काठमाडौं : काठमाडौँको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा.शेरबहादुर पुनले फ्लू आर्थत इन्फ्लुइन्जा ए र बी भाइरसको विरुद्ध खोप लगाएर यसबाट हुने जोखिमलाई न्यूनीकरण गर्न सकिने बताएका छन्। ‘वर्षमा दुई सिजन चिसो (फेब्रुअरी र मार्च ) र बर्खा (अगस्ट र सेप्टेम्बर) मा फ्लु देखापर्छ’ उनले भने। फ्लुविरुद्ध वर्षमा एकपटक खोप लगाउन सकिने पुनले बताए।
फ्लुका कारण मानिसमा सामान्यत: रुघाखोकी, ज्वरो, शरीर तथा जोर्नीहरू दुख्नु, थकान महसुस हुनु, घाँटी खस खसाउनु, नाकबाट पानी बग्नु र श्वासप्रश्वासमा समस्या देखिने गर्छ।
सामान्यतः हप्ता दिनमा यो रोग निको हुने भए पनि यसबाट निमोनिया, दम र पक्षघात जस्ता रोगको जोखिम समेत हुनसक्छ ।
फ्लुविरुद्ध दीर्घ रोगका बिरामी, बालबालिका, वृद्धावृद्ध र इम्युनिटी पावर कम भएका मानिसले चिकित्सकको सल्लाह लिएर खोप लगाउन सकिने डा.पुनले सुझाए ।