-डा योगी विकासानन्दा
खाना हाम्रो जीवन, जसको अभावमा हामी बाच्न सक्दैनौं । हाम्रो रीतिरिवाज, संस्कार तथा संगत अनुसार हामी फरक–फरक खाना खाने गछौं । जस्तो शाकाहारीको संगत छ भने शाकाहारी र मांसाहारीको संगत छ भने मांसाहारी ।
अहिले पत्रु खाना अथात् जंकफूडको लहर चलेको छ । त्यसैकारण जंकफूड नखाने व्यक्ति पाउन गाह्रो हुन्छ । यो राम्रो भएर खाएको हैन तर धेरैले खाएको देखेर प्रत्येक व्यक्तिले खाइरहेका छन् । विभिन्न अनुसन्धानले ‘‘जंकफड खानु स्वास्थ्यको लागि हानिकारक हो’ भने पनि यो नखाने व्यक्ति पाउन गाह्रो छ ।
पहिला मांसाहारी आहार र शाहाकारी आहार बढी सुनिन्थ्यो । पछिल्लो समयम अर्को भिगन डाइट पनि थपिएको छ । जसमा दुध र दुधबाट बनेका कुनै पनि खानेकुरा पर्दैनन् । यो निकै व्यापक रुपमा चर्चामा आएको देखिन्छ ।
यसबाहेक अर्को छुट्टै डाइट पनि छ’ जसलाई ‘न्यूटिटेरियन’ डाइट भनिन्छ । हाम्रो शरीरको आवश्यकता भोजन लिने डाइट न्यूटेरियन डाइट हो ।
हामीले हाम्रो आवश्यकता अनुसार खाने कुरा खानुपर्छ । हामीले रक्त प्रोफाइल हेरेर के खाने के नखाने भन्ने कुरा थाहा पाउन सक्छौंं ।
शरीरमा कोलस्टोरको मात्रा बढी छ भने हामीले चिल्लो खानेकुरा कम गर्नु पर्छ । टिजीको मात्र बढेको छ भने हामीले खाने चिनी लगायतका खानेकुरमा न्यूकिरण गर्नुपर्छ ।
हाम्रो रगतमा ग्लुकोजको मात्रा बढी छ भने फलफूल खाँदा ध्यान पर्याउनुपर्छ । त्यस्तै प्रोटीन युरीयाको कमी भएको व्यक्तिले अनुवार्य रुपमा मासु खानु पर्छ तर कोलस्टोल भएका व्यक्तिको लागि यो हानिकारक हुन्छ ।
साधारणतया सेतो चामल मधुमेहको बिरामीले खानु हुँदैन । कडा परीश्रम गर्ने वा खेतबारीमा काम गर्ने व्यक्तिले यो खाँदा यसले केही असर गर्दैन । तर, उचित व्यायम नभएको खण्डमा मधुमेह हुने सम्भावना बढी हुन्छ ।
हाम्रो खानामा ‘बायो फ्लेवलनोइट्स्’ हुन्छ, जुन एक किसिमको भिटामिन ‘बी’ हो । यसको अभाव भयो भने नसा फाटिएर जान्छ । नसा फाटेपछि रगत जम्छ । जसलाई हामीले बोक्सीले टोकेको पनि भन्छौँ । यसबाट बच्नको लागि हामीले कम्तीमा पनि दिनको एक कप मौसम अनुसारको फलफूलको जुस खानुपर्छ । तर मधुमेहको बिरामीले यसरी खानु हानिकारक हुन्छ ।
सकेसम्म हामीले ब्राउन राइस अर्थात् फापर, कोदो, गहुँ लगायतका खाने कुरा खानु उपयुक्त मानिन्छ । हामीले बिहान, दिउँसो र साँझ फरक–फरक किसीमका खानेकुरा खानुपर्छ । हामीले खाने खानामा एक दिनमा कम्तिमा ५ ओटा फलफूल समावेश गर्नुपर्ने विभिन्न अध्ययनले देखाएको छ ।
यसरी खाँदा हाम्रो शरीरलाई आवश्यक पर्ने भिटामिन र मिनिरल्स लगायतका विभिन्न तत्वहरू प्राप्त हुन्छन् । त्यसैले हामीले आफ्नो अवस्था हेरेर के खाने के नखाने भन्ने निर्णय गरियो भने धेरै रोगको सिकार हुनबाट बच्न सक्छौँ ।