Close Menu
Swasthya diarySwasthya diary
  • गृहपृष्ठ
  • समाचार
  • मल्टिमिडिया
  • फिचर
  • आर्टिकल
  • अन्तर्वार्ता
  • कर्पोरेट
  • योग
  • औषधि/उपकरण
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमति
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • आयुर्वेद
  • ब्लग
  • नेपाली
    • नेपाली
    • English
PHARMADIARY
  • गृहपृष्ठ
  • समाचार
  • मल्टिमिडिया
  • फिचर
  • आर्टिकल
  • अन्तर्वार्ता
  • कर्पोरेट
  • योग
  • औषधि/उपकरण
  • प्रदेश
  • आयुर्वेद
  • ब्लग
Facebook X (Twitter) Instagram
ट्रेन्डिङ
  • मन्त्री पौडेलको प्रगति विवरण: एक वर्षमा स्वास्थ्य सुधारका १३ काम
  • ३७७ अस्पतालबाट प्रथम सेवाको उपचार पाइने
  • समाज डेन्टलद्वारा गरिब तथा विपन्न नागरिकका लागि १ करोड बराबरको उपचार कोषको घोषणा
  • बढ्यो डेङ्गीको जोखिम, सचेत रहन आग्रह
  • आयुर्वेद चिकित्सा: फाइदा धेरै प्रचार थोरै
Facebook X (Twitter) Instagram
Swasthya diarySwasthya diary
PharmaDiary
  • गृहपृष्ठ
  • समाचार
  • मल्टिमिडिया
  • फिचर
  • आर्टिकल
  • अन्तर्वार्ता
  • कर्पोरेट
  • योग
  • औषधि/उपकरण
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमति
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • आयुर्वेद
  • ब्लग
  • नेपाली
    • नेपाली
    • English
Swasthya diarySwasthya diary



मुख्य समाचार

आजदेखि देशभरका ७५ जिल्लामा दादुरा-रुबेलाविरूद्धको खोप अभियान

Aricle TechBy Aricle Tech२०८० फाल्गुन १३, आईतवार
Share
Facebook Twitter

काठमाडौं  :  दादुरा–रुवेलाको सङ्क्रमणको जोखिमलाई दृष्टिगत आजदेखि जाजरकोट र पश्चिमरुकुमबाहेकका ७५ जिल्लामा खोप अभियान सञ्चालन सुरु हुँदैछ ।

अभियानअन्तर्गत काठमाडौँ जिल्लाका पाँच लाख ९७ हजार तीन सय पाँचजना बालबालिकालाई खोप लगाइने वरिष्ठ जनस्वास्थ्य प्रशासक डा भुवन पौडेलले जानकारी दिए । उनले ती वालबालिकालाई एक हजार छ सय ७० खोप केन्द्रबाट खोप लगाइने बताए ।

पहिले विद्यालयलाई नै खोप केन्द्र बनाउने र खोपको अन्तिम दिन वडा कार्यालयमा रहेका स्वास्थ्य संस्थामा खोप लगाइने उनले बताए । बिहान १० देखि दिउँसो ४ बजेसम्म खोप अभियान सञ्चालन हुनेछ । यस्तै ५१ जिल्लाका नौ महिनादेखि पाँच वर्षसम्मका बालबालिका खोप अभियान सहभागी हुनेछन् ।

काठमाडौँ महानगरपालिकामा दुई लाख ५० हजार बालबालिका छन् । काठमाडौँ जिल्लाका १० स्थानीय तहमा शङ्खरापुर, कागेश्वरी मनहरा, गोकर्णेश्वर, दक्षिणकाली, नागार्जुन, टोखा, तारकेश्वर, बूढानीलकण्ठ, चन्द्रागिरि र कीर्तिपुरमा फागुन १३ गतेदेखि र काठमाडौँ महानगरपालिकामा यही फागुन १६ देखि २९ गतेसम्म खोप अभियान सञ्चालन हुनेछ । खोप अभियानमा तीन सय ३२ स्वास्थ्यकर्मी र तीन हजार एकजना स्वयंसेवक परिचालन गरिने छ ।

भारतसँग सीमा जोडिएका दादुरा–रुवेलाको अतिसङ्क्रमित २१ जिल्ला तथा काठमाडौँ उपत्यकाका काठमाडौँ, भक्तपुर र ललितपुर गरी २४ जिल्लामा नौ महिनादेखि १५ वर्षमुनिका र ५१ जिल्लामा नौ महिनादेखि पाँच वर्षमुनिका बालबालिकालाई खोप लगाइने छ ।

काठमाडौँ दादुरा–रुवेलाको अतिसङ्क्रमित जिल्ला हो । यो नौ महिनादेखि १५ वर्षमुनिका सबै बालबालिकालाई खोप लगाइने छ । गत वर्ष काठमाडौँ जिल्लामा दादुरा–रुवेला फैलिँदा दुई सय २५ जना सङ्क्रमित र एकजनाको मृत्यु भएको थियो । गत वर्ष १९ जिल्लामा यो महामारीका रूपमा फैलिएको थियो । खोप कार्यक्रम चैत ७ गतेसम्म रहनेछ ।

Aricle Tech
  • Website

सम्बन्धित खबर

मन्त्री पौडेलको प्रगति विवरण: एक वर्षमा स्वास्थ्य सुधारका १३ काम

३७७ अस्पतालबाट प्रथम सेवाको उपचार पाइने

बढ्यो डेङ्गीको जोखिम, सचेत रहन आग्रह

भर्खरै

मन्त्री पौडेलको प्रगति विवरण: एक वर्षमा स्वास्थ्य सुधारका १३ काम

२०८२ श्रावण २, शुक्रबार

३७७ अस्पतालबाट प्रथम सेवाको उपचार पाइने

२०८२ श्रावण २, शुक्रबार

समाज डेन्टलद्वारा गरिब तथा विपन्न नागरिकका लागि १ करोड बराबरको उपचार कोषको घोषणा

२०८२ श्रावण २, शुक्रबार

बढ्यो डेङ्गीको जोखिम, सचेत रहन आग्रह

२०८२ श्रावण १, बिहीबार

धेरै पढिएका खबर

हाम्रो बारेमा


swasthadiary

जुन मिडिया प्रालि
सम्पादकः मुना कँडेल
कम्पनी दर्ता नंः ३१२३७९/७९/८०
सञ्चार रजिष्ट्रार दर्ता नंः ००२०१/०७९/८०

साइट नेभिगेशन


समाचार मल्टिमिडिया फिचर आर्टिकल अन्तर्वार्ता औषधि/उपकरण

सम्पर्क


सम्पर्क कार्यालय:
तारकेश्वर नगरपालिका, वडा नं १०, मनमैजु
मोबोइल नं : ९८४१०४६०१४
ई-मेल : swasthyadiary@gmail.com

© 2025 Swasthyadiary.

Type above and press Enter to search. Press Esc to cancel.