Close Menu
Swasthya diarySwasthya diary
  • गृहपृष्ठ
  • समाचार
  • मल्टिमिडिया
  • फिचर
  • आर्टिकल
  • अन्तर्वार्ता
  • कर्पोरेट
  • योग
  • औषधि/उपकरण
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमति
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • आयुर्वेद
  • ब्लग
  • नेपाली
    • नेपाली
    • English
PHARMADIARY
  • गृहपृष्ठ
  • समाचार
  • मल्टिमिडिया
  • फिचर
  • आर्टिकल
  • अन्तर्वार्ता
  • कर्पोरेट
  • योग
  • औषधि/उपकरण
  • प्रदेश
  • आयुर्वेद
  • ब्लग
Facebook X (Twitter) Instagram
ट्रेन्डिङ
  • मन्त्री पौडेलको प्रगति विवरण: एक वर्षमा स्वास्थ्य सुधारका १३ काम
  • ३७७ अस्पतालबाट प्रथम सेवाको उपचार पाइने
  • समाज डेन्टलद्वारा गरिब तथा विपन्न नागरिकका लागि १ करोड बराबरको उपचार कोषको घोषणा
  • बढ्यो डेङ्गीको जोखिम, सचेत रहन आग्रह
  • आयुर्वेद चिकित्सा: फाइदा धेरै प्रचार थोरै
Facebook X (Twitter) Instagram
Swasthya diarySwasthya diary
PharmaDiary
  • गृहपृष्ठ
  • समाचार
  • मल्टिमिडिया
  • फिचर
  • आर्टिकल
  • अन्तर्वार्ता
  • कर्पोरेट
  • योग
  • औषधि/उपकरण
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमति
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • आयुर्वेद
  • ब्लग
  • नेपाली
    • नेपाली
    • English
Swasthya diarySwasthya diary



मुख्य समाचार

स्वास्थ्य बिमा बोर्डका कार्यकारी निर्देशक बसौला बर्खास्त

Aricle TechBy Aricle Tech२०८० माघ १६, मंगलवार
Share
Facebook Twitter

काठमाडौँ  : सरकारले स्वास्थ्य बिमा बोर्डका कार्यकारी निर्देशक दामोदर बसौलालाई बर्खास्त गरेको छ ।

मन्त्रिपरिषद् स्रोतका अनुसार माघ ९ गते बसेको मन्त्रिपरिषद् बैठकले बसौलालाई बर्खास्त गर्ने निर्णय गरेको हो ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले लगेको सिफारिसलाई पारित गर्दै बैठकले बसौलालाई बर्खास्त गर्ने निर्णय गरेको हो ।यसबारे आफूलाई कुनै जनाकारी नआएको बोर्डका कार्यकारी निर्देशक बसौलाले बताए । ‘बोर्डकै कार्यक्रमका लागि काठमाडौँ बाहिर थिए । बागमती र कोशी प्रदेशमा बिमाको समीक्षा चलेको थियो । अध्यक्ष र म त्यतै थियौँ’, उनले भने, ‘९ गतेदेखि उतै थिए, हिजो राति मात्र काठमाडौँ आइपुगेको छु । यसबारे केही थाहा भएन ।’यसअघि पनि मन्त्री बस्नेतले बसौलालाई तीन दिनको म्याद दिएर असोज ४ मा स्पष्टीकरण सोधेका थिए । स्पष्टीकरण सोधिएपछि असोज २६ को मन्त्रीस्तरीय निर्णयबाट बसौलालाई तीन महिनाका लागि निलम्बन गरिएको थियो ।मन्त्रालयको निर्णयविरुद्ध बसौला कात्तिक १७ मा सर्वोच्च गएका थिए । सर्वोच्चले बसौलालाई निलम्बन गर्ने निर्णय कार्यान्वयन नगर्न पुस ६ मा अन्तरिम आदेश जारी गरेको थियो ।

Aricle Tech
  • Website

सम्बन्धित खबर

मन्त्री पौडेलको प्रगति विवरण: एक वर्षमा स्वास्थ्य सुधारका १३ काम

३७७ अस्पतालबाट प्रथम सेवाको उपचार पाइने

बढ्यो डेङ्गीको जोखिम, सचेत रहन आग्रह

भर्खरै

मन्त्री पौडेलको प्रगति विवरण: एक वर्षमा स्वास्थ्य सुधारका १३ काम

२०८२ श्रावण २, शुक्रबार

३७७ अस्पतालबाट प्रथम सेवाको उपचार पाइने

२०८२ श्रावण २, शुक्रबार

समाज डेन्टलद्वारा गरिब तथा विपन्न नागरिकका लागि १ करोड बराबरको उपचार कोषको घोषणा

२०८२ श्रावण २, शुक्रबार

बढ्यो डेङ्गीको जोखिम, सचेत रहन आग्रह

२०८२ श्रावण १, बिहीबार

धेरै पढिएका खबर

हाम्रो बारेमा


swasthadiary

जुन मिडिया प्रालि
सम्पादकः मुना कँडेल
कम्पनी दर्ता नंः ३१२३७९/७९/८०
सञ्चार रजिष्ट्रार दर्ता नंः ००२०१/०७९/८०

साइट नेभिगेशन


समाचार मल्टिमिडिया फिचर आर्टिकल अन्तर्वार्ता औषधि/उपकरण

सम्पर्क


सम्पर्क कार्यालय:
तारकेश्वर नगरपालिका, वडा नं १०, मनमैजु
मोबोइल नं : ९८४१०४६०१४
ई-मेल : swasthyadiary@gmail.com

© 2025 Swasthyadiary.

Type above and press Enter to search. Press Esc to cancel.