काठमाडौं : नाइजेरियामा यस वर्षकाे प्रारम्भमा ‘लस्सा ज्वरो’बाट ७२ जनाको मृत्यु भएकाे छ । अफ्रिकाको सबैभन्दा धेरै जनसंख्या भएको मुलुक नाइजेरियामा लस्सा ज्वरोबाट कम्तीमा ७२ जनाको मृत्यु भएको हाे ।
सार्वजनिक स्वास्थ्य अधिकारीले सार्वजनिक गरेको तथ्यांकअनुसार जनवरीदेखि २१ राज्यमा भाइरल हेमोरेजिक ज्वरोको प्रकोपबाट अहिलेसम्म चार सय ११ जना प्रभावित भएको पुष्टि भएको र तीमध्ये ७२ को मृत्यु भएको नाइजेरियाको रोग नियन्त्रण तथा रोकथाम केन्द्र (एनसिडिसी)ले आफ्नो पछिल्लो प्रतिवेदनमा उल्लेख गरेको छ ।
राष्ट्रिय रोग नियन्त्रण एजेन्सीका अनुसार यस वर्ष अहिलेसम्म कुल दुई हजार एक सय २२ मामिला रेकर्ड गरिएको छ ।
लस्सा ज्वरो मुसाको मूत्र वा मलबाट दूषित खाना वा घरेलु वस्तुहरूमार्फत मानिसमा फैलिने रोग हो। मुसाको र्याल, मूत्र र मल मानिसको सम्पर्कमा आएपछि यो ज्वरो फैलिने बताइएको छ।