काठमाडौं : डा चन्द्र वली शाहमाथि क्लिनिकभित्रै कुटपिट भएको छ ।
नेपाल आयुर्वेद चिकित्सक संघका सदस्य तथा आयुर हेल्थ केयर क्लिनिक सातदोबाटोमा कार्यरत डा चन्द्र वली शाहलाई बुधबार साँझ अज्ञात समुहले कुटपिट गरेको हो ।
सोही विषयलाई लिएर आयुर्वेद चिकित्सक संघले आपत्ति जनाएको छ । संघले विज्ञप्ति जारी गर्दै दोषीलाई स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन अनुसार कारबाही गर्न माग गरेको छ ।
डा शाहको बी एन्ड बी हस्पिटल ग्वार्कोमा उपचार भइरहेको छ ।