सिमकोट (हुम्ला)- हुम्ला जिल्ला अस्पतालमा पछिल्लो समय बिरामीको चाप बढेको छ । मौसमी रुघाखोकीका बिरामी बढ्दा अस्पतालमा बिरामीको अत्यधिक चाप भएको अस्पतालले जनाएको छ । मौसमी बिरामीको चाप अत्यधिक बढेसँगै अस्पतालमा बिरामी राख्ने श्ययाको पनि अभाव हुन थालेको अस्पतालका डाक्टर सुनिल पुजाराले बताए । १५ श्ययाको क्षमता भएको हुम्ला अस्पतालमा हिजोआज बिरामी बढी भर्ना हुँदा समस्या भएको उनको भनाइ छ । अस्पतालमा आइतबार मात्रै एक सय ५० जना विरामीले उपचार गराएका छन् । जसमा सबैभन्दा बढी ज्वरोका विरामी, झाडापखाला, निमोनिया र ग्याष्ट्रिकलगायत बिरामी छन् । सोमबार साँझ ४ बजेसम्म झण्डै ९० जना बिरामीको उपचार गरिएको अस्पताल स्रोतले बताएको छ ।…
Aricle Tech
काठमाडौँ- राष्ट्रिय टिममा रहेका तथा खेलाडीहरूको स्वास्थ्य परीक्षण सहिद गङ्गालाल राष्ट्रिय हृदय रोग उपचार केन्द्रले निःशुल्क गर्ने भएको छ । कार्यक्रमको प्यारा ओलम्पिकमा कांस्य पदक विजेता पलेसा गोवर्द्धनको स्वास्थ्य परीक्षणबाट आज परीक्षणको सुरुवात गरिएको हो । देशको प्रतिनिधित्व गरेर अन्तर्राष्ट्रिय खेलमा योगदान गर्ने सबै खेलाडीहरूको मुटुसहित निःशुल्क स्वास्थ्य परीक्षणसम्बन्धी सम्झौता गरिएको थियो । गत साउन २७ गते आफ्नो स्वास्थ्य क्षेत्रका योजना तथा प्राथमिकता घोषणाका क्रममा स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले देशका लागि खेल्ने खेलाडीहरूको स्वास्थ्य परीक्षण आवश्यक व्यवस्था गर्ने बताएका थिए । मन्त्री पौडेल र युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीको उपस्थितिमा मन्त्रालय, युवा तथा खेलकुद राष्ट्रिय खेलकुद परिषद् राखेप…
काठमाडौं- सर्वोच्च अदालतले कोरोना बीमाको दावी भुक्तानी किन नदिएको भनेर सरकारसँग लिखित जवाफ माग्ने आदेश जारी गरेको छ । आइतबार नेपाल बीमक संघ र १२ निर्जीवन बीमा कम्पनीले कोरोना बीमा सम्बन्धमा सरकार विरुद्ध सर्वोच्चमा रिट दर्ता गरेका थिए । उक्त रिटमा आज छलफल गर्दै सर्वोच्च अदातलले सरकारको नाममा कारण देखाउ आदेश जारी गरेको हो । आज भएको आदेश अनुसार सरकारले पत्र वा सूचना प्राप्त गरेको १५ दिन भित्र सर्वोच्चमा कोरोना बीमाको दावीका लागि रकम निकासा नगरेको सम्बन्धमा लिखित कारण पेश गर्नुपर्ने छ । सरकारले लिखित कारण पेश गरेपछि यस मुद्दाको थप प्रक्रिया अघि बढ्नेछ । न्यायाधीश अब्दुल अजीज मुसलमानको एकल…
चितवन– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले अहिले देशभरिका अस्पतालमा देखिएको जनशक्ति अभाव पूरा गर्न मन्त्रालय लागि परेको बताएका छन् । चितवनमा पत्रकारहरुसँग कुरा गर्दै उनले जनशक्ति अभाव पूरा गर्न मन्त्रालयले गृहकार्य सुरु गरेको बताए । सरकारी अस्पतालमा कम्तीमा तीन सय शय्या भएको अस्पतालमा एमबीबीएस र दुई सय शय्याका अस्पतालमा नर्सिङ कक्षा सञ्चालन गर्ने तयारीमा सरकार रहेको मन्त्री पौडेलले बताए । उनले भने, ‘अहिलेको आवश्यकताका आधारमा न्यूनतम जनशक्ति पूरा गर्नेबारे मन्त्रालयले ओएनएम सर्भेका लागि प्रस्ताव गरेको छ ।’ तत्कालका लागि ६ प्रदेशका एक/एकवटा सङ्घीय अस्पतालमा न्यूनतम जनशक्ति पुर्याउने विषयमा गृहकार्य थालिएको उनले बताए । मन्त्री पौडेलले सरकारले चिकित्सक तथा स्वास्थ्यकर्मीको समस्या…
-डा योगी विकासानन्दा खाना हाम्रो जीवन, जसको अभावमा हामी बाच्न सक्दैनौं । हाम्रो रीतिरिवाज, संस्कार तथा संगत अनुसार हामी फरक–फरक खाना खाने गछौं । जस्तो शाकाहारीको संगत छ भने शाकाहारी र मांसाहारीको संगत छ भने मांसाहारी । अहिले पत्रु खाना अथात् जंकफूडको लहर चलेको छ । त्यसैकारण जंकफूड नखाने व्यक्ति पाउन गाह्रो हुन्छ । यो राम्रो भएर खाएको हैन तर धेरैले खाएको देखेर प्रत्येक व्यक्तिले खाइरहेका छन् । विभिन्न अनुसन्धानले ‘‘जंकफड खानु स्वास्थ्यको लागि हानिकारक हो’ भने पनि यो नखाने व्यक्ति पाउन गाह्रो छ । पहिला मांसाहारी आहार र शाहाकारी आहार बढी सुनिन्थ्यो । पछिल्लो समयम अर्को भिगन डाइट पनि…
काठमाडौँ – नेपाल बीमक संघले कोरोना बीमाको दाबी भुक्तानी माग गर्दै सर्वोच्च अदालतमा दायर गरेको मुद्दाको पेशीको सुनुवाइ सोमबार हुने भएको छ । न्यायाधीश अब्दुल अजीज मुसलमानको एकल इजलासमा सो पेशी परेको छ । रिटको पेशी इजलासको १० औँ नम्बरमा रहेको छ । बीमा कम्पनीहरूको तर्फबाट संघका महासचिव अशोककुमार खड्काले सर्वोच्चमा रिट दायर गरेका थिए । संघले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थ मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र नेपाल बीमा प्राधिकरण (साविक बीमासमिति)लाई विपक्षी बनाएर मुद्दा दायर गरेको थियो । सरकारले कोरोना बीमावापतको ११ अर्ब रुपैयाँ भुक्तानी दिन बाँकी छ । विगत ४ वर्षदेखि सो भुक्तानी माग गर्दा पनि सरकारले…
काठमाडौं- नेपाल क्यान्सर अस्पताल तथा रिसर्च सेन्टरले विश्व फिजियोथेरापी दिवसको अवसरमा सचेतनामुलक कार्यक्रम गरेको छ । अस्पतालको फिजियोथेरापी युनिटले गरेको कार्यक्रममा बोल्दै युनीट प्रमुख राजेन्द्र खत्रीले हाडजोर्नी मात्रै नभएर हरेक रोग छिटो निको पार्न फिजियोथेरापी महत्त्वपूर्ण भएको बताए । उनले क्यान्सरलाई जित्न पनि फिजियोथेरापी अत्यावश्यक रहेको बताएका छन् । कार्यक्रममा अस्पतालका अध्यक्ष डा सुदिप श्रेष्ठ, अस्पतालका मेडिकल निर्देशक डा विजेशराज घिमिरे लगायतले फिजियोथेरापीको आवश्यकताबारे आफ्नो भनाइ राखेका थिए ।
काठमाडाैं- डडेल्धुरा मेडिकल कलेजमा अब बिएस्सी नर्सिङ र पब्लिक हेल्थको पनि अध्यापन गर्ने तयारी भएको छ । बिएस्सी नर्सिङ र पब्लिक हेल्थको अध्यापनका लागि चिकित्सा शिक्षा आयोगले सिट निर्धारण गरेको छ । सुदूरपश्चिम विश्वविद्यालय, स्वास्थ्य विज्ञान संकायका डिन हेमनाथ जोशीले बिएस्सी नर्सिङका लागि २० र पब्लिक हेल्थको लागि २० सिट आयोगले निर्धारण गरेको जानकारी दिए । उनका अनुसार अघिल्लो वर्षदेखि अध्ययन सुरु भएको ब्याचलर इन मेडिकल ल्याब टेक्नोलोजी अध्ययनका लागि भने १० सिट निर्धारण भएको छ । बिएस्सी नर्सिङ र पब्लिक हेल्थको अध्यापनका लागि सिट त निर्धारण भइसकेको छ,´ उनले भने,तर त्यहाँ एउटा कैफियत उल्लेख छ । अर्थ मन्त्रालयले स्रोत…
झापा– डेंगुबाट गत साउनदेखि हालसम्म झापामा २ जनाको मृत्यु भएको छ भने कोशी प्रदेशमा एक हजार ६५ जना सङ्क्रमित भएका छन् । स्वास्थ्य कार्यालयका डेंगु फोकल पर्सन वीरेन्द्र दासका अनुसार झापामा डेंगुबाट मृत्यु हुनेमा हल्दिबारी–३ की ४२ वर्षीया विमला दाहाल पौडेल र विर्तामोड–४ का आठ वर्षीय आलोकजङ्ग बस्नेत रहेका छन् । झापामा साउन १ गतेयता सङ्क्रमितको सङ्ख्या एक सय २८ पुगिसकेको छ । कोशी प्रदेशमा यस अवधिमा सबैभन्दा बढी मोरङमा सङ्क्रमितको सङ्ख्या पाँच सय ३२ पुगेको छभने त्यसपछि झापा, धनकुटा र सुनसरीमा डेंगुका सङ्क्रमित धेरै पाइएको छ । ताप्लेजुङमा भने डेंगुको एकजना पनि सङ्क्रमित पाइएको छैन । स्वास्थ्य निर्देशनालय धनकुटाका…
काठमाडौं- नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान फलोअपका लागि चीन प्रस्थान गरेका छन् । आइतबार बिहान एयर चाइनाको जहाजबाट उनी चीन प्रस्थान गरेका हुन् । उनका साथमा पत्नी ओन्सरी घर्ती समेत त्यसतर्फ गएकी छन् । पारिवारिक स्रोतका अनुसार फलोअपका उनी चीन गएका हुन् । केहीदिनमा उपचार गरेर उनी फर्किने बताइएको छ । पूर्वमन्त्री पुन जटिल प्रकारको वंशाणुगत जन्डिस बल्झिएपछि उपचारका लागि गत फागुन १ गते चीन गएका थिए । उनको चीनको सेनजेनस्थित थर्ड पिपुल्स अस्पतालमा उपचार भएको थियो । जण्डिस दोहोरिएपछि नेता पुन २०७८ साल असोज १३ गते बैंकक गएका थिए । बैंककमा उपचार सफल नभएपछि त्यसयता उनको चीनको सेनजेनमा उपचार…

