Close Menu
Swasthya diarySwasthya diary
  • गृहपृष्ठ
  • समाचार
  • मल्टिमिडिया
  • फिचर
  • आर्टिकल
  • अन्तर्वार्ता
  • कर्पोरेट
  • योग
  • औषधि/उपकरण
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमति
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • आयुर्वेद
  • ब्लग
  • नेपाली
    • नेपाली
    • English
PHARMADIARY
  • गृहपृष्ठ
  • समाचार
  • मल्टिमिडिया
  • फिचर
  • आर्टिकल
  • अन्तर्वार्ता
  • कर्पोरेट
  • योग
  • औषधि/उपकरण
  • प्रदेश
  • आयुर्वेद
  • ब्लग
Facebook X (Twitter) Instagram
ट्रेन्डिङ
  • पार्किन्सन्स रोगीका लागि सात अस्पतालमा औषधि र शय्या सुविधा
  • औषधि पसललाई धरान उपमहानगरको निर्देशन : चिकित्सकको सल्लाहबिना औषधी बिक्री नगर्नू
  • अभ्युदय र श्रीनाको ४ वर्षे संघर्ष सफल, स्यानिटरी प्याडमा कर हटाउन सर्वोच्चकाे परमादेश
  • चितवनमा औलोका सात बिरामी भेटिए
  • १६० जनामा कोरोना पुष्टि, वागमतीमा सबैभन्दा धेरै
Facebook X (Twitter) Instagram
Swasthya diarySwasthya diary
PharmaDiary
  • गृहपृष्ठ
  • समाचार
  • मल्टिमिडिया
  • फिचर
  • आर्टिकल
  • अन्तर्वार्ता
  • कर्पोरेट
  • योग
  • औषधि/उपकरण
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमति
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • आयुर्वेद
  • ब्लग
  • नेपाली
    • नेपाली
    • English
Swasthya diarySwasthya diary



मुख्य समाचार

कान्तिपुर डेन्टल कलेज र साइनोडेन्टको सहकार्यमा २ दिने अन्तर्राष्ट्रिय दन्त सम्मेलन हुँदै

Aricle TechBy Aricle Tech२०८० फाल्गुन ३, बिहीबार
Share
Facebook Twitter

काठमाडौं, ३ फागुन । राजधानीको बसुन्धरास्थित कान्तिपुर डेन्टल कलेज तथा शिक्षण अस्पतालले भारतको साइनोडेन्ट नामक संस्थासँग मिलेर दशौं अन्तर्राष्ट्रिय दन्त सम्मेलनको आयोजना गर्न लागेको छ ।

शुक्रवार र शनिवार दुई दिन राजधानीमा चल्ने सम्मेलनमा नेपाल र भारतका विभिन्न विशेषज्ञ र दन्तचिकित्साका विद्यार्थी सहभागी हुनेछन् । सम्मेलनमा दुई दिनमा गरेर वैज्ञानिक छलफलका सत्रहरु सञ्चालन हुनेछ । कान्तिपुर डेन्टल कलेज बसुन्धारामा हुने पहिलोदिनको सम्मेलनमा डेन्टल इम्प्लान्ट र दन्त उपचारमा लेजर प्रविधिका बारेमा विशेषज्ञहरुले कक्षा लिनेछन् ।

सम्मेलनको दोश्रो दिन एल्लो पेगोडा होटलमा हुने सम्मेलनमा देश र विदेशका विशेषज्ञहरुको लेक्चरका साथै दाँतका विभिन्न विधामा स्नातक र स्नातकोत्तर पढिरहेका विद्यार्थीहरुको पेपर र पोस्टर प्रदर्शनी लगायतका कार्यक्रम राखिएको दन्त सम्मेलनको आयोजक समितिकी सचिव प्राडा दीपशिखा बज्राचार्यले स्वास्थ्य डायरीलाई जानकारी दिइन् ।

सम्मेलन कान्तिपुर डेन्टल कलेजका लागि दोश्रो सम्मेलन भएपनि साइनोडेन्टको १० औं सम्मेलन हो । सम्मेलन गर्न कान्तिपुरले नेप्लिज एशोशियसन अफ डेन्टल रिसर्च, नेप्लिज एशोसियसन अफ ओरल एण्ड म्याक्जिलोफेसियल प्याथोलोजी, नेप्लिज एशोसियन अफ पेडियाट्रिय डेन्टिस्ट्री लगायत संस्थासँग सहकार्य गरेको डा. बज्राचार्यले बताइन् ।

१० औं विश्व दन्त विज्ञान तथा मुख स्वास्थ्य सम्मेलनको आयोजक संस्था साइनोडेन्टकी संस्थापक एवं प्रमुख कार्यकारी अधिकृत समेत रहेकी इन्डियन सोसाइटी अफ डेन्टिस्ट्रीकी अध्यक्ष डा. अनमोल बगरियाले सम्मेलनले दन्त चिकित्सा क्षेत्रका विशेषज्ञ र विद्यार्थीहरुका लागि क्षमता अभिवृद्धि गर्न तथा ज्ञान साटासाट गर्न महत्वपूर्ण भूमिका खेल्ने बताइन् । सम्मेलनमा छलफल गरिने विषयले दीर्घकालमा दन्तचिकित्सा सेवाको सुदृढिकरणमा पनि सहयोग पुग्ने उनको भनाइ छ ।

कान्तिपुर डेन्टल कलेज तथा शिक्षण अस्पतालका प्राचार्य प्राडा रवीन्द्रमान श्रेष्ठले दन्त चिकित्सातर्फ काठमाडौं विश्वविद्यालयको पहिलो कलेज भएका नाताले कान्तिपुरले अन्तरािष्ट्रय सम्मेलनको आयोजकसँग समेत समन्वय गरेर एकैसाथ राष्ट्रिय सम्मेलनपनि आयोजना गर्न लागेको बताए ।

कान्तिपुर डेन्टल कलेज तथा शिक्षण अस्पतालको अस्पताल निर्देशक समेत रहेकी दन्त विशेषज्ञ डा. प्रतिक्षा श्रेष्ठले सम्मेलनका क्रममा अस्पतालमा उपलब्ध अत्याधुनिक दन्त परीक्षण र उपचारका प्रविधिहरुको प्रयोग गरेर सहभागी हुने विद्यार्थीहरुलाई तालिम दिइने बताइन् ।

Aricle Tech
  • Website

सम्बन्धित खबर

अभ्युदय र श्रीनाको ४ वर्षे संघर्ष सफल, स्यानिटरी प्याडमा कर हटाउन सर्वोच्चकाे परमादेश

चितवनमा औलोका सात बिरामी भेटिए

१६० जनामा कोरोना पुष्टि, वागमतीमा सबैभन्दा धेरै

भर्खरै

पार्किन्सन्स रोगीका लागि सात अस्पतालमा औषधि र शय्या सुविधा

२०८२ असार ६, शुक्रबार

औषधि पसललाई धरान उपमहानगरको निर्देशन : चिकित्सकको सल्लाहबिना औषधी बिक्री नगर्नू

२०८२ असार ६, शुक्रबार

अभ्युदय र श्रीनाको ४ वर्षे संघर्ष सफल, स्यानिटरी प्याडमा कर हटाउन सर्वोच्चकाे परमादेश

२०८२ असार ६, शुक्रबार

चितवनमा औलोका सात बिरामी भेटिए

२०८२ असार ६, शुक्रबार

धेरै पढिएका खबर

हाम्रो बारेमा


swasthadiary

जुन मिडिया प्रालि
सम्पादकः मुना कँडेल
कम्पनी दर्ता नंः ३१२३७९/७९/८०
सञ्चार रजिष्ट्रार दर्ता नंः ००२०१/०७९/८०

साइट नेभिगेशन


समाचार मल्टिमिडिया फिचर आर्टिकल अन्तर्वार्ता औषधि/उपकरण

सम्पर्क


सम्पर्क कार्यालय:
तारकेश्वर नगरपालिका, वडा नं १०, मनमैजु
मोबोइल नं : ९८४१०४६०१४
ई-मेल : swasthyadiary@gmail.com

© 2025 Swasthyadiary.

Type above and press Enter to search. Press Esc to cancel.