Aricle Tech

काठमाडौँ : देशभर आज ७१ औँ विश्व कुष्ठरोग दिवस मनाइँदै छ । ‘कुष्ठरोग सम्बन्धी गलत अवधारणाको अन्त्य गरौँ, मर्यादित व्यवहार गरौँ’ भन्ने नाराका साथ आज सो दिवस मनाउन लागिएको हो । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा अन्तर्गत कुष्ठरोग नियन्त्रण तथा अपाङ्गता व्यवस्थापन शाखाका अनुसार कुष्ठरोग आँखाले देख्न नसकिने माइक्रोव्याक्टेरियम लेप्रे नामको सूक्ष्म कीटाणुबाट लाग्ने एक प्रकारको ज्यादै कम सर्ने रोग हो । यो रोगको उपचार नगरेको कुष्ठरोग बिरामीसँग लामो समयसम्म सम्पर्कमा आउने व्यक्तिलाई मुख्यतः श्वासप्रश्वासको मध्यमबाट सर्ने महाशाखाले जनाएको छ । रोग लागेको सुरुको अवस्थामा रोगको उपचार गरे अरूलाई नसर्नुका साथै पूर्णरुपमा निको हुन्छ । नेपालमा पछिल्लो समय वार्षिकरुपमा औसतमा…

विस्तृतमा...

डोटी : डोटीका एक वडाअध्यक्षले आफैं एम्बुलेन्स चलाएर बिरामीलाई कैलालीको धनगढी पुर्‍याएका छन्। दिपायल सिलगढी नगरपालिका वडा नम्बर दुईका वडाध्यक्ष राजेन्द्र खड्का शनिबार एक बिरामी बालक लिएर राजपुरबाट धनगढीस्थित माया मेट्राे अस्पताल पुगेका हुन्।एम्बुलेन्स चालक तालिममा गएकाले खड्काले एम्बुलेन्स हाँकेर बिरामीलाई सेवा दिएको स्थानीय तुलाराम भुलले बताएका छन्।करिब ३ महिनाको शिशुको उपचार महाकाली मेडिकलमा उपचार सम्भव नभएपछि माया मेट्राे लैजानुपरेको वडा अध्यक्ष खड्काले बताएका छन्।कडा खालको निमोनियाले स्वासप्रश्वासमा शिशुमा गम्भीर समस्या आएको थियो। त्यसैले अक्सिजन दिएर शिशुलाई महाकाली मेडिकलबाट लगिएको उनले बताए।

विस्तृतमा...

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच र उपयोगमा सुधार ल्याउने उद्देश्यले अगाडि बढाइएको स्वास्थ्य बीमालाई थप प्रभावकारी तुल्याउँदै लैजानुपर्ने बताएका छन् । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको १२ औं सभामा प्रधानमन्त्री एवं कुलपति ‘प्रचण्ड’ले सामाजिक स्वास्थ्य बीमाको आधारमा सबैका लागि स्वास्थ्य सेवा सुनिश्चित गर्ने उद्देश्यमा सहयोग पुर्‍याउनुपर्नेमा जोड दिए । स्वास्थ्य बीमा कार्यक्रमलाई सफल तुल्याउन स्थानीय तहहरूबाट सकारात्मक प्रयास भइरहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘राष्ट्रिय स्वास्थ्य बीमा कार्यक्रमलाई सफल बनाउन ललितपुर महानगरपालिकासँग विशेषज्ञसहितको स्वास्थ्य सेवाप्रवाह गर्न भएको सम्झौता देशकै लागि नमुना कार्यक्रम बन्ने मैले विश्वास लिएको छु ।’ प्रतिष्ठानले आम जनसमुदायलाई पुर्‍याउँदै आएको स्वास्थ्य सेवालाई आगामी…

विस्तृतमा...

त्रिशूली : नुवाकोटको विदुर नगरपालिकाले अवकाश पाएका ३० महिला स्वास्थ्य स्वयंसेविकालाई जनही एक लाख रुपैयाँसहित सम्मान गरेको छ । साठी वर्ष उमेर पूरा भएका ३० जना स्वयंसेविकालाई बिदाइका क्रममा तोकिएको अवधिसम्म सेवा पुर्याएको भन्दै नगदसहित सम्मान गरिएको नगरप्रमुख राजन श्रेष्ठले जानकारी दिए । उनका अनुसार गत असार ९ को कार्यपालिका बैठकले प्रस्ताव गरेअनुसार असार १० मा सम्पन्न नगरसभामा पारित गराई यसअघि खाली हात बिदाइ हुँदै आएका स्वयंसेविकालाई एक लाख उपलब्ध गराइएको हो । “नगरसभाबाट पारित कानुनअनुसार नगरभित्र कार्यरत स्वास्थ्य स्वयंसेविका अवकाश हुँदा तोकिएको अवधि पूरा भएकालाई नगदसहित सम्मान गर्ने कानुन बनाएर यस आर्थिक वर्षदेखि सुरु गरेका छौँ”, नगरप्रमुख श्रेष्ठले भने,…

विस्तृतमा...

काठमाडौं : देशभर चिसो बढेको छ । पश्चिमी न्यून चापीय प्रणाली सक्रिय भएसँगै उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात भएको छ । काठमाडौं उपत्यकासहितका मुलुकका विभिन्न क्षेत्रमा बदली छ । जसकारण आज बिहान चिसो झनै बढेको छ । चिसोमा संक्रमणको जोखिम पनि उत्तिकै रहन्छ । चिसोबाट कसरी जोगिने ? बालबालिका र वृद्धवृद्धाको हेरचाह कसरी गर्ने ? यस विषयमा चिकित्सकका सुझाव यस्ता छन् । चिसोका कारण रुघाखोकी, ज्वरो, उच्च रक्तचाप, घाँटीको श्वासनलीमा एलर्जी बढ्ने, छाला चिलाउने समस्या देखिन्छ ।  काठमाडौं लगायत क्षेत्रमा तापक्रम घटेको छ । घाम पनि पालिो लाग्दैन, बदली भइरहन्छ । तराईमा शीतलहर चल्ने गरेको छ । घाम पर्याप्त…

विस्तृतमा...

काठमाडाैं- वीर अस्पतालको सहायक निर्देशकमा डा विकास केसी र डा समाज गौतम नियुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्री एवं चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान ( न्याम्स) का सहकुलपति मोहन बहादुर बस्नेतले शुक्रबार उनीहरुलाई सहायक निर्देशकमा नियुक्त गरेका हुन् । अर्थोपेडिक सर्जन डा केसी र गौतम राष्ट्रिय ट्रमा सेन्टरमा कार्यरत छन् ।

विस्तृतमा...

काठमाडाैं : मुगुको सोरुमा फैलिएको भाइरल ज्वरोका कारण तीन जनाको मृत्यु भएको घटनाबारे नेपाल विद्यार्थी संघले स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतलाई ध्यानाकर्षण गराएको छ । आज(शुक्रबार) मन्त्रीलाई भेटेर नेविसंघले ध्यानाकर्षण गराएको हो । भाइरल ज्वरोले अन्य गाउँमा पनि विकराल समस्या ल्याउनसक्ने भएकाले विशेषज्ञ चिकित्सकसहित आवश्यक औषधी पठाउने व्यवस्था मिलाउन मागसहित केन्द्रीय समिति सदस्यहरुले मन्त्रीलाई भेटेर ध्यानाकर्षणपत्र बुझाएका थिए । उक्त पत्र बुझ्दै मन्त्री बस्नेतले २४ घण्टाभित्र प्रभावित क्षेत्रमा औषधीसहितको चिकित्सक टोली पठाउने प्रतिबद्धता जाहेर गरेको केन्द्रीय सदस्य भुवन भट्टले बताए । राज्यको गम्भिर लापरबाहीका कारण सामान्य नागरिकले ज्यान गुमाउन नसरोस् भन्दै तत्काल सर्वसुलभ स्वास्थ सेवाको व्यवस्था गर्न मन्त्रीको ध्यानाकर्षण गराएको उनले बताए…

विस्तृतमा...

काठमाडौँ : सरकारले आगामी फागुन दोस्रो सातादेखि देशभरि दादुरा–रुवेला विरुद्धको खोप अभियान सञ्चालन गर्ने भएको छ । दादुरा–रुवेला सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै फागुन १३ देखि चैत ७ गतेसम्म करिव ५७ लाख बालबालिकालाई खोप लगाउने लक्ष्य छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नौ महिनादेखि १५ वर्षमुनिका सबै बालबालिकालाई दादुरा–रुवेला विरुद्धको खोप दिन लागेको हो । स्वास्थ्य सेवा विभागको बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा.अभियान गौतमका अनुसार भारतसँग सीमा जोडिएका दादुरा–रुवेलाबाट अति सङ्क्रमित २१ जिल्ला तथा काठमाडौँ उपत्यकाका काठमाडौँ, भक्तपुर र ललितपुरका सबै बालबालिकालाई उक्त खोप लगाइने छ । “बाँकी ५१ जिल्लाका बालबालिकालाई पनि खोप अभियानमा सहभागि गराइने छ”, प्रमुख डा…

विस्तृतमा...

काठमाडाैं : अमेरिकास्थित मेयो अस्पतालको कार्डियोभास्कुलर मेडिसिनअन्तर्गत एओर्टिक सेन्टरका निर्देशक डा. मलख श्रेष्ठसँग एउटा अनलाइनल सञ्चारमाध्यमले अन्तर्वार्ता लिएको थियो । उक्त अन्तर्वार्तापछि ‘नेपालबाट किन बिदेसिइरहेका छन् डाक्टर ?’ शिर्षक राखेर सामग्री प्रकाशन भयो । उनको उक्त अन्तरर्वाता रास्वपाकी सांसद सुमना श्रेष्ठले एक्समा सेयर गरिन् । सांसद श्रेष्ठको उक्त पोस्टलाई शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रका मुटुरोग विशेषज्ञ डा. रामेश कोइरालाले रि ट्वीट गरे । उनले रि ट्वीट गर्दै लेखे ‘अरुले भए मतलब गर्दिन थिएँ, रवीको सरी चैँ चाहिएकै थिएन, मुद्दा पनि बनाइँन् । यो मेरो विषयमा ऐन–नियम नजानेर मलाई जोडेर सरासर डिफेम गर्न सञ्जालमा समेत हालेर गरिएको सोधखोज थियो । सांसद सुमनाको…

विस्तृतमा...

काठमाडौँ : नेपाल आँखा अस्पताल त्रिपुरेश्वरमा ‘लेन्स स्पेयरिङ भिट्रेक्टोमी’ (एलएसभी) पद्धतिबाट गरिएको जटिल प्रकारको आँखाको शल्यक्रिया सफल भएको छ । सो अस्पतालमा यसप्रकारको शल्यक्रिया पहिलो पटक गरिएको हो । यस्ता जटिल शल्यक्रिया नेपालमा विरलै हुने बताइएको छ । नवजात शिशुको ‘रेटिनोप्याथी अफ प्रि मेच्योरिटी’ (आरओपी)का कारण आँखामा रगत जमेर पर्दा तानिएको एवं आँखामा रगत जाने नसाको अविकसित अवस्थामा एलएसभी गरिन्छ । विगतमा यस्तो आँखाको उपचार गर्न भारत जानुपर्ने अवस्था रहिआएको जनाइएको छ । आँखा उपचारको केन्द्रीय सो अस्पतालमा २९ हप्तामा जन्मिएको नवजात शिशुको बायाँ आँखाको ‘एलएसभी’ शल्यक्रियामार्फत गरिएको उपचारले आँखा उपचारमा ऐतिहासिक सफलता पाएको हो । काठमाडौँ उपत्यकाभित्रकै एक अस्पतालबाट…

विस्तृतमा...