

काठमाडौं- नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान फलोअपका लागि चीन प्रस्थान गरेका छन् । आइतबार बिहान एयर चाइनाको जहाजबाट उनी चीन प्रस्थान गरेका हुन् ।
उनका साथमा पत्नी ओन्सरी घर्ती समेत त्यसतर्फ गएकी छन् । पारिवारिक स्रोतका अनुसार फलोअपका उनी चीन गएका हुन् । केहीदिनमा उपचार गरेर उनी फर्किने बताइएको छ ।
पूर्वमन्त्री पुन जटिल प्रकारको वंशाणुगत जन्डिस बल्झिएपछि उपचारका लागि गत फागुन १ गते चीन गएका थिए । उनको चीनको सेनजेनस्थित थर्ड पिपुल्स अस्पतालमा उपचार भएको थियो ।
जण्डिस दोहोरिएपछि नेता पुन २०७८ साल असोज १३ गते बैंकक गएका थिए । बैंककमा उपचार सफल नभएपछि त्यसयता उनको चीनको सेनजेनमा उपचार हुँदै आएको छ ।



