काठमाडौँ– यसवर्ष मुस्ताङ र हुम्ला जिल्लाबाहेक ७५ जिल्लामा डेंगु फैलिँदा ६ हजार ८३१ जना संक्रमित भएका छन् । सन् २०२४ को सुरु अर्थात् गत पुसको मध्यदेखि हालसम्म डेंगु सङ्क्रमणबाट ४ जनाको मृत्यु भएको स्वास्थ्य सेवा विभाग इपीडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडीसीडी)ले जनाएको छ । इडीसीडीका अनुसार सबैभन्दा धेरै डेंगुका बिरामी गण्डकी प्रदेशमा देखिएका छन् । प्रदेशमा डेंगु पुष्टि हुनेको संख्या तीन हजार २२९ पुगेको छ । गण्डकीको तनहुँ जिल्लामा मात्रै एक हजार १४९ जनामा डेंगु पुष्टि भएको छ । तनहुँपछि कास्कीमा ७६४ र पर्वतमा ६५७ जनामा डेंगी संक्रमण पुष्टि भएको छ । बागमती प्रदेशमा एक हजार ७२३ मा डेंगु…
Aricle Tech
काठमाडौं- सर्वोच्च अदालतले मानव अंगदानमा नातेदारको दायरा सीमित नगर्न परमादेश जारी गरेको छ । अंग ग्रहण गर्ने मानिसको बाँच्न पाउने अधिकार निश्चित गर्न स्वेच्छाले अंगदान गर्ने दाताका निम्ति बाटो खोल्ने गरी कानुन संशोधन गर्न सर्वोच्चले परमादेश जारी गरेको हो । सर्वोच्च अदालतका न्यायाधीशद्वय हरि फुयाल र डा. कुमार चुडालको इजलासले अघिल्लो वर्ष साउन ८ गते गरेको फैसलाको बुधबार (हिजो) सार्वजनिक पूर्णपाठमा अंगदानबारे विस्तृतमा तथ्य केलाउँदै यस्तो परमादेश जारी गरिएको छ । झापाका विष्णुबहादुर खत्री क्षेत्रीका निम्ति फुपूकी छोरी लक्ष्मी विष्ट (घिमिरे)ले मिर्गौला दान गर्न चाहेकी थिइन् । तर, किस्ट मेडिकल कलेज शिक्षण अस्पतालले ०८० असार २४ गते फुपूको छोरीले कानुनानुसार…
पछिल्लो समय क्यान्सर रोग जनस्वास्थ्यको ठूलो चुनौतीका रुपमा देखापरेको छ । घरघरमा क्यान्सरका बिरामी देखिनुले आउँदा दिनमा यस रोगको प्रकोप थप बढ्ने निश्चित छ । वयष्कमा मात्र नभई बालबालिकामा पनि क्यान्सर रोग देखिने क्रम बढेको नेपाल क्यान्सर अस्पतालकी बाल क्यान्सर रोग विशेषज्ञ डा. अञ्जली पण्डितले बताएकी छिन् । अस्पतालमा पछिल्लो समय देखिएका बाल क्यान्सरका बिरामी र नेपालका हालको अवस्थाका बारेमा हामीले डा. पण्डितलाई केही प्रश्न गरेका छौं । अहिले नेपालका बच्चाहरूमा कस्तो खालको क्यान्सर देखिएको छ ? त्यसको आंकडाका बारेमा बताइदिनुस् न ।अहिलेको अवस्था हेर्दा पहिला पूर्वाधार नहुँदा जति मात्रा थियो अहिले पूर्वाधार , अस्पताल र जनशक्ति बढेसँगै बिरामी पनि…
कैलाली- सुदूरपश्चिममा स्वास्थ्य बीमा गराउनेको सङ्ख्या क्रमशः बढ्दै गएको पाइएको छ । सरकारी स्वास्थ्य संस्थामा उपचार गराउँदा बीमा बोर्डले उपचारमा लागेको खर्च व्यहोर्ने भएपछि बीमा गराउने सङ्ख्या बढ्दै गएको हो । पछिल्लो समयमा सुदूरपश्चिममा स्वास्थ्य बीमा कार्यक्रममा समावेश हुनेको सङ्ख्या क्रमशः बढिरहेको स्वास्थ्य बीमा बोर्ड सुदूरपश्चिमका प्रमुख जनकबहादुर साउदले बताए । उनले सूचना व्यवस्थापन प्रणालीको तथ्याङ्कअनुसार सुदूरपश्चिममा अहिलेसम्म स्वास्थ्य बीमा गराउनेको सङ्ख्या पाँच लाख ८६ हजार नौं सय १५ पुगेको बताए। म्म स्वास्थ्य बीमा गराउनेमा महिलाको सङ्ख्या बढी छ । स्वास्थ्य बीमा गराउनेमा महिलाको सङ्ख्या तीन लाख नौं हजार १२ र पुरुषको सङ्ख्या दुई लाख ७७ हजार एक सय ९०…
बैतडी- बैतडीमा बलात्कार आरोपमा स्वास्थ्य चौकी प्रमुख पक्राउ परेका छन् । जिल्लाको सिगास गाउँपालिका-२ गाँजरी स्वास्थ्य चौकीका प्रमुखसमेत रहेका स्थानीय ४१ वर्षीय जनकसिंह धामी बलात्कार आरोपमा पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक तथा प्रवक्ता बलराम पाण्डेले ३१ वर्षीया युवतीले आफूमाथि धामीले जबरजस्तीकरणी गरेको भन्दै इलाका प्रहरी कार्यालय पाटनमा जाहेरी दिएकी छिन् । बिहीबार जाहेरी परेको र आजै धामीलाई पक्राउ गरिएको प्रहरी निरीक्षक पाण्डेले बताए । पीडितले दिएको जाहेरीका आधारमा धामीलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय, पाटनको हिरासतमा राखिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । धामीले विभिन्न प्रलोभनमा पारी पटकपटक जबरजस्तीकरणी गरेको पीडित युवतीको…
पाल्पा- पाल्पामा एचआइभी सङ्क्रमणबाट बच्न पहिलो पटक ‘प्रेप’ सेवा सुरु भएको छ । जिल्लास्थित नेपाल परिवार नियोजन सङ्घले एचआइभी सङ्क्रमण रोक्न प्रभावकारी हुने ‘प्रेप’ सेवा तानसेनमा सुरु गरेको हो । एचआइभी सङ्क्रमणको उच्च जोखिममा रहेका व्यक्तिहरूलाई लक्षित गरेर सङ्घले सेवा सुरु गरेको हो । पाल्पा, गुल्मी, अर्घाखाँची, स्याङ्जा, पर्वतलगायतका जिल्लाका मानिसलाई यो सेवा दिइने शाखा प्रवन्धक सोबाकान्त न्यौपानेले जानकारी दिए । प्रेप नियमित सेवन गर्दा ९९ प्रतिशत सङ्क्रमित हुनबाट जोगिने उनले जानकारी दिए । के हाे प्रेप ? प्रेप एक प्रकारको सेवन गर्ने औषधी हो । प्रेप केवल एचआइभी सङ्क्रमणको सुरक्षाका लागि मात्र हुने भएकोले अन्य यौनजन्य रोगबाट बच्न नसकिने…
काठमाडौं- बागमती प्रदेशको दुई जिल्लाका ६० जनामा हैजा पुष्टि भएको छ । प्रदेशको ललितपुरमा ५० र काठमाडौंमा १० जनामा हैजा सङ्क्रमण पुष्टि भएको हो । बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भदौ १९ गते बुधबारसम्म यस प्रदेशमा गत साउनदेखि हालसम्म ६० जनामा हैजा सङ्क्रमण भएको जानकारी दिएको छ । स्वास्थ्य मन्त्रालयका सूचना अधिकारी डा रविन भुसालले गर्मी तथा वर्षायाममा विशेष गरी बालबालिकामा झाडापखाला, हैजा जस्ता रोग फैलिने भएकाले सावधानी अपनाउन आग्रह गरेका छन् । झाडापखाला, हैजा जस्ता रोगबाट बच्न सरसफाइमा ध्यान दिन, स्वच्छ पानी तथा खाना खान, नरम तथा सजिलै पच्ने खानेकुरा थोरै थोरै पटक पटक गरी खुवाइरहन स्वास्थ्य मन्त्रालयले आग्रह गरेको…
काठमाडौं- विश्वविद्यालय तथा प्रतिष्ठानका पदाधिकारी नियुक्ति मापदण्डअनुसार नभए फेरि अनसन बस्ने डा गोविन्द केसीले चेतावनी दिएका छन् । केसीले आज एक प्रेस विज्ञप्ति जारी गरी प्रस्तावित उच्च शिक्षा ऐन पारित नहुँदासम्म मापदण्ड अनुरुप गर्नुपर्ने सम्झौता अक्षरश: पालना हुनुपर्ने माग गरेका हुन् । डा केसीले गेटा स्वास्थ्य विज्ञान प्रतिष्ठान तुरून्त सञ्चालनमा ल्याउने, मधेस, गण्डकी प्रदेश तथा इलाम, उदयपुर र डडेल्धुरामा तुरुन्त सरकारी मेडिकल कलेज तथा प्रतिष्ठान निर्माण सुरु गर्नुपर्ने माग राखेका छन् । उनले विश्वविद्यालय तथा प्रतिष्ठानमा योग्यताको आधारमा पदाधिकारी नियुक्ति मापदण्ड सम्बन्धी र एकीकृत स्वास्थ विज्ञान प्रतिष्ठान ऐन लागू गर्न विगतमा भएका सम्झौताहरु कार्यान्यवन गर्न पनि माग गरेका छन् ।…
उदयपुर- उदयपुर सदरमुकाम गाईघाट बोक्सेस्थित ५० शय्याको जिल्ला अस्पतालमा क्षमताभन्दा बढी बिरामीको चाप बढेपछि व्यवस्थापनमा समस्या हुन थालेको छ । अस्पताल प्रशासनका अनुसार २०६७ सालदेखि २५ शय्याको अस्पताललाई ५० शय्यामा स्तरोन्नति गरी सञ्चालन गर्दै आइएको थियो । अहिले अस्पतालमा बिरामीको चाप बढेसँगै व्यवस्थापनमा समस्या हुन थालेको प्रशासनले जनाएको छ । जिल्ला अस्पताल उदयपुरका प्रमुख डा ज्ञानेन्द्र झाका अनुसार हाल दैनिक पाँच सयभन्दा बढी बिरामी उपचारका लागि आउँछन् । भाइरल ज्वरो, रुघाखोकी, डेङ्गी र अन्य रोगका बिरामी दैनिक पाँच सय भन्दाबढी आउन थालेपछि अस्पतालको शय्याले धान्न छाडेको उनले बताए । शय्या अभाव भएपछि भूइँमासमेत राखेर बिरामीको उपचार गर्नु परेको अस्पताल प्रशासनले…
काठमाडौं- सेती प्रादेशिक अस्पतालमा क्यान्सर उपचार सेवा सुरु हुने भएको छ । अस्पतालमा क्यान्सर उपचार सेवा सुरु गर्न चितवनको भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले सघाउने भएको हो । बुधबार अस्पतालमा यससम्बन्धमा दुवै अस्पतालबिच सम्झौता भएको छ । बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरका तर्फबाट कार्यकारी निर्देशक डा. शिवजी पौडेल तथा सेती प्रादेशिक अस्पतालका तर्फबाट प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. शेरबहादुर कमरले सम्झौतामा हस्ताक्षर गरेका हुन् । यसअघि यस्तो सेवाका लागि बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका तर्फबाट सुर्खेत प्रादेशिक अस्पताल तथा कोशी प्रदेश अस्पतालसँग सम्झौता भैसकेको छ । यससँगै ३ प्रादेशिक अस्पतालमा सेवा सुरु भएको हो । मधेस प्रदेशमा समेत यो…

