काठमाडौं : कान्तिपुर डेन्टल अस्पताल पोखराले २४औँ वर्ष पुरा गरेको छ । यस्तै दाँतसहित स्वास्थ्यका विभिन्न विद्यामा मध्यमस्तरको जनशक्ति उत्पादन गर्ने कान्तिपुर इन्स्टिच्युट अफ हेल्थ साइन्सेस २० औँ वर्षमा प्रवेश गरेको छ ।
हिजो अस्पतालले आफ्नो वार्षिकोत्सवका अवसरका निशुल्क दन्त शिवर सञ्चालन गरेको थियो । जसबाट ३ सयभन्दा बढीले सेवा लिएको इन्स्टिच्युटका कार्यकारी अधिकृत प्रतिकमान श्रेष्ठले जानकारी दिए ।
यूआरएलको प्राविधिक सहयोग लिएर निःशुल्क सुगर र टिबी जाँच पनि गरिएको उनले बताए । यस्तै निःशुल्क दन्त परीक्षणका साथै अन्य उपचारमा १५ प्रतिशत छुट दिएकोसमेत उनले बताएका छन् । उनले वार्षिकोत्सवका अवसर अन्य ल्याब जाँचमा पनि ५० प्रतिशतसम्म छुट प्रदान गरेको जानकारी दिए ।
यस्तै उत्सवका अवसरमा ४ वटा विद्यामा अध्ययन गर्ने विद्यार्थीहरुसँग मिलेर केक काट्ने कार्यक्रम पनि गरिएको थियो ।
कान्तिपुर डेन्टल अस्पताल पहिले काठमाडौँमा २०५४ सालमा खुलेको थियो । त्यसको दुई वर्षपछि अर्थात २०५६ सालमा पोखरामा पनि शाखाको रुपमा कान्तिपुर डेन्टल अस्पताल खुलेको हो ।
यस्तै स्वास्थ्य जनशक्ति उत्पादनका लागि विसं २०६२ साल देखि कान्तिपुर इन्स्टिच्युट अफ हेल्थ साइन्स सञ्चालनमा आएको हो । यसमा अहिले सीटीईभीटीका डेन्टल हाइजिनिस, डिप्लोमा इन फार्मेसी, पीसीएल ल्याव टेक्नोलोजी र पीसीएल रेडियोग्राफी सञ्चालन हुँदै आएको छ ।