झापा- विर्तामोडस्थित कृषि थोक बजारमा इलामको दानाबारीबाट बिक्रीका लागि किसानले ल्याएको काँचो केरामा उपभोग अयोग्य पुष्टि हुनेगरी विषादीको मात्रा भेटिएको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालय अन्तर्गत विर्तामोडमा रहेको विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला इकाइमा आज बिहान इलामको दानाबारीका किसान कमल मगरले ल्याएको ७० घरी काँचो केराको तीन नमुना परीक्षण गरिएको थियो । ती नमुनामध्ये दुई नमुनामा कार्बामेट कीटनाशक विषादीको उच्च मात्रा फेला परेको प्रयोगशालाका प्रमुख अम्बिका बोहोराले बताए । उनका अनुसार काँचो केराको दुई नमुनामा कार्बामेटको रोकावट प्रतिशत ५२.८५ र ५३.११ पुष्टि भएको छ । अर्को एक नमुनामा भने ४४.७६ प्रतिशत कार्बामेट भेटिएको छ । तरकारी तथा फलफूलमा…
Aricle Tech
काठमाडौँ- काठमाडौँमा वितरण हुने पिउने पानीमा ‘कोलिफर्म’ भेटिएको छ । काठमाडौँ महानगरपालिकाका अनुगमन निरीक्षक डा. अवधेश झाले अनुगमनका क्रममा तीन वटा कम्पनीको जारका पानीमा कोलिफर्म भेटिएको जानकारी दिए । मानव शरीरका लागि अत्यन्तै जोखिमयुक्त हुने ‘कोलिफर्म’ दिसाजन्य पदार्थ हो । निरीक्षक डा. झाका अनुसार विभिन्न दस कम्पनीको जारका पानी परीक्षण गरिएकोमा एक्वा पिस, एक्वा टोखा र एक्वा त्रिदेव कम्पनीको जारका पानीमा कोलिफर्म भेटिएको हो । महानगरपालिकाले अनुगमनका क्रममा पानी सङ्कलन गरी परीक्षणका लागि काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) को प्रयोगशालामा पठाएको थियो । परीक्षणका क्रममा पानीमा ‘कोलिफर्म’ देखिएको हो । पानीमा ‘कोलिफर्म’ को मात्रा शून्य हुनुपर्नेमा परीक्षण गरिएका जारका पानीमा प्रतिसय मिलिलिटरमा ३० देखि ८०…
तनहुँ- तनहुँमा क्षयरोगबाट एक वर्षको अवधिमा १४ जनाको मृत्यु भएको छ । आर्थिक वर्ष २०८०/०८१मा क्षयरोगबाट सङ्क्रमित भएका आठ पुरुष र ६ महिला जना महिला गरी सो सङ्ख्यामा मृत्यु भएको स्वास्थ्य कार्यालय तनहुँका सूचना अधिकारी सुदीप कँडेलले जानकारी दिए । चालु आर्थिक वर्षसम्म तीन सय २६ जना क्षयरोगी रहेको कार्यालयले जनाएको छ । बिरामीले डट्स विधिबाट औषधी सेवन गरिरहेका छन् । कार्यालय अनुसार व्यास नगरपालिकामा ९६, भानु नगरपालिकामा ४२, म्याग्दे गाउँपालिकामा १६, शुक्लागण्डकी नगरपालिकामा २६, भिमाद नगरपालिकामा २६, घिरिङ गाउँपालिकामा १६, ऋषिङ गाउँपालकामा ११ जना क्षयरोगी छन् । त्यस्तै, देवघाट गाउँपालिकामा ३१, बन्दीपुर गाउँपालिकामा २६ र आँबुखैरेनी गाउँपालिकामा २२ जना…
कास्की- घरमा हुने प्रसूतिलाई शून्यमा झार्न कास्कीको माछापुच्छ्रे गाउँपालिकाले सञ्चालन गरेको ‘सुत्केरी चूल्हो’ कार्यक्रम ग्रामीण भेगका महिलाको लागि लाभदायी बनेको छ । गाउँपालिकाले दुई वर्षअघि सुरु गरेको उक्त कार्यक्रमले सुरक्षित प्रसूतिका लागि स्वास्थ्य संस्थामा जाने क्रम बढेको हो । गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख डिल्लीराम दाहालका अनुसार ‘सुत्केरी चूल्हो’ मार्फत महिलाहरूले प्रसूतिका बेला खाना, आवास, स्वास्थ्य स्याहारलगायत सुविधा पाउने गर्छन् । ‘प्रसूति केन्द्र सञ्चालनमा रहेका गाउँपालिकाका पाँच वटा स्वास्थ्य संस्थामा यो सेवा उपलब्ध छ’, दाहालले भने, ‘सुत्केरी महिला र उहाँको एक जना कुरुवाका लागि खानेकुरादेखि पकाउने भान्छा, भाँडाकुँडा र सुत्ने प्रबन्धसमेत गाउँपालिकाले नै मिलाएको छ ।’ प्रसूति हुनुअघि र भएपछि आवश्यकताअनुसार…
काठमाडाैं- मनसुन सुरु भएयता जापानिज इन्सेफलाइटिसबाट ९ जनाको मृत्यु भएको पाइएकाे छ । यो रोगबाट कैलालीमा तीन र सुनसरीमा दुई तथा सर्लाही, पाल्पा, चितवन र कपिलवस्तुमा एकएक जना गरी ९ जनाको मृत्यु भएको परिवार कल्याण महाशाखाको तथ्यांकले जनाएकाे छ । यो वर्ष भदौको अन्तिम सातासम्म ५३ जनामा यो रोगको संक्रमण देखिएको छ । गत वर्ष यो रोगका कारण ६ जनाको मृत्यु भएको थियो भने एक सय सात जनामा संक्रमण पुष्टि भएको थियो । तथ्यांकअनुसार गत वर्षको तुलनामा यो वर्ष धेरैको मृत्यु भएको हो । मृत्यु हुनेमा धेरैजसो जापानिज इन्सेफलाइटिसविरुद्धको खोप नलिएकाहरू छन् । संक्रमितमध्ये २९ जना १५ वर्षमुनिका छन् ।…
काठमाडाैं- भारतमा मंकीपक्स अर्थात् एमपक्सको सङ्क्रमण पुष्टि भएको छ । हरियाणाको हिसारका एक २६ वर्षीय पुरुषमा एमपक्स देखिएको हो । बिरामीलाई शनिबार दिल्लीको एलएनजेपी अस्पतालमा भर्ना गरिएको बताइएको छ । उनी एमपक्सको सङ्क्रमण भएको देशबाट फर्किएको बताइएको छ । आइसोलेसनमा राखेर अहिले बिरामीको उपचार भइरहेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार उनको स्थिति स्थिर रहेको छ अनि उनमा अन्य कुनै रोग देखिएको छैन । उनलाई देखिएको एमपक्स वेष्ट अफ्रिकन क्लेड २ भ्यारिएन्टको भएको स्वास्थ्य मन्त्रालयले एउटा विज्ञप्तिमा भनेको छ । पछिल्लो समय यो भेरियन्ट विश्वभरि द्रुत गतिमा फैलिरहेको छ ।
काठमाडौं- स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमाको सिलिङ पाँच लाख पुर्याउन सरकार अलमलमा रहेको बताएका छन् । मंगलबार शिक्षण अस्पतालमा राष्ट्रिय खेलाडीहरुको स्वास्थ्य परीक्षण निःशुल्क गर्ने सम्झौता कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले एक लाखको बीमालाई व्यवस्थित गर्न नसकेको अवस्थामा ५ लाख झनै कठिन हुने हो की ? भन्ने संशय सरकारसँग रहेको बताए । उनले सरकारलाई मन्त्रालयको तर्फबाट आफूले श्रोत सुनिश्चितताका लागि आवश्यक प्रश्ताव र योजना पनि दिएको जानकारी दिए । उनले बीमालाई एकीकृत प्रणालीबाट विकास गर्नुपर्ने उल्लेख गरे । मन्त्री पौडेलले चिनीजन्य पदार्थ बढी भएका उत्पादनहरुमा सुगर ट्याक्स लगाउनुपर्ने र त्यसबाट आएको कर बीमा बोर्डमा जाने…
काठमाडौँ- थापाथलीस्थित परोपकार तथा प्रसूति गृह तथा स्त्री रोग अस्पताललाई एक थान एम्बुलेन्स र एनेस्थेसिया मेसिन (शल्याक्रिया वा अन्य उपचारमा दुखाइलाई रोक्न प्रयोग गरिने औषधि) प्रदान गरिएको छ । बागमती प्रदेशसभा सांसद दीपेन्द्र श्रेष्ठको पहलमा प्रदेश सरकारमार्फत अनुदान रकमबाट खरिद गरिएको एम्बुलेन्स र एनेस्थेसिया मेसिन हस्तान्तरण गरिएको हो । हिजाे अस्पतालमा आयोजित हस्तान्तरण कार्यक्रममा सांसद श्रेष्ठले अस्पतालमा आवश्यक उपकरण आगामी दिनमा पनि सहयोग गर्न प्रदेश सरकार तयार रहेको बताए । उनले भने, “आगामी दिनमा कुपन्डोलमा रहेको प्रसूति गृहको शाखा र अस्पतालको मुख्य भवनसम्म जोडिने झोलुङ्गे पुलको निर्माण गर्न प्रतिबद्धता छौँ । यसले सेवाग्राहीलाई सहज बनाउने छ ।” काठमाडौँ महानगरपालिका–११ का…
नेपालगञ्ज- बाँकेको नरैनापुर गाउँपालिकामा जापनिज इन्सेफ्लाइटिसको बिरामी फेला परेको छ । नरैनापुर–१ मतहनियाका नौ वर्षीया बालिकालाई जापनिज इन्सेफ्लाइटिस पुष्टि भएको भेरी अस्पतालका बालरोग विशेषज्ञ डा प्रतिमा खड्काले जानकारी दिइन् । उनले बिरामीको एक सातासम्म अस्पतालको ‘आइसीयू’मा उपचार भएको र अहिले ती बालिकाकाको अवस्था सामान्य भएको बताइन् । “प्रयोगशाला परीक्षणमा बालिकालाई जापनिज इन्सेफ्लाइटिसको भएको पुष्टि भयो”, उनले भनिन्। स्वास्थ्य कार्यालयका प्रमुख अङ्गदबहादुर शाहीले भेरी अस्पतालमा भर्ना भएकी नरैनापुर –१ मतहनियाका नौ वर्षीया बालिकामा जापनिज इन्सेफ्लाइटिस भएको पुष्टि भएको बताए । ती बालिकालाई जापानी इन्सेफ्लाइटिसविरुद्धको खोप लगाएको वा नलगाएको बारे पनि थाहा हुन नसकेको जनाइएको छ । उनले जापानी इन्सेफ्लाइटिसबाट जोगिन जन्मेको…
कास्की -कास्कीको रुपा गाउँपालिकाले गर्भवतीको स्वास्थ्य परीक्षणदर वृद्धि गर्न स्वास्थ्य संस्थामा परीक्षणमा आउनेलाई प्रत्येकपटक एक क्रेट कुखुराको अण्डा वितरण कार्यक्रम सुरुआत गरेको छ । ‘मापदण्डअनुसार गर्भजाँच गरौँ, आमा र नवजात शिशुको स्वास्थ्य संरक्षण गरौँ’ भन्ने अभियानका साथ महिलामा पोषणको कमी हुन नदिन सो कार्यक्रम थालिएको गाउँपालिकाका अध्यक्ष नवराज ओझाले बताए । उनले भने, “गर्भवतीले आठपटक स्वास्थ्य परीक्षण गराउनुपर्छ । गाउँपालिकाका स्वास्थ्य संस्थामा परीक्षण गराउन आउने गर्भवतीलाई प्रत्येकपटक परीक्षण गर्न आउँदा एक क्रेट अण्डा दिने कामको सुरु गरेका छौँ । यसबाट मातृ शिशु मृत्युदर घटाउन र पोषणको सुनिश्चितताका लागि सहयोग पुग्नेछ ।” अध्यक्ष ओझाले महिलामा पोषणको काम पनि नहुने र मापदण्डअनुसारको…

