काठमाडौं : नर्भिक इन्टरनेशनल हस्पिटल अन्र्तगतको नर्भिक आइभिएफ सेन्टरले निःशुल्क ओपिडी सेवा सञ्चालन गर्ने भएको छ।
स्त्री रोग तथा निशन्तान सम्बन्धी समस्या भएका बिरामीलाई लक्षित गर्दै नर्भिक आइभिएफले शनिबार निःशुल्क ओपिडीमार्फत सेवा दिन लागेको हो ।
नर्भिक हस्पिटलकी बरिष्ठ स्त्री रोग तथा टेष्ट ट्युव वेवी विशेषज्ञ एवं ल्याप्रोस्कोपिक सर्जन डा नुतन शर्मासहितको टोलीले उक्त बिरामीको स्वास्थ्य जाँच तथा उपचार गर्नेछ ।
निःशुल्क ओपिडी सेवा बिहान १० बजेदेखि अपरान्ह ३ बजेसम्म संचालन हुनेछ भने एक सातासम्म फलोअप जाँच निःशुल्क गरिएको नर्भिक हस्पिटलका सिइओ अजय कुमार मिश्राले जानकारी दिए ।
निशुल्क ओपिडी सेवामा स्वास्थ्य परीक्षण गराउन चाहने बिरामीले अग्रिम रुपमा पनि नाम दर्ता गराउन सक्ने अस्पतालले जनाएको छ ।