रौतहट : स्वास्थ्य बिमा गरेकाहरूलाई राज्यले विभिन्न प्रकारका औषधि निःशुल्क उपलब्ध गराउने गर्छ। तर, यहाँका सेवाग्राहीले पछिल्लो समय औषधिहरू पाउन छाडेको गुनासो गर्न थालेका छन् ।
चन्द्रनिगापुरस्थित सरकारी अस्पतालमा स्वास्थ्य विभाग गराएका सर्वसाधारणले सरकारी अस्पतालबाट तोकिएको औषधि नपाएको गुनासो गरेका हुन् ।
स्वास्थ्य बिमा गरेका सर्वसाधारणहरूले चन्द्रनिगाहपुरस्थित सरकारी अस्पतालले औषधि बाहिरबाट किन्नू भन्दै पठाउने गरेको गुनासो गरेका छन् । चन्द्रपुर नगरपालिका– ८ का स्वास्थ्य बिमा गरेका स्थानीय पुष्पलाल तिमल्सिनाले चन्द्रनिगापुरस्थित सरकारी अस्पतालले स्वास्थ्य बिमा गरेका बिरामीलाई समेत औषधि बाहिर किन्नू भन्दै लेखेर पठाउने गरेको गुनासो गरे ।
स्वास्थ्यकर्मीहरूले भने स्वास्थ्य बिमा गरेकाहरूले केन्द्रीय अस्पताल तथा अन्य ठूला सरकारी अस्पतालमा रेफर लेख्ने र त्यहाँबाट लेखिएको औषधि चन्द्रनिगापुरस्थित सरकारी अस्पतालमा माग्ने गरेका कारण समस्या परेको बताएका छन् ।