Aricle Tech

महोत्तरी : परिवारनियोजनका लागि महोत्तरीका भित्री गाउँ/नगर बस्ती र अस्पतालमा सञ्चालित बन्ध्याकरण शिविर (क्याम्प) मा पुरुष क्याम्प खाली देखिएको छ । जिल्लाका मटिहानी, भङ्गाहा, मनराशिशवा, रामगोपालपुर र औरही नगरपालिकामा सञ्चालित क्याम्पमा पुरुषले सेवा लिन नपुगेकाले खाली देखिएको हो । शिविरमा पुरुषका लागि भ्यासेक्टोमी र महिलाका लागि बन्ध्याकरणको व्यवस्थासहित चिकित्सक र दक्ष स्वास्थ्यकर्मीको टोली परिचालन गरिएकोे स्वास्थ्य कार्यालयले जनाएको छ । हालसम्म पाँच नगरक्षेत्रमा सम्पन्न शिविरमा एक पुरुष पनि सेवा लिन नपुगेको कार्यालय प्रमुख सुनिता गुप्ताले जानकारी दिइन् । “हामीले एक महिना पहिलेदेखि पुरुष र महिलाका लागि बन्ध्याकरण शिविर सञ्चालन हुने भनेर प्रचारप्रसार गर्यो, सोअनुसार व्यवस्थापन पनि गरिएको छ तर सेवा…

विस्तृतमा...

भक्तपुर : नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गतको शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरले ११ वर्ष अवधिमा १२०० वटा सफल मिर्गौला प्रत्यारोपण गरी इतिहास रच्न सफल भएको छ । छोटो अवधिमा यो सफलता हाँसिल गर्न केन्द्रका कार्यकारी निर्देशक साथै कलेजो तथा मिर्गौला प्रत्यारोपणविद् डा पुकार चन्द्र श्रेष्ठको नेतृत्वदायी भूमिका र केन्द्रका सम्पूर्ण कर्मचारीहरूको अथक मेहनत र लगनशीलताले संभव भएको कुरा प्रत्यारोपण केन्द्रले जनाएको छ । स्थापनाको ११ वर्षमा १२०० वटा मिर्गौला र १८ जनाको कलेजो प्रत्यारोपण ९९ प्रतिशत सफलताका साथ गरेको केन्द्रले २०८० मा मात्र १० जनाको कलेजो प्रत्यारोपण गरी सकेको छ भने आगामी साता थप २ जानाको कलेजो प्रत्यारोपण…

विस्तृतमा...

कैलाली : नेपाल चिकित्सक संघ, सुदूरपश्चिम सेती शाखाको सभापतिमा डाक्टर खगेन्द्र भट्ट निर्विरोध निर्वाचित भएका छन्। सेती प्रादेशिक अस्पतालमा कार्यरत वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर भट्टको नेतृत्वमा ११ सदस्यीय समिति गठन गरिएको हो। यस्तै उपसभापतिमा डाक्टर नरबहादुर मौनी, सचीवमा डाक्टर मेराज आलम अन्सारी, कोषाध्यक्षमा डाक्टर रविन्द्रदेव भट्ट, सहसचीवमा जगदीशचन्द्र भट्ट, सहकोषाध्यक्षमा जोनस तिवारी र सदस्यमा डाक्टर विजयविक्रम बम, डाक्टर चेतराज भट्ट, गणेश फुलारा, डाक्टर मोहन नाथ तथा डाक्टर सम्यक शाक्य निर्विरोध निर्वाचित भएका हुन्।

विस्तृतमा...

काठमाडाैंं : नेपाल नर्सिङ परिषद्को नाम दर्ता प्रमाणपत्र परीक्षा आगामी चैतमा हुने भएको छ । परिषद्ले आज सूचना प्रकाशित गर्दै वार्षिक कार्यतालिकाअनुसार चैत ३ गते परीक्षाको मिति तय भएको जानकारी गराएको हो ।  परीक्षाका लागि आवेदन समेत मागिएको छ । माघ २१ गतेदेखि फागुल्न २१ गतेसम्म आवेदन दिन सकिने सूचनामा उल्लेख छ । त्यस्तै, दोब्बर दस्तुर तिरेर फागुुल्न २४ गतेसम्म अनलाइन दरखास्त दिन पाइनेछ । परिषद्का अनुसार परीक्षामा सामेल हुने परीक्षार्थीहरु न्यूनतम प्रविणता प्रमाणपत्र तह नर्सिङ वा बिएस्सी नर्सिङ उत्तीर्ण भएको हुनुपर्नेछ । त्यस्तै, परीक्षासम्बन्धी विस्तृत जानकारी परिषद्को वेबसाइटमा हेर्न सकिनेछ ।

विस्तृतमा...

काठमाडौं : नर्भिक इन्टरनेशनल हस्पिटल अन्र्तगतको नर्भिक आइभिएफ सेन्टरले निःशुल्क ओपिडी सेवा सञ्चालन गर्ने भएको छ। स्त्री रोग तथा निशन्तान सम्बन्धी समस्या भएका बिरामीलाई लक्षित गर्दै नर्भिक आइभिएफले शनिबार निःशुल्क ओपिडीमार्फत सेवा दिन लागेको हो । नर्भिक हस्पिटलकी बरिष्ठ स्त्री रोग तथा टेष्ट ट्युव वेवी विशेषज्ञ एवं ल्याप्रोस्कोपिक सर्जन डा नुतन शर्मासहितको टोलीले उक्त बिरामीको स्वास्थ्य जाँच तथा उपचार गर्नेछ । निःशुल्क ओपिडी सेवा बिहान १० बजेदेखि अपरान्ह ३ बजेसम्म संचालन हुनेछ भने एक सातासम्म फलोअप जाँच निःशुल्क गरिएको नर्भिक हस्पिटलका सिइओ अजय कुमार मिश्राले जानकारी दिए । निशुल्क ओपिडी सेवामा स्वास्थ्य परीक्षण गराउन चाहने बिरामीले अग्रिम रुपमा पनि नाम…

विस्तृतमा...

काठमाडौँ : त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा नेपाली चिकित्सक तथा स्वास्थ्यकर्मीको मात्रै संलग्नतामा कलेजो प्रत्यारोपण गरिएको छ। कलेजो प्रत्यारोपण विशेषज्ञ प्राडा रमेशसिंह भण्डारीको नेतृत्वमा शल्य चिकित्सक, एनेस्थेसिया, नर्सिङलगायत ५० भन्दा बढीको संयुक्त प्रयासमा पुस २७ गते कलेजो प्रत्यारोपण सम्पन्न भएको हो। टिमले नुवाकोटका ४१ वर्षीय पुरुषको कलेजो प्रत्यारोपण गरेको थियो। ती पुरुषलाई उनकी ४० वर्षीया श्रीमतीले कलेजो दिएकी थिइन्। प्रत्यारोपणका लागि ११ घण्टा समय लागेको थियो। डा भण्डारीले यो उपलब्धिमा त्रिवि शिक्षण अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मीदेखि कर्मचारीहरुको ठूलो साथ र सहयोग रहेको बताए। उनले अस्पतालमा कलेजो प्रत्यारोपण सेवा सुरु गर्नका लागि तत्कालिनक स्वास्थ्यमन्त्री गगनकुमार थापाले गरेको सहयोगको पनि खुलेर प्रशंसा गरे। त्रिवि…

विस्तृतमा...

सिरहा : लहान नगरपालिकाले नगरक्षेत्रमा मोतियाबिन्दु भएका करिब एक हजार बिरामीलाई निःशुल्क शल्यक्रिया गराउन आर्थिक सहयोग गर्ने भएको छ । यसका लागि लहान नगरपालिका र सगरमाथा चौधरी आँखा अस्पतालबीच सम्झौता भएको छ । सम्झौतापत्रमा नगरप्रमुख महेश चौधरी र अस्पताल सञ्चालक समितिका अध्यक्ष रविन्द्रलाल चौधरीले बुधबार हस्ताक्षर गरे । सम्झौताअनुसार नगरपालिकाको आर्थिक सहयोग र अस्पतालको प्राविधिक सहयोगमा वडावडामा निःशुल्क आँखा जाँच शिविर सञ्चालन गरिनेछ । शिविरमा मोतियाबिन्दु भएका करिब एक हजार बिरामीलाई निःशुल्क शल्यक्रिया गरिने लक्ष्य राखिएको छ । गाउँघरमै आँखा जाँच शिविर सञ्चालनले यहाँका गरिब, विपन्न, अशक्त, ज्येष्ठ नागरिक र बालबालिकालाई ठूलो राहत मिल्ने नगरप्रमुख चौधरीको भनाइ छ । “गाउँमा…

विस्तृतमा...

सुनसरी : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका कायम मुकायम उपकुलपति प्राडा प्रल्हाद कार्कीको नियुक्ति गैरकानूनी भएको दाबीसहित उच्च अदालत विराटनगरमा रिट परेको छ । प्राडा कार्कीको नियुक्ति नै गैरकानूनी भएको र सो नियुक्ति प्रथम दृष्टिमै खारेजीको भागीदार रहेको आन्दोलनरत पक्षले दाबी गरिरहेका बेला प्राडा कार्कीको नियुक्तिको विरुद्ध मंगलबार रिट परेको हो । धरानका सुमन श्रेष्ठले प्रतिष्ठानका कुलपति, सहकुलपति तथा कायम मुकायम उपकुलपति प्राडा कार्कीसमेतलाई विपक्षी बनाई दायर गरिएको रिटमा ‘विवादित कायम मुकायम उपकुलपतिको मिति २०८० असार १७ को नियुक्ति र त्यसै नियुक्तिलाई निरन्तरता दिने मिति २०८० मंसिर ४ को नियुक्तिलाई उत्प्रेषण लगायत आज्ञा आदेश जारी गरी बदर गरीपाउँ’ भनी माग…

विस्तृतमा...

मुगु : जिल्लाको उत्तरी क्षेत्रमा पर्ने सोरु गाउँपालिका–६ पुरुमुरुमा तीन जनाको ज्यान जाने गरी फैलिएको रुघाखोकी इन्फ्लुएन्जा भएको पुष्टि भएको छ । सोरु गाँउपालिका–६ का पुरुमुरु र जिमा गाउँमा डेढसाता अघिदेखि फैलिएको रुघाखोकीबाट तीन जनाको मृत्यु र एक सय ५० जना सिकिस्त भएका थिए । थला परेकामध्ये एक सय ३५ जना गरिएको परीक्षणमा इन्फ्लुएन्जाको लक्षण देखिएको उनीहरुको नमुना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा परीक्षण गर्दा इन्फ्लुएन्जा पुष्टि भएको जिल्ला अस्पताल मुगुका डा कमल ढुङ्गानाले जानकारी दिए । इन्फ्लुएन्जा सङ्क्रमण पुष्टि भएपछि थप अनुसन्धानका लागि त्यस क्षेत्रमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्तर्गतको इपिडिमोलोजी महाशाखा, विश्व स्वास्थ्य सङ्गठनको टोली र जिल्ला अस्पताल मुगुबाट…

विस्तृतमा...

काठमाडौं : काठमाडौँको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा.शेरबहादुर पुनले फ्लू आर्थत इन्फ्लुइन्जा ए र बी भाइरसको विरुद्ध खोप लगाएर यसबाट हुने जोखिमलाई न्यूनीकरण गर्न सकिने बताएका छन्। ‘वर्षमा दुई सिजन चिसो (फेब्रुअरी र मार्च ) र बर्खा (अगस्ट र सेप्टेम्बर) मा फ्लु देखापर्छ’ उनले भने। फ्लुविरुद्ध वर्षमा एकपटक खोप लगाउन सकिने पुनले बताए। फ्लुका कारण मानिसमा सामान्यत: रुघाखोकी, ज्वरो, शरीर तथा जोर्नीहरू दुख्नु, थकान महसुस हुनु, घाँटी खस खसाउनु, नाकबाट पानी बग्नु र श्वासप्रश्वासमा समस्या देखिने गर्छ। सामान्यतः हप्ता दिनमा यो रोग निको हुने भए पनि यसबाट निमोनिया, दम र पक्षघात जस्ता रोगको जोखिम…

विस्तृतमा...