काठमाडौं : समाज कल्याण परिषदका पूर्व सदस्य सचिव तथा नेपालको जनस्वास्थ्य विषयमा पायोनियर प्राध्यापक डाक्टर ऋतुप्रसाद गडतौलाको निधन भएको छ ।
उनको गएराति उपचारका क्रममा ७२ वर्षको उमेरमा त्रिवि शिक्षण अस्पतालमा उनको निधन भएको हो । उनलाई स्ट्रोक भएपछि त्रिवि शिक्षण अस्पतालमा उपचाररत थिए ।नेपालमा मेडिकल एन्थ्रोपोलोजीको पहिलो पिएचडी डाक्टर गडतौलाले त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम)मा ३२ वर्षसम्म अध्यापन गराएका थिए । उनले आईओएममा बीपीएच, एमपीएचको शिक्षक भएर अध्यापन गराएको उनका विद्यार्थीसमेत रहेका स्वास्थ्य मन्त्रालयका पूर्व प्रमुख विशेषज्ञ महेन्द्रप्रसाद श्रेष्ठले बताए ।डाक्टर गड्तौडा केही वर्षअघि त्रिविको प्राध्यापकबाट रिटायर्ड भएका थिए । उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।