हेटौँडा : बागमती प्रदेशका स्वास्थ्य मन्त्री उत्तम जोशीले स्वास्थ्य बिमा गरेको नागरिक दोस्रो दर्जाको नागरिकको रूपमा हेर्न नहुने बताएका छन् । बुधवार हेटौँडामा आयोजित स्वास्थ्य बिमा बोर्ड बागमतीको प्रदेश स्तरीय समीक्षा गोष्ठीलाई सम्बोधन गर्दै मन्त्री जोशीले बिमा गरेका नागरिकहरूले तत्काल उपचार सेवा पाउने व्यवस्था गर्नुपर्ने बताए ।
बिमाले आम नागरिकको स्वास्थ्य उपचार सेवालाई सहज बनाउनुपर्नेमा हाल बिरामीलाई थप सास्ती भइरहेको उनले बताए । स्वास्थ्य बिमालाई सफल बनाउने नियतले सेवा प्रवाहमा सहजता प्रदान गर्ने गरी काम गर्न उनले निर्देशन दिए ।
अस्पतालले बिमाका बिरामीलाई पहिलो प्राथमिकतामा सेवा प्रवाह गर्नुपर्ने उनको भनाई छ ।