Aricle Tech

कैलाली : उपेक्षित उष्णप्रदेशीय (गर्मी क्षेत्रमा हुने) रोगको जोखिम सुदूरपश्चिम क्षेत्रमा बढ्दै गएको छ । विभिन्न प्रकारका भाइरस, ब्याक्टेरिया, परजीवी, ढुसी र विषाक्त पदार्थका कारणले उष्णप्रदेशमा बस्ने व्यक्तिलाई असर गर्दै आएको छ । व्यक्ति बिरामीमात्रै नभएर ज्यानसमेत जाने गरेको जनाइएको छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय डोटीका कीटजन्य अधिकृत (कार्यक्रमका फोकल पर्सन) हेमराज जोशीले रोगलाई उपेक्षित गरेकै कारण बल्झिँदै व्यक्तिको ज्यान जाने गरेको बताए। उनका अनुसार विश्व स्वास्थ्य सङ्गठनको उपेक्षित उष्णप्रदेशीय रोगहरूको सूचीमा २१ रोगको समूह सूचीकृत गरिए पनि नेपालमा हालसम्म ११ रोगमात्रै पाइएको छ । यसमा डेङ्गु र चिकनगुनिया, रेबिज, ट्रकोमा (खस्रे रोग) कुष्ठरोग, कालाजार, टेनियासिस र न्यूरोसिस्टाइसर्कोसिस (फिते…

विस्तृतमा...

खोटाङ : दिप्रुङ चुइचुम्मा गाउँपालिकामा सञ्चालन गरिएको एकीकृत घुम्ती शिविरमार्फत एक हजार चार सय २३ जना स्थानीय बासिन्दाले गाउँमै सेवा लिएका छन् । चालु आर्थिक २०८०-०८१ को दोस्रो त्रैमासिकको सामाजिक सुरक्षा भत्ता वितरण तथा स्वास्थ्य जाँच सेवालागि सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखा र ‘हेल्लो डाक्टर’ कार्यक्रममार्फत एकीकृत घुम्ती शिविर सञ्चालन गरिएको हो । शिविरमा सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखाले नौ सय २२ जनालाई र सामाजिक सुरक्षा भत्ता र ‘हेल्लो डाक्टर’ कार्यक्रममार्फत पाँच सय एक जनाको स्वास्थ्य जाँच तथा औषधि वितरण गरिएको गाउँपालिका प्रमुख लोकेन्द्र राईले जानकारी दिए । “पालिकाबासीको सहजताका लागि हामीले ‘हेल्लो डाक्टर’ कार्यक्रम लगायतका विभिन्न कार्यक्रम कार्यान्वयनमा ल्याएका…

विस्तृतमा...

बाजुरा : जिल्लाको पूर्वी–उत्तरी भेगको स्वामीकार्तिक खापर गाउँपालिकाका बालबालिकालाई भाइरल ज्वरो र रुघाखोकी लाग्न थालेपछि धमाधम विद्यालय बन्द गर्न थालिएका छन् । स्वामीकार्तिक खापर–१ रुडी स्थित माझपाटा आधारभूत विद्यालयमा भाइरल ज्वरो र रुघाखोकीले बालबालिका प्रभावित भएपछि एक साताका लागि विद्यालय बन्द गरिएको छ । प्रधानाध्यापक दानबहादुर धामीले भाइरल ज्वरो र रुखाखोकीले बालबालिका प्रभावित हुन थालेकाले थप जोखिम फैलिन नदिन विद्यालय बन्द गरिएको बताए । एक साताअघि स्वामीकार्तिक गाउँपालिकाको जुकोटस्थित शम्भुसुनन्दा माध्यमिक विद्यालयका बालबालिकामा पनि भाइरल ज्वरोको समस्या देखिएको थियो । अत्याधिक चिसो बढेसँगै रुघाखोकी र भाइरल ज्वरोको सङ्क्रमण देखिन थालेको हो । लामो समयदेखि पानी नपर्दा धुलो र धुवाँका कारण…

विस्तृतमा...

काठमाडौं : ललितपुरको बीएन्डबी अस्पतालमा उपचाररत एकजना बिरामी हेल्थ असिस्टेन्टसहित एम्बुलेन्समा चढेर धामीकहाँ पुगेको पाइएको छ । २३ दिनदेखि बीएन्डबीमा उपचाररत गत नरबहादुर गुरुङ यही आइतबार बीएन्डबी अस्पतालबाट निस्किएर भुजेलकहाँ पुगेका हुन् ।  भुजेलको जोरपाटीस्थित निवासमा पुगेपछि अस्पतालले २३ दिनमा निको बनाउन नसकेको गुरुङको ढाडको समस्या आफूले केही बेरमै निको पारेको भन्दै भुजेलले भिडिओ पनि बनाएका छन् ।  भिडियोमा भुजेलले ती हेल्थ असिस्टेन्टलाई अस्पतालमा एन्टिबायोटिकले निको नबनाएको बिरामीलाई आफूले फुकेर निको बनाएको भनेको सुनिन्छ । यसैबीच अस्पतालमा उपचाररत बिरामी स्वास्थ्यकर्मीसहित धामीकहाँ पुगेको भिडिओ भाइरल भएपछि बीएन्डबीले विज्ञप्ति निकालेर मंगलबार स्पष्टीकरण दिएको छ । अस्पताल प्रशासनले उपचाररत गुरुङले आइतबार डिस्चार्ज नभइ…

विस्तृतमा...

काठमाडौँ  : सरकारले स्वास्थ्य बिमा बोर्डका कार्यकारी निर्देशक दामोदर बसौलालाई बर्खास्त गरेको छ ।मन्त्रिपरिषद् स्रोतका अनुसार माघ ९ गते बसेको मन्त्रिपरिषद् बैठकले बसौलालाई बर्खास्त गर्ने निर्णय गरेको हो ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले लगेको सिफारिसलाई पारित गर्दै बैठकले बसौलालाई बर्खास्त गर्ने निर्णय गरेको हो ।यसबारे आफूलाई कुनै जनाकारी नआएको बोर्डका कार्यकारी निर्देशक बसौलाले बताए । ‘बोर्डकै कार्यक्रमका लागि काठमाडौँ बाहिर थिए । बागमती र कोशी प्रदेशमा बिमाको समीक्षा चलेको थियो । अध्यक्ष र म त्यतै थियौँ’, उनले भने, ‘९ गतेदेखि उतै थिए, हिजो राति मात्र काठमाडौँ आइपुगेको छु । यसबारे केही थाहा भएन ।’यसअघि पनि मन्त्री बस्नेतले बसौलालाई तीन…

विस्तृतमा...

कैलाली : सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री झपट साउँदले ज्यान मार्ने धम्की दिएको भन्दै जिल्ला प्रहरी कार्यालयमा परेको उजुरीमा मिलापत्र गरिएको छ । आर्थिक लेनदेनको विषयलाई लिएर मन्त्री साउँदले ज्यान सम्बन्धी धम्की दिएको भन्दै बझाङको बुंगल नगरपालिका–१ का धनबहादुर बोहराले सोमबार प्रहरीमा उजुरी दिएका थिए । तर उजुरी परेको भोलिपल्ट मंगलबार भने जिल्ला प्रहरी कार्यालय कैलालीमा मिलापत्र गरिएको हो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक  कुलदिप चन्दले मन्त्री साउँद र उजुरीकर्ताबीच मिलापत्र भएको जानकारी दिए ।‘उहाँहरु बाहिरै छलफल गरेर आउनुभएको थियो । अघि बिहान दुवै जनाले मिलापत्र गरेर जानुभयो,’ चन्दले भने । उनले मन्त्री साउँदविरुद्ध किटानी जाहेरी नभएर…

विस्तृतमा...

गुल्मी: जिल्ला प्रशासन कार्यालय गुल्मीले एक औषधि पसललाई सिल गरेको छ । सदरमुकाम तम्घासमा नियमविपरीत सञ्चालन गरेको भन्दै सम्पन्न आयुर्वेद पसलमा प्रशासनले सिल गरेको हो । नियमविपरीत औषधि पसल सञ्चालन गरिरहेको भन्ने सूचनाका आधारमा जिल्ला प्रशासन कार्यालय गुल्मीले सम्पन्न आयुर्वेद औषधि पसलमा सिल गरेको हो । जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत नारायण घर्तीको नेतृत्वमा गएको टोलीले उक्त औषधि पसलको अनुगमन गर्ने क्रममा नियमविपरीत पसल सञ्चालन गरेको प्रमाण भेटिएपछि पसलमा सिल गरिएको हो । विगत केही वर्षदेखि जिल्लाको सदरमुकाम तम्घास बजारमा सम्पन्न आयुर्वेद नामबाट उक्त पसल सञ्चालनमा आएको थियो ।

विस्तृतमा...

काठमाडाैं  : सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री झपटबहादुर साउँदबाट असुरक्षा भएकाे भन्दै प्रहरीमा उजुरी परेकाे छ । बझाङकाे बुंगल नगरपालिका-१ का धनबहादुर बाेहराले मन्त्री साउँदले ज्यान मार्ने धम्की दिएकाे भन्दै साेमबार जिल्ला प्रहरी कार्यालय कैलालीमा उजुरी दिएका हुन् । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी ) कुलदिप चन्दले बाेहराले साउँदले आफूलाई ज्यानकाे धम्की दिएकाे भन्दै उजुरी परेकाे जानकारी दिए । उनकाअनुसार बाेहराले साउँदलाई विभिन्न मितिमा पैँसा दिएकाे तर फिर्ता माग्दा उल्टै ज्यान मार्ने धम्की दिएकाे उल्लेख गरेका छन् । मन्त्री साउँदले भने आफूविरूद्व बाेहराले उजुरी दिएकाे विषयमा जानकारी नभएकाे बताए । त्यसबारे आफू बुझिरहेकाे बताउँदै साउँदले उनीसँग कुनै लेनदेन…

विस्तृतमा...

रौतहट : स्वास्थ्य बिमा गरेकाहरूलाई राज्यले विभिन्न प्रकारका औषधि निःशुल्क उपलब्ध गराउने गर्छ। तर, यहाँका सेवाग्राहीले पछिल्लो समय औषधिहरू पाउन छाडेको गुनासो गर्न थालेका छन् । चन्द्रनिगापुरस्थित सरकारी अस्पतालमा स्वास्थ्य विभाग गराएका सर्वसाधारणले सरकारी अस्पतालबाट तोकिएको औषधि नपाएको गुनासो गरेका हुन् । स्वास्थ्य बिमा गरेका सर्वसाधारणहरूले चन्द्रनिगाहपुरस्थित सरकारी अस्पतालले औषधि बाहिरबाट किन्नू भन्दै पठाउने गरेको गुनासो गरेका छन् । चन्द्रपुर नगरपालिका– ८ का स्वास्थ्य बिमा गरेका स्थानीय पुष्पलाल तिमल्सिनाले चन्द्रनिगापुरस्थित सरकारी अस्पतालले स्वास्थ्य बिमा गरेका बिरामीलाई समेत औषधि बाहिर किन्नू भन्दै लेखेर पठाउने गरेको गुनासो गरे । स्वास्थ्यकर्मीहरूले भने स्वास्थ्य बिमा गरेकाहरूले केन्द्रीय अस्पताल तथा अन्य ठूला सरकारी अस्पतालमा रेफर…

विस्तृतमा...

सिरहा : सिरहाको गोलबजार नगरपालिका–६ स्थित प्रसूतिगृह (बर्थिङ सेन्टर)को भौतिक संरचना जीर्ण भएको छ । जस्ताले छाएको सो प्रसूति गृहमा वर्षामा दबदबे हिलोमा उभिएर र हिउँदमा धुलैधुलोमाथि प्रसूति गराइने गरिइएको छ । प्रसूति गृहको जस्तापाता खियाले खाएर ठाउँठाउँमा प्वाल परेको छ भने टहराको वरिपरि वनमाराको घारी छ । प्रसूतिगृहमा कार्यरत सिनियर अनमी मिश्रीकुमारी श्रेष्ठका अनुसार वर्षायाममा पानी चुहिएर सुत्केरी र नवजात शिशुको आङमा पानीको थोपा खस्ने गर्छ । भुइँ हिलाम्मे भई स्वास्थ्यकर्मी दबदबे हिलोमा उभिएर प्रसूति गराउँछन् । उनले भनिन् “वैशाखमा टन्टलापुर घाम र उखरमाउलो गर्मी हुन्छ । जस्तापाता तातिएर उखुम हुन्छ । नजिकै सडक भएकाले सवारीसाधन आवतजावत हुँदा हिउँदमा…

विस्तृतमा...