काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले राष्ट्रिय एम्बुलेन्स निर्देशिका संशोधन गर्ने तयारी थालेको छ । आज(शुक्रबार) एक विज्ञप्ति जारी गर्दै मन्त्रालयले राष्ट्रिय एम्बुलेन्स निर्देशिका, २०७८ लाई परिमार्जन गर्ने तयारी भइरहेको बताएको छ ।
‘एम्बुलेन्स सेवालाई थप व्यवस्थित र प्रभावकारी बनाई घाईते र विरामीको अस्पताल पूर्वको स्वास्थ्य सेवालाई छिटो छरितो बनाउन र एम्बुलेन्स सेवालाई सबै घाईते तथा विरामीले सरल र सुलभ तरिकाले प्राप्त गर्नसक्ने व्यवस्था गर्न यस मन्त्रालयले राष्ट्रिय एम्बुलेन्स निर्देशिका, २०७८ लाई समयानुकूल परिमार्जन गर्ने तयारीमा रहेको अबगत गराउँदछौं’ विज्ञप्तिमा भनिएकाे छ ।
निर्देशिकामा भएका व्यवस्थालाई संशोधन, थप तथा परिमार्जन गर्नका लागि सरोकारवालालाई सल्लाह र सुझाव दिन मन्त्रालयले आग्रह गरेको छ ।