काठमाडौं- नेपाल क्यान्सर अस्पताल तथा रिसर्च सेन्टरले विश्व फिजियोथेरापी दिवसको अवसरमा सचेतनामुलक कार्यक्रम गरेको छ ।
अस्पतालको फिजियोथेरापी युनिटले गरेको कार्यक्रममा बोल्दै युनीट प्रमुख राजेन्द्र खत्रीले हाडजोर्नी मात्रै नभएर हरेक रोग छिटो निको पार्न फिजियोथेरापी महत्त्वपूर्ण भएको बताए । उनले क्यान्सरलाई जित्न पनि फिजियोथेरापी अत्यावश्यक रहेको बताएका छन् ।
कार्यक्रममा अस्पतालका अध्यक्ष डा सुदिप श्रेष्ठ, अस्पतालका मेडिकल निर्देशक डा विजेशराज घिमिरे लगायतले फिजियोथेरापीको आवश्यकताबारे आफ्नो भनाइ राखेका थिए ।