डडेल्धुरा : डडेल्धुरा अस्पतालमा निशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ । काठमाडौं मेडिकल कलेजले माघ २५ गते निशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको हो । मेडिकल कलेजले अमरगढी नगरपालिका र डडेल्धुरा अस्पताललाई पत्र पठाउँदै २५ गते शिविर सञ्चालन गर्ने र त्यसमा समन्वय गरिदिन आग्रह गरेको छ । शिविरमा जनरल मेडिसिन सेवासंगै मुटुरोग सेवा (इकोसहित), प्रसुती तथा स्त्रिरोगका बिरामीको पनि उपचार हुने काठमाडौं मेडिकल कलेजले जनाएको छ । यस्तै बालरोग, शल्यक्रिया, मानसिक तथा नशा रोग, हाडजोर्नी, छाला तथा यौन, नाक, कान तथा घाँटी र दन्त रोग सम्बन्धी बिरामीको पनि उपचार हुने जनाइएको छ । यस्तै आँखा परीक्षणसंगै उपचार तथा भिडियो…
Aricle Tech
काठमाडौं : कान्तिपुर डेन्टल अस्पताल पोखराले २४औँ वर्ष पुरा गरेको छ । यस्तै दाँतसहित स्वास्थ्यका विभिन्न विद्यामा मध्यमस्तरको जनशक्ति उत्पादन गर्ने कान्तिपुर इन्स्टिच्युट अफ हेल्थ साइन्सेस २० औँ वर्षमा प्रवेश गरेको छ । हिजो अस्पतालले आफ्नो वार्षिकोत्सवका अवसरका निशुल्क दन्त शिवर सञ्चालन गरेको थियो । जसबाट ३ सयभन्दा बढीले सेवा लिएको इन्स्टिच्युटका कार्यकारी अधिकृत प्रतिकमान श्रेष्ठले जानकारी दिए । यूआरएलको प्राविधिक सहयोग लिएर निःशुल्क सुगर र टिबी जाँच पनि गरिएको उनले बताए । यस्तै निःशुल्क दन्त परीक्षणका साथै अन्य उपचारमा १५ प्रतिशत छुट दिएकोसमेत उनले बताएका छन् । उनले वार्षिकोत्सवका अवसर अन्य ल्याब जाँचमा पनि ५० प्रतिशतसम्म छुट प्रदान गरेको…
विराटनगर- नेपाली तथा भारतीय बिरामीलाई सर्वसुलभ सेवा दिने उद्देश्यका साथ स्थापना भएको रेवन्त रुक्मणी मेमोरियल विराट क्यान्सर इन्स्टिच्युटको उद्घाटन भएको छ । आइतबार मोरङको बुढीगंगा–२ टंकीसिनुवारीमा रहेको उक्त इन्स्टिच्युटको नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला र वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले संयुक्त रुपमा उद्घाटन गरेका हुन् । ६ महिना अघिबाट क्यान्सरको उपचार थालेको अस्पतालको उद्घाटन गर्दै नेता कोइरालाले प्रदेश राजधानीमा क्यान्सर अस्पताल सेवा सुरु भएपछि बिरामीलाई सहज हुनेमा विश्वस्त रहेको बताए । क्यान्सर लागेको समयमा निर्क्यौल हुने र त्यसको उपचार पनि हुने हुँदा पहिलेजस्तो आत्तिनुपर्ने स्थिति नभएकोसमेत नेता कोइरालाले बताए । क्यान्सरको रोकथाम र नियन्त्रणमा सरकारले योजना बनाएर लाग्नुपर्ने उनले बताए…
काठमाडौँ : आज विश्व क्यान्सर (अर्बुद) दिवस क्यान्सरविरुद्धको विभिन्न सचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ । यस दिवस हरेक वर्षको फेब्रुअरी ४ तारिखका दिन मनाइन्छ । ‘बढ्दैछ चुनौती क्यान्सरको, पहुँच बढाऔँ स्याहारको’ भन्ने नाराका साथ नेपालमा पनि विभिन्न सचेतनामूलक कार्यक्रम गरी यो दिवस मनाइँदैछ । अर्बुद रोग भनेको शरीरको कोश या कोशिकाहरूको समूहको अस्वाभाविक वृद्धि हो । यदि यसलाई समयमै नष्ट गरिएन या हटाइएन भने शरीरभरि नै यो रोग फैलिन्छ र अन्ततः मृत्युको कारण नै बन्न पुग्छ । यस रोगको उपचार शल्यक्रिया, केमोथेरापी, रेडियोथेरापी अथवा यी तीनै विधि एकसाथ प्रयोग गरेर प्रारम्भिक अवस्थामा अर्बुद रोगको उपचार गर्न सकिन्छ । विश्व स्वास्थ्य सङ्गठन…
वीरगञ्ज : एकै पटकमा तिम्ल्याहा सन्तान जन्मिएको समाचार नौलो होइन तर पूर्वप्राथमिकदेखि स्नातक तहसम्म एउटै विषय अध्ययन गरेको समाचार सबैका लागि रोचक हुन सक्छ । तिम्ल्याहा दिदीबहिनी लबिबा खातुन, अतिका खातुन र सबिका खातुन अहिले नर्सिङको स्नातक तहमा अध्ययनरत छन् । लबिबा महाराजगन्जस्थित इन्स्टिच्युट अफ मेडिसिन (आइओ एम), सबिका धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र अतिका पोखरा नर्सिङ क्याम्पसमा भर्ना भएकी छिन् । उनीहरूले गत वर्ष चिकित्सा शिक्षा आयोगद्वारा सञ्चालन गरेको एकीकृत प्रवेश परीक्षामा सहभागी भई छात्रवृत्तिमा नाम निकाल्न सफल भएका हुन् । २०६२ चैत १६ गते वीरगन्जमा जन्मिएका उनीहरूबिच पढाइमा सानैदेखि प्रतिस्पर्धा नै चल्थ्यो । प्राथमिक तहसम्म त…
सिन्धुली : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सिन्धुलीको सिर्थौलीमा निर्मित दुधौली नगर अस्पतालको समुद्घाटन गरेका छन् । दुधौली नगरपालिकाले आज सिर्थौलीमा आयोजना गरेको कार्यक्रममा उनले १५ शय्याको नगर अस्पतालको उद्घाटन गरेका हुन् । करिब रु १८ करोडको लागतमा निर्मित उक्त अस्पतालले दैनिक एक सय ५० बढी बिरामीलाई विभिन्न प्रकारका स्वास्थ्य सेवा उपलब्ध गराउनेछ । समारोहमा दुधौलीका स्थानीयले स्थानीय कला संस्कृति झल्कने झाँकी प्रस्तुत गरेका थिए ।
कोलम्बो : श्रीलङ्कामा जनवरी महिनामा १० हजारभन्दा बढी डेंगीका बिरामीहरू फेला परेका छन् । साथै डेङ्गी सङ्क्रमणबाट ४ जनाको मृत्यु भएको राष्ट्रिय डेंगी नियन्त्रण एकाइले शुक्रबार जानकारी गराएको छ । एनडीसीयुले शुक्रबारसम्म १० हजार ६३५ जनामा सङ्क्रमण भएको उल्लेख गरेको छ र तीमध्ये १० हजार ४१७ जनवरी महिनामा मात्र भएको बताएको छ। पश्चिमी प्रान्तमा सबैभन्दा बढी ३ हजार ४८९ जनामा सङ्क्रमण फेला परेको छ भने त्यसपछि उत्तरी प्रान्तमा २ हजार ७३४ जनामा सङ्क्रमण भएको पाइएको छ । गत वर्ष ८८ हजारमा डेंगी सङ्क्रमण भएको थियो र तीमध्ये ५७ जनाको सङ्क्रमणबाट मृत्यु भएको थियो। यसै बीच स्वास्थ्य मन्त्रालयले लामखुट्टेको टोकाइबाट हुने रोगको…
सल्लेरी (सोलुखुम्बु) : हिमाली जिल्ला सोलुखुम्बुमा एक वर्षको अवधिमा एक सय ६५ जनाले जिल्लामै आँखाको मोतिविन्दुको शल्यक्रिया गराएका छन् । सन् २०२३ मा जिल्लाको विभिन्न स्थानमा उनीहरूले मोतिविन्दुको शल्यक्रिया गराएका हुन् । जिल्ला सामुदायिक आँखा केन्द्र फाप्लु आँखा केन्द्र प्रमुख विधान ताम्राकारका अनुसार ८५ पुरुष र ८० महिलाको मोतिविन्दुको शल्यक्रिया गरिएको हो । उनीहरूको फाप्लुमै शिविर सञ्चालन गरी शल्यक्रिया गरिएको हो । ‘गाउँघरमा अझै पनि आँखामा मोतीबिन्दु पालेर बस्न बाध्य छन्, उनीहरुलाई लक्षित गर्दै वर्षभरि विभिन्न ठाउँमा छनोट शिविर सञ्चालन गरेका हौँ, त्यो शिविरबाट छानिएकाको शल्यक्रिया गर्न तिलगङ्गा आँखा प्रतिष्ठानसँगको समन्वयमा शल्यक्रिया शिविर सञ्चालन गरेका थियौँ’, उनले भने । केन्द्रले…
काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले राष्ट्रिय एम्बुलेन्स निर्देशिका संशोधन गर्ने तयारी थालेको छ । आज(शुक्रबार) एक विज्ञप्ति जारी गर्दै मन्त्रालयले राष्ट्रिय एम्बुलेन्स निर्देशिका, २०७८ लाई परिमार्जन गर्ने तयारी भइरहेको बताएको छ । ‘एम्बुलेन्स सेवालाई थप व्यवस्थित र प्रभावकारी बनाई घाईते र विरामीको अस्पताल पूर्वको स्वास्थ्य सेवालाई छिटो छरितो बनाउन र एम्बुलेन्स सेवालाई सबै घाईते तथा विरामीले सरल र सुलभ तरिकाले प्राप्त गर्नसक्ने व्यवस्था गर्न यस मन्त्रालयले राष्ट्रिय एम्बुलेन्स निर्देशिका, २०७८ लाई समयानुकूल परिमार्जन गर्ने तयारीमा रहेको अबगत गराउँदछौं’ विज्ञप्तिमा भनिएकाे छ । निर्देशिकामा भएका व्यवस्थालाई संशोधन, थप तथा परिमार्जन गर्नका लागि सरोकारवालालाई सल्लाह र सुझाव दिन मन्त्रालयले आग्रह गरेको…
गमगढी : कर्णाली प्रर्देशकाे विकट हिमाली जिल्ला मुगु अस्पतालमा एक्सरे मेसिन बिग्रिए मर्मत कार्य नहुँदा बिरामीलाई सास्ती भएको छ । मुगु जिल्लाकै एक मात्र अस्पतालमा रहेको एक्सरे मेसिनको इमेज क्यासेट बिग्रिएपछि बिरामीलाई एक्सरे गर्न कर्णाली स्वास्थय विज्ञान प्रतिष्ठान जुम्लामा पठाउने गरिएको जिल्ला अस्पताल मुगुले जनाएकाे छ । उक्त एक्सरे मेसिनको इमेज क्यासेट विद्युततिय भाेल्टेज अनियमित भई बिग्रेकाे र करिब २ लाख ५० हजार जति रकम खर्च गर्न लाग्ने र सो रकम अस्पतालले ब्यावस्थापन गर्न सक्ने भए पनि विद्युतीय भाेल्टेजकाे कारण फेरि एक्सरे मेसिन बिग्रने र अनियम एक्सरे मेसिन मर्मत कार्य हुन नसक्दा समान्य चाेटपटकलगायत अन्य रोगका बिरामीलाई एक्सरे गर्न जुम्ला…

