काठमाडौँ- काठमाडौँ महानगरपालिका–३० स्थित ज्ञानेश्वरमा रहेको सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र ३२ वटै वडामध्येको उत्कृष्ट स्वास्थ्य संस्थाका रूपमा स्थापित भएको छ । केन्द्र २०७८ साल चैत १ गतेदेखि सञ्चालनमा आएको हो । महानगरपालिकासँगको सम्झौतामा मानव स्वास्थ्य नामक सामाजिक संस्थाले सञ्चालनमा ल्याएको केन्द्र गत साउन १ गतेदेखि महानगरपालिकाले नै व्यवस्थापन गर्न थालेको छ । महानगरपालिकाका ३२ वटै वडामा सञ्चालनमा रहेका केन्द्रमध्ये उत्कृष्ट सेवा प्रदान गरेकाले महानगरले नै व्यवस्थापन गर्न थालेको निमित्त इञ्चार्ज गीताकुमारी साउदले जानकारी दिए । महानगरले ३२ वटै वडाका केन्द्रलाई यस्तै स्वरुपमा चलाउन चाहेको छ । स्थानीयवासी करिष्मा कुँवर केन्द्रले राम्रो सेवा दिएकाले सामान्य उपचारका लागि अन्य अस्पतालसम्म पुग्नुपर्ने अवस्था…
Aricle Tech
काठमाडौँ- स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले समायोजनका क्रममा जटिलता देखिएका स्वास्थ्यकर्मीको समायोजनका लागि नीतिगत निर्णय गरेको छ । फाजिल वा दरबन्दी नभएको तहमा कार्यरत स्वास्थ्यकर्मीलाई उनीहरुको मागबमोजिम समायोजनसम्बन्धी नीति संशोधन हुने व्यवस्था गरेको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कर्मचारी समायोजनका क्रममा जटिलता देखिएका स्वास्थ्यकर्मीको समायोजनका लागि नीतिगत निर्णय गरेको हो । मन्त्रालयले समायोजनका क्रममा रहेका तर पत्राचार हुन बाँकी कर्मचारीका हकमा समायोजन पत्र जारी गर्न सिफारिस गर्ने भएको छ । मन्त्रालयले दरबन्दी नभएका तहमा कार्यरत स्वास्थ्यकर्मीको समस्या समाधान गर्न चालु आर्थिक वर्षभित्र एक पटकका लागि त्यस्तो संशोधन गर्ने कार्यविधि तयार गरेको थियो । गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकमा स्वास्थ्य तथा…
बाँके- उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलासले नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालले उपचारमा लापरबाही गरेको ठहर गरेकाे छ । अदालतले मृतक परिवारलाई २६ लाख १० हजार रुपैयाँ क्षतिपूर्ति दिलाउने बाँके जिल्ला अदालतले गरेको फैसला पनि सदर गरेको छ । उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलासका वरिष्ठतम न्यायाधीश चन्द्रबहादुर सारु र गोविन्द जोशीको संयुक्त इजलासले जिल्ला अदालतकै फैसलालाई सदर गरेको हो । नेपालगञ्ज उपमहानगरपालिका-२ घरबारीटोलका मनितलाल श्रेष्ठको उपचारमा अस्पतालले लापरबाही गरेका कारण बिरामीको मृत्यु भएको भन्दै मृतकका श्रीमती नम्रता श्रेष्ठले बाँके जिल्ला अदालतमा ०७६ साउन ३१ गते क्षतिपूर्ति मुद्दा दायर गरेकी थिइन् । ज्वरो आएर अस्पतालको इमरजेन्सी वार्डमा लैँजादा बिरामीको उपचारमा हेलचेक्र्याइँ गरिएको, ओजिटी…
झापा- झापामा पूजाको प्रसाद खाँदा ६० जनाभन्दा बढी बिरामी परेका छन् । झापाको अर्जुनधारा नगरपालिका-९ मा उनीहरु बिरामी परेका हुन् । स्थानीय रिता निरौलाको घरमा बुधबार सत्यनारायणको पूजा लगाइएको थियो । सोही पूजाको प्रसाद खाँदा स्थानीयका साथै पाहुनासमेत बिरामी परेकाे बताइएकाे छ । बिरामीमध्ये अधिकांशमा पखाला, ज्वरो र बान्ता भएको बताइएको छ । उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । पूजाको प्रसादमा फुट पोइजन हुँदा गाउँ नै बिरामी परेको र्जुनधारा नगरपालिका-९ का वडा अध्यक्ष भिष्म मिश्रले बताए ।
तनहुँ- दमौली अस्पतालमा शल्यक्रिया सुविधा थपिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आवश्यक उपकरण प्रदान सेवा प्रारम्भ भएको हो । अस्पतालमा ‘एनेस्थेसिया वर्किङ स्टेसन’ नहुँदा मध्यमखालका शल्यक्रिया सेवा उपलव्ध थिएन । मन्त्री भएलगत्तै अस्पताल भ्रमणमा पुगेका बेला स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेललाई जिल्ला समन्वय समितिका प्रमुखसमेत रहेका अस्पताल व्यवस्थापन समिति अध्यक्ष शान्तिरमण वाग्ले र अस्पताल प्रमुख डा परिवर्तन बरालले उपकरण सहयोगका लागि आग्रह गरेका थिए । मन्त्रीकै पहलमा उपकरणको प्रबन्ध भएको हो । अस्पताल प्रमुख बरालले एनेस्थेसिया वर्किङ स्टेसन निर्माणका लागि चाहिने उपकरण, बेहोस बनाउने उपकरण एक थान र मोनिटर एक थान मन्त्रालयबाट प्राप्त भएको जानकारी दिए । हाल दुई…
वेदकोट – पश्चिमी नाका गड्डाचौकीमा सावधानी नअपनाउँदा एमपक्स सङ्क्रमणको जोखिम बढेको छ । भारतमा हालै एक जनामा एमपक्स सङ्क्रमण पुष्टि भएपनि अझै नाकामा सावधानी अपनाइएको छैन । भारतबाट गड्डाचौकी नाका भएर दैनिक तीन सयको हाराहारीमा मानिस स्वदेश फर्किंदैछन् । भारतबाट फर्किनेको सामान्य जाँच पनि नहुँदा सङ्क्रमणको जोखिम बढेको हो । गड्डाचौकीस्थित ‘हेल्थ डेस्क’मा भारतबाट फर्किनेमा कोरोना, डेङ्गु, एचआइभीलगायत रोग जाँच गर्ने गरिन्छ । उपकरण अभावमा एमपक्सको जाँच हालसम्म सुरुआत गर्न नसकिएको हेल्थ डेस्कमा कार्यरत ल्याब टेक्निसियन लक्ष्मी रिमाल धामी बताउँछिन् । “हामीसँग उपकरण छैन । एमपक्ससम्बन्धी कुनै तालिम पनि पाएका छैनौँ”, उनले भनिन्, “नेटमा हेरेर थाहा पाएको लक्षण मिल्दा मानिस…
म्याग्दी- बेनी अस्पतालमा निःशुल्क रूपमा वितरण हुने औषधि अभाव भएको छ । सरकारले जिल्ला अस्पतालबाट ९६ प्रकारका औषधि निःशुल्क वितरण गर्ने नीति लिए पनि बेनी अस्पतालको निःशुल्क औषधि वितरण कक्षमा २५ देखि ३० प्रकारका औषधि मात्र उपलब्ध छन् । निःशुल्क वितरण गर्ने औषधि बीमा सेवाबाट पनि नपाउने, अस्पतालको औषधि वितरण कक्षमा पनि नहुनाले समस्या भएको बेनपा–४ का रमेश क्षेत्रीले गुनासो गरे । बीमाबाट पाइने केही औषधि भदौ १ देखि सरकारले निःशुल्क वितरण गर्ने भने पनि अस्पतालमा नपठाएकाले दीर्घरोगका बिरामी धेरै प्रभावित भएका उनको भनाइ छ । अस्पतालको औषधि स्टोर शाखा प्रमुख तथा सूचना अधिकारी वरिष्ठ नर्सिङ अधिकृत खेमकुमारी पन्तले गण्डकी…
बाँके- भारतीय सीमासँग जोडिएको बाँके जिल्लामा आयातित बिरामीको कारण औलो रोगको जोखिम बढ्दो रहेको छ । भारतलगायत तेस्रो मुलुकबाट आयातित औलो रोगका बिरामीको सङ्ख्या बाँकेमा केही वर्षयता बढ्दै गएको हो । पछिल्ला केही वर्षदेखि जिल्लाका विभिन्न पालिकामा औलो रोगका बिरामीहरू बढ्दै गएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कीटजन्य रोग स्रोतव्यक्ति दुर्गा गौतमले जानकारी दिए । “स्थानीय समुदायका व्यक्तिभन्दा बाहिरबाट आएका आयातित व्यक्तिहरू सङ्क्रमित भएर समुदायमा आउँदा औलो रोगका बिरामीहरू बढी पाइएको छ”, उनले भने, “पछिल्ला केही वर्षदेखि जिल्लामा आयातित बिरामीहरूमा यो रोग बढी पाइएको छ ।” उनका अनुसार गत आर्थिक वर्ष २०८०/८१ मा बाँके जिल्लामा एक सय ६२ सर्वसाधारणमा औलो रोग…
जलेश्वर- भङ्गहा नगरपालिका–२ बखरी गाउँका स्थायी बासिन्दा ५० वर्षीय चिकित्सक प्रबोधकुमार यादव गत वैशाख ३ गतेदेखि बेपत्ता भएका छन्। काठमाडौँमा बस्दै आएका उनी कामको सिलसिलामा जनकपुर पुगेपछि परिवारको सम्पर्कमा नआएपछि खोजीका लागि स्थानीय प्रशासनसमक्ष हारगुहार गरिएको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार उनले २०८१ वैशाख ३ गते श्रीमती पुनमकुमारीसँग टेलिफोनमा कुरा गरेका थिए। सोही दिन अपराह्न ३ बजेदेखि उनको मोबाइल बन्द भएको उनकी श्रीमतीले बताइन्। प्रहरीले बेपत्ता यादवको खोजतलास भइरहेको जनाएको छ
अत्तरिया – कैलालीको अत्तरियामा अत्यधिक विषादी भएको गोलभेँडा भेटिएको छ । अत्तरियाको तरकारी हाट बजारमा रहेको विषादी अवशेष द्रुत विश्लेषण इकाईले मंगलबार गरेको परीक्षणमा रोल्पामा रहेको मिलन ट्रेड एन्ड सप्लायर्सबाट आयात गरिएको गोलभेँडामा विषादी भेटिएको हो । विषादी अवशेष द्रुत विश्लेषण इकाईका प्राविधिक राजेन्द्र प्रसाद भट्टका अनुसार उक्त गोलभेँडामा ४८ दशमलव ४७ प्रतिशत अर्गानोफस्फेट भेटिएको छ । जुन खान अयोग्य हुने उनले बताए । प्रयोगशालाका अनुसार ३५ प्रतिशत भन्दा कम अर्गानोफस्फोटको रोकावट दर भेटिएमा खान योग्य हुन्छ भने ३५ देखि ४४ प्रतिशत रोकावट दर भेटिए केही दिन पर्खिएर खान मिल्ने हुन सक्छ भने ४५ भन्दा मार्थी रोकावट दर भेटिए नष्ट…

