारका लागि बढीजसो रुघाखोकी र निमोनियाका बालबालिका र ज्येष्ठ नागरिक आउने गरेको बाल रोग विशेषज्ञ डाक्टर विश्वनाथ शाहले बताए ।
‘बरिहंग सेवामा दैनिक ५० भन्दा बढी दुई वर्षमुनिका निमोनिया भएका शिशु आउने गरेका उनले बताए ।