Aricle Tech

ओखलढुङ्गा- ओखलढुङ्गामा डेंगु सङ्क्रमण दर बढिरहेको छ । जिल्लामा हालसम्म ५४ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय रुम्जाटार ओखलढुङ्गाका सूचना अधिकारी विनोद पोखरेलका अनुसार २६ पुरुष र २८ महिला गरी ५४ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको हो । सङ्क्रमण पुष्टि भएका सबै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी सूचना अधिकारी पोखरेलले दिए । सङ्क्रमण रोकथामका लागि मानेभन्ज्याङ गाउँपालिको विभिन्न क्षेत्रमा लार्भा नष्ट र विषादी छर्किन अभियान सञ्चालन गरिएको थियो । ओखलढुङ्गा सामुदायिक अस्पतालमा डेंगु परीक्षण र उपचार भइरहेको छ । डेंगु सङ्क्रमणबाट बच्न लामखुट्टेको टोकाइबाट बच्नेबारे सतर्कता अपनाउन स्वास्थ्य कार्यालयले नागरिकलाई आग्रह गरेको छ । लामखुट्टेको…

विस्तृतमा...

काठमाडौं- प्राविधक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)ले प्रमाणपत्र तहका ६ कार्यक्रमको पाठ्यक्रम परिमार्जन गरेको छ । सीटीईभीटीले यही शैक्षिकसत्रबाट लागु हुने गरी स्वास्थ्यका ६ कार्यक्रमको पाठ्यक्रम हेरफेर गरेको हो । नर्सिङ र मिडवाइफ्रीबाहेकका पीसीएल/डिप्लोमा इन हेल्थ साइन्समा भर्ना भएका प्रथम वर्षका विद्यार्थीलाई नयाँ पाठ्यक्रम लागु हुनेछ । यस्तै, पीसीएल इन जनरल मेडिसिन, सर्टिफिकेट इन मेडिकल ल्याब्रोटरी टेक्नोलोजी, सर्टिफिकेट इन डाइग्नोस्टिक रेडियोग्राफी र डिप्लोमा इन योग एन्ड नेचुरोथेरापीका विद्यार्थीलाई परिमार्जित पाठ्यक्रम दोस्रो र तेस्रो वर्षमा लगु हुनेछ । मातहतका सबै शैक्षिक संस्थालाई परिमार्जित पाठ्यक्रमानुसार अध्यापन गराउन सीटीईभीटीले निर्देशन दिएको छ ।

विस्तृतमा...

जुम्ला- जुम्लामा पहिलो पटक आयोजना गरिएको अन्तर मेडिकल खेलकुद प्रतियोगिता सम्पन्न भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको आयोजनामा सम्पन्न प्रतियोगितामा आयोजक कर्णाली प्रतिष्ठान एक लाख रुपियाँ राशीसहितको प्रथम बनेको छ । प्रतियोगितामा मदन भण्डारी मेडिकल कलेज द्वितीय भएको छ । मदन भण्डारी प्रतिष्ठानले ७५ हजार प्राप्त गरेको छ । यसैगरी, ५० हजार राशीसहित तेस्रो स्थान किष्ट मेडिकल कलेज रहेको छ । भदौ १६ देखि २२ गतेसम्म सञ्चालन भएको प्रतियोगितामा कर्णाली प्रतिष्ठानसहित ६ वटा प्रतिष्ठान तथा मेडिकल कलेज सहभागी भएको थियो । प्रतियोगितामा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले सर्वाधिक २१ पदक जितेको आयोजकले जनाएको छ । जसमा ११…

विस्तृतमा...

वीरगञ्ज (पर्सा)- पर्साको पकाहाँमैनपुर गाउँपालिका–४ लाहावरथकरी स्थायी घर भई हाल श्रीपुर वीरगञ्जमा बसोबास गर्ने फिरोज राकीको परिवारमा गत शुक्रबारदेखि छुट्टै खुसी छाएको छ । उनका जुम्ल्याहा छोरा नसिम राकी र असिम राकीले चिकित्सा शिक्षा स्नातक तह (एमबिबिएस) को प्रवेश परीक्षामा छात्रवृत्तिका लागि योग्य भएसँगै परिवारमा एकैसाथ हर्ष र खुसी छाएको हो । चिकित्सा शिक्षा आयोगले गत भदौ १४ गते शुक्रबार सार्वजनिक गरेको एमबिबिएसको प्रवेश परीक्षामा राकीका छोरा नसिम राकीले १५८ दशमलव २५ अङ्क ल्याएर देशैभरिमा ५४औँ स्थानमा नाम निकालेका छन् । त्यस्तै गरी अर्का छोरा असिम राकीले पनि १३८ दशमलव २५ अङ्क ल्याएर तीन सय ७३औँ स्थानमा नाम निकालेका थिए…

विस्तृतमा...

नेपालगञ्ज – बाँकेको जानकी गाउँपालिकामा झाडाबान्ताका कारण एकजनाको मृत्यु भएको छ । जानकी गाउँपालिका–५ बेलहरीका ३४ वर्षीय होली तेलीको मृत्यु भएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी नरेश श्रेष्ठले जानकारी दिए । “परीक्षणमा हैजाको जीवाणु देखिएको छैन, खानेपानी प्रशस्त नखाएको र समयमा उपचार नभएकाले मृत्यु भएको हुनसक्छ”, उनले भने । सो पालिकामा तीनजनामा झाडाबान्ताका बिरामी भेटिएका छन् । तीमध्ये एकजनाको भेरी अस्पताल र अर्का एकजनाको स्थानीय स्वास्थ्यचौकीमा उपचार भइरहेको छ । एकजना भने उपचारपछि घर फर्केका छन् । यसअघि जिल्लाको नरैनापुरमा विभिन्न समयमा झाडाबान्ता र अन्य स्वास्थ्य समस्याका कारण पाँचजनाको मृत्यु भएको अधिकारी श्रेष्ठले बताए ।

विस्तृतमा...

वासिङ्टन- अमेरिकाको मिसौरी राज्यका बर्डफ्लुबाट सङ्क्रमित जनावरको सम्पर्कमा नआइकन एक व्यक्तिमा बर्ड फ्लु सङ्क्रमण देखिएको छ । रोग नियन्त्रण तथा रोकथाम केन्द्रअन्तर्गतको मिसौरी ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सिनियर सर्भिसेज’का अनुसार ती वयस्क बिरामीलाई अगस्ट २२ मा अस्पताल भर्ना गरिएको थियो । बिरामीलाई इन्फ्लुएन्जाविरुद्ध एन्टिभाइरल औषधी दिएपछि निको भएको र अस्पतालबाट डिस्चार्ज गरि सकिएको जनाइएको छ । प्रारम्भिक परीक्षणमा बिरामीको फ्लुको प्रकार शङ्कास्पद देखिएकाले यसलाई राज्य र सङ्घीय प्रयोगशालामा थप परीक्षणका लागि पठाइएको थियो । परीक्षणबाट ती बिरामीलाई यो एच–५ ण्बर्ड फ्लु) भएको पुष्टि भएको छ । यो वर्ष अमेरिकामा बर्ड फ्लुको सङ्क्रमण पुष्टि हुने उनी १४ औं व्यक्ति थिए भने…

विस्तृतमा...

धनुषा- चिकित्सा शिक्षा आयोगले मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि चिकित्साशास्त्रमा स्नातक (एमबिबिएस)का लागि ५० सिट निर्धारण गरेको छ । यससँगै मधेस प्रदेशमा पहिलोपटक सरकारी तहमा चिकित्साशास्त्रतर्फ उच्च शिक्षाको अध्यापन हुने भएको छ ।  मधेस प्रदेश सरकारका मुख्यमन्त्री एवं प्रतिष्ठानका कुलपति सतिशकुमार सिंहले कार्यकालको पहिलो दिन नै प्रतिष्ठानमा एमबीबीएसको अध्यापन चाँडै सुरु गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । सोहीअनुरूप मुख्यमन्त्री सिंहले सरकारको नीति तथा कार्यक्रममा यसलाई समेटेका थिए । सोही क्रममा उनले चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा अञ्जनीकुमार झालगायत सम्बद्ध पदाधिकारीलाई भेटी आवश्यक पूर्वाधारलगायत मापदण्ड पूरा भएकाले प्रतिष्ठानलाई एमबीबीएस पढाइका लागि तत्काल सिट निर्धारण गरिदिन आग्रह गरेका थिए । प्रतिष्ठानलाई प्राप्त ५० सिटमध्ये ७५…

विस्तृतमा...

काठमाडौं- चिकित्सा शिक्षा आयोगले शुक्रबार एमबीबीएस अध्यापनका लागि  कलेजहरूको सिट निर्धारण गरेको छ । जसमध्ये दुर्गा प्रसाईंको बी एण्ड सी मेडिकल कलेजले एमबीबीएस अध्यापनका लागि ५० सिट पाएको छ । सर्वोच्च अदालतले आदेश दिएपछि झापामा रहेको बी एण्ड सीले काठमाडौं विश्वविद्यालयबाट सम्बन्धन पाएको थियो । यस्तै राप्ती र र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि पनि ५०–५० सिट छुट्याइएको छ । तर दुवैका लागि अर्थ मन्त्रालयले सञ्चालन सहमति दिनुपर्ने शर्त छ । हेर्नुस् सूची

विस्तृतमा...

काठमाडौं- स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदिप पौडेलले निजी अस्पतालहरुले पनि बीमाको सुविधा दिनुपर्ने बताए। शुक्रबार एशोसिएशन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन अफ नेपालको २६ औँ वार्षिक दिवसको उपलक्ष्यमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री पौडेलले निजी अस्पतालहरुले पनि बीमाको सुविधा दिने व्यवस्था गर्न लागिएको बताए । उनले सरकारी अस्पतालमा मात्रै स्वास्थ्य बीमाको सुविधा लिन पाइने तर निजीमा लिन नपाइने अवस्थाको अन्त्य गर्दै सबै अस्पतालहरुमा बीमा सुविधा हुनुपर्ने बताए । त्यसका लागि बीमा बोर्ड शक्तिशाली हुनुपर्ने उनले बताए । नियमन गर्ने निकाय र कार्यान्वयन गर्ने निकाय फरक–फरक हुनुपर्ने उनको भनाइ छ । कार्यान्वयन र नियमन एउटै निकायले गर्दा बीमा व्यवस्थित गर्न नसकिने उनको भनाइ छ…

विस्तृतमा...

टक्सार- कोशी प्रदेशको पहाडी जिल्ला भोजपुरमा आयुर्वेद उपचार सेवा प्रभावकारी बन्दै गएको छ । जिल्लामा रहेका आयुर्वेद स्वास्थ्य केन्द्रमार्फत आर्थिक वर्ष २०८०/८१ मा ४४ हजार ७३ जना नागरिकले सेवा लिएको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रले जनाएको छ । अघिल्ला वर्षहरूको तुलनामा जिल्लामा आयुर्वेदिक उपचार पद्धतिप्रति नागरिकको विश्वास बढ्दै गएको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र भोजपुरका प्रमुख डा सरबिन्दप्रसाद यादवले बताए । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, षडानन्द नगरपालिकाको केन्द्र दिङला, रामप्रसाद राई गाउँपालिकाको ओख्रे र भोजपुर नगरपालिकाको टक्सारमा गरी तीनवटा औषधालय तथा अरुण गाउँपालिकाको चम्पे, पौवादुङमा गाउँपालिकाको च्याङ्ग्रे, हतुवागढी गाउँपालिकाको घोरेटार र टेम्केमैयुङ गाउँपालिकाको अन्नपूर्णमा नागरिक आरोग्य सेवा केन्द्र जिल्लामा सञ्चालनमा रहेका छन्…

विस्तृतमा...