काठमाडौं : स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले अबको पाँच वर्षमा नेपालमा चिकित्सक पाउन कठिन हुने बताएका छन् । सोमबार सहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रको २८ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले आफूले हेर्दा ५ वर्षपछि नेपालमा डाक्टर र नर्स पाउने अवस्था नरहेको जिकिर गरे । ‘मैले सर्सती हेर्दा अब ५ वर्षपछि नेपालमा डाक्टर र नर्स पाउने अवस्था छैन। यसमा हाम्रो शिक्षा नीतिका केही कमी, कमजोरीका कुरा पक्कै हुन्। ती कमी कमजोरी हटाएर आगामी दिनमा स्वास्थ्यकर्मीहरु बढ्न जरुरी छ‚’ उनले भने, ‘एकथरि सेवासुविधा कमजोर भएर पलायन हुने अवस्था छ। एकथरी काम गरेर बस्दा पनि आफ्ना बालबच्चाहरु राम्रा स्कुलमा पढ्न नसक्ने, राम्रो शिक्षा पाउन…
Aricle Tech
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्राकृतिक स्रोत र सम्पदाहरूको बहुआयामिक उपयोग गरेर कर्णालीले औषधि उत्पादनमा विशेष पहल लिनुपर्ने बताएका छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको नवौँ सभालाई सम्बोधन गर्दै उनले भने, ‘कर्णाली प्रदेश अथाह प्राकृतिक स्रोत र मुख्यतः जडीबुटी स्रोतमा महत्त्वपूर्ण छ । तसर्थ, प्राकृतिक स्रोत र सम्पदाहरूको बहुआयामिक उपयोगका साथै औषधि उत्पादनका क्षेत्रमा समेत पहल लिनुपर्दछ ।’ उनले औषधि उत्पादनका लागि आवश्यक गृहकार्य गर्नसमेत प्रतिष्ठानलाई निर्देशन दिए । साधनस्रोतको अभावका बीचमा रहेर प्रतिष्ठानले राम्रो काम गर्दै आएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले आगामी दिनमा कर्णालीको अथाह सम्भावनालाई सदुपयोग गर्ने योजनामा सरकारले सघाउने उल्लेख गरे । उनले भने, ‘बाटोघाटोको असुविधा, दक्ष…
काठमाडौं । न्यून गुणस्तरीय पाइएपछि औषधि व्यवस्था विभागले लोमस फर्मास्युटिकल्सद्वारा उत्पादित पारासिटामोल बिक्रीमा रोक लगाएको छ । विभगाले सो कम्पनीको सीटी २०२३ ब्याचको ५०० एमजी पारासिटामोल ट्याबलेट बिक्रीमा रोक लगाएको हो । राष्ट्रिय औषधि प्रयोगशालामा परीक्षण गर्दा सो औषधि न्यून गुणस्तरको पाइएको विभागले जनाएको छ । विभागले तत्काल त्यसको बिक्री–वितरण रोक्का गरी बजारबाट समेत फिर्ता ल्याउन कम्पनीलाई निर्देशन दिएको छ ।
कञ्चनपुरः शुक्लाफाँटा नगरपालिका–४ असैनामा १० शय्याको नगर अस्पताल भवन निर्माण थालिएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको पाँच करोड ४७ लाख २९ हजार आठ सय ४७ (मूल्य अभिवृद्धिकरबाहेक)मा ठेक्का प्रक्रियामार्फत निर्माण भइरहेको छ। अस्पताल निर्माणका लागि एमके वबिल्डर्स र निरज कन्स्ट्रक्सनसँग अस्पताल भवन निर्माणका लागि सम्झौता गरिएको छ। सम्झौताअनुसार अस्ताल भवनको तीन ब्लकमा निर्माणकार्य भइरहेको छ। पहिलो र दोस्रो ब्लकमा छत राख्ने कार्यसँगै चिनाइ, प्लाष्टरलगायतको कार्य पूरा भएको छ भने तेस्रो ब्लकमा छत राख्नका लागि सटरिङको कार्य भइरहेको नगरपालिकाका इन्जिनियर दीपक धामीले बताए। इन्जिनियर धामीका अनुसार तीन वर्षअघिदेखि निर्माण अगाडि बढाइएको अस्पतालको हालसम्म ५५ प्रतिशत निर्माण पूरा भएको छ। ‘निर्माण व्यवसायीलाई कार्यप्रगतिका…
काठमाडौं : नेपाल स्वास्थ्य व्यवसायी परिषद्ले गत १० माघदेखि संचालन गरेको परीक्षाको नतिजा प्रकाशन भएको छ। ५ दिनसम्म सञ्चालन भएको विभिन्न विषयको नाम दर्ता (लाइसेन्स) परीक्षामा जम्मा २४ प्रतिशत मात्रै पास भएका छन्। विभिन्न विषयमा गरी ३ हजार २७५ जना परीक्षार्थी सहभागि भएकोमा ७९८ जना( २४. ३४ प्रतिशत) पास भएका छन्।
कञ्चनपुर : पछिल्लो समय कञ्चनपुर पनि सिकलसेल एनिमिया तथा थालेसिमिया रोगको जोखिममा रहेको छ। रानाथारु समुदायमा यो रोगको जोखिम देखिएपछि जिल्ला स्वास्थ्य कार्यालयले निःशुल्क स्वास्थ्य शिविरबाट १ हजार ५५० जनाको रगत परीक्षण गरेको थियो। त्यसमा ४६ जनामा सिकलसेल एनिमिया रोग देखिएको छ। स्वास्थ्य कार्यालयका सिकलसेल एनिमिया तथा थालेसिमिया रोगसम्बन्धी स्रोत व्यक्ति सिद्धराज भट्टका अनुसार कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका, बेदकोट नगरपालिका र भीमदत्त नगरपालिकामा परीक्षण गरिएकामध्ये १९९ मा वाहक (ट्रेट) देखा परेको थियो। ‘बाहक (ट्रेट) देखापरेका १९९ जनाको रगतको अन्तिम जाँच गर्दा ४६ जनामा सिकलसेल एनिमिया भएको पुष्टि भएको छ,’ भट्टले भने, ‘त्यसमध्ये १२ जनामा गम्भीर खालको रोग देखिएको छ।’ उनका अनुसार वाहक…
डडेल्धुरा : डडेल्धुरामा स्वास्थ्य बिमा कार्यक्रम सुरु भएको चार वर्षमा झन्डै १५ प्रतिशत जनसंख्या मात्रै आबद्ध भएका छन् । स्वास्थ्य बिमा कार्यक्रम सुरु भएको चार वर्षसम्म पनि न्यून जनसंख्या मात्रै कार्यक्रममा आबद्ध भएको हो । स्वास्थ्य बिमा बोर्ड सम्पर्क कार्यालय डडेल्धुराका अनुसार ०७६ फागुनदेखि अहिलेसम्म आठ हजार सात सय ६५ परिवारका २० हजार ६ सय १६ नागरिकले स्वास्थ्य बिमा गरेका छन् । जुन कुल जनसंख्याको १४ दशमलव ७७ प्रतिशत हुन्छ । ०७८ को जनगणनाअनुसार डडेल्धुराको जनसंख्या एक लाख ३९ हजार ६०२ छ । कार्यालयका दर्ता अधिकारी ईश्वरदत्त जोशीका अनुसार जिल्लामा शुल्क तिरेर बिमा गर्नेको संख्या १२ हजार सात सय तीन छ ।…
काठमाडौं : आज नर्सिङ दिवस । नर्सहरुको पेसागत हकहित र सुरक्षाका लागि भन्दै २०१८ साल माघ १५ गते आजकै दिन नेपाल नर्सिङ सङ्घको स्थापना भएको थियो । नर्सिङ सङ्घको स्थापनाको दिन पारेर हरेक वर्ष माघ १५ गते नेपाल नर्सिङ दिवस मनाइँदै आइएको छ । आजको दिन यो क्षेत्रसँग सम्बन्धित विभिन्न सङ्घसंस्थाले कार्यक्रम गर्दै आएका छन् । नेपालमा नर्सिङ्ग पेसा व्यावसायिक बन्न सकिरहेको छैन । साथै नर्सहरु न्यून तलबमा काम गरिरहेका छन् । नेपालमा बर्सेनि हजारौँको सङ्ख्यामा नर्सहरु उत्पादन हुँदा यसको व्यवस्थापन हुन सकेको छैन ।
काठमाडौं- स्वास्थ्यकर्मी चन्द्र बहादुर सुनारको हृदयघातबाट निधन भएको छ। सुर्खेतको चिङ्गाड गाउँपालिकास्थित रजेना स्वास्थ्य चौकीका इन्चार्ज सुनारको शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र बाँसबारी काठमाडौंमा उपचारको क्रममा निधन भएको पारिवारिक स्रोतले जनाएको छ।
तुलसीपुर : कर्मचारी तथा सेवाग्राही आमालाई स्तनपान गराउन सहज होस् भन्ने उद्देश्यले दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं १३ को कार्यालयमा स्तनपानकक्ष स्थापना गरिएको छ । वडाले निर्माण गरेको नयाँ भवनमा स्तनपान कक्ष स्थापना गरिएको वडाध्यक्ष मोहन पौडेलले बताए। जिल्लाका एक सय वडामध्ये तुलसीपुर–१३ ले पहिलोपटक उक्त स्तनपानकक्ष स्थापना गरेको अध्यक्ष पौडेल बताउछन् । “कर्मचारी र सेवाग्राहीका बच्चाबच्चीलाई स्तनपान गराउन निकै समस्या हुने गरेको छ, त्यसैले सेवाग्राहीमैत्री कार्यालयले यसरी स्तनपान कक्ष स्थापना गर्नुपर्छ”, उनले भने, “त्यसैले हामीले वडामा पनि यो कक्ष स्थापना गरेका हौँ ।” सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ अनुसार सरकारी, गैरसरकारी, वा निजी सङ्घसंस्थाले कार्यालयमा कार्यरत…

