कैलाली : सुदूरपश्चिम प्रदेशमा नेकपा माओवादी केन्द्रका दुई जना मन्त्री र राज्यमन्त्रीलाई बर्खास्त गरिएको छ । केन्द्रमा कांग्रेस-माओवादीकाे गठबन्धन भंग भएर एमालेसहितकाे नयाँ गठबन्धन बनेपछि मुख्यमन्त्री कमलबहादुर शाहले उनीहरूलाई बर्खास्त गरेका हुन् । बर्खास्त हुनेमा उद्योग पयर्टन वन तथा वातावरण मन्त्री रमेश धामी, सामाजिक विकास मन्त्री झपट साउँद र उद्योग राज्यमन्त्री गितादेवी माल रहेका छन् । मुख्यमन्त्रीले माओवादीबाट मन्त्री बनेकाहरूलाई बर्खास्त गरेपनि नेकपा (एकीकृत समाजवादी) र नागरिक उन्मुक्ति पार्टीका मन्त्रीलाई यथावत राखेका छन् । सुदूरपश्चिममा नाउपा र नेकपा(एस) काे समर्थन कायम भए मुख्यमन्त्रीलाई बहुमुत पुग्छ । साेही कारण मुख्यमन्त्रीले माओवादीबाट मन्त्री बनेकाहरूलाई बर्खास्त गरेका हुन् । सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेसका १८,…
Aricle Tech
वीरेन्द्रनगर : पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले सुर्खेतको वीरेन्द्रनगरमा महिला तथा बालबालिका नगर अस्पतालको उद्घाटन गरेकी छन् । सोमबार उनले पाँच शैय्याको महिला तथा बालबालिका नगर अस्पताल उद्घाटन गरेकी हुन् । सो अवसरमा पूर्वराष्ट्रपति भण्डारीले आजका बालबालिका परिवार, समाज र राष्ट्रको जिम्मेवारी बहन गर्ने भविष्यका कर्णधार भएको र महिला तथा बालबालिकाको क्षेत्रमा सोचेजस्तो प्रगति हुन नसकेको बताइन् । उनले मातृ शिशु स्वास्थ्य कार्यक्रमलाई प्रभावकारी बनाउन वीरेन्द्रनगर नगरपालिकाको लगानीमा सञ्चालनमा ल्याइएको ५ शैय्याको महिला तथा बालबालिका अस्पताललाई सेवा सुविधा विस्तार गरी पाँच सय शैयाँसम्म पु¥याउन आग्रह गरिन् । भविष्यमा निर्वाह गर्नुपर्ने जिम्मेवारीका लागि सबल र सक्षम बनाउनका निम्ति बालबालिकाको पालनपोषण, हेरविचार, स्वास्थ्य…
पोखरा : केन्द्रमा बदलिएको सत्ता गठबन्धनको परकम्प प्रदेशहरुमा पनि देखिन थालेको छ । गण्डकीमा नेपाली कांग्रेसबाट मुख्यमन्त्री बनेका सुरेन्द्रराज पाण्डेले माओवादी केन्द्रका दुई जना मन्त्रीलाई बर्खास्त गरेका छन् । मंगलबार विहानै मुख्यमन्त्री पाण्डेले माओवादी केन्द्रबाट सामाजिक विकास मन्त्री बनेकी सुशीला सिम्खडा र भौतिक पूर्वाधार तथा यातायात मन्त्री बनेका रेशमबहादुर जुग्जालीलाई बर्खास्त गरेका हुन् । १५ बैशाखमा सिम्खडा सामाजिक विकास मन्त्री भएकी थिइन् भने १९ बैशाखममा जुग्जाली भौतिक पूर्वाधार मन्त्री नियुक्त भएका थिए । मुख्यमन्त्री पाण्डेले माओवादी मन्त्रीले सम्हालेका दुवै मन्त्रालय आफैसँग राखेका छन् ।
जाजरकोट : भूकम्पबाट क्षति भएको जाजरकोट, रुकुमपश्चिमका महिला तथा बालबालिकामा कुपोषणको जोखिम बढेको छ । जाजरकोट, रुकुमपश्चिमका साथै सल्यानका महिला तथा बालबालिकामा भूकम्पपछि कुपोषणको जोखिम बढेको हो । भूकम्प प्रभावित क्षेत्रमा तीन महिनासम्म सञ्चालन गरिएको स्वास्थ्य शिविरबाट उक्त कुरा पत्ता लागेको नेपाल परिवार नियोजन सङ्घले जनाएको छ। सङ्घकाअनुसार महिलामा इच्छा नभएरै गर्भवती हुने दर पनि बढेको छ । गत मङ्सिरदेखि माघसम्म परिवार नियोजन सङ्घले सञ्चालन गरेको ‘आधारभूत स्वास्थ्य सेवा कार्यक्रम’ शिविरमा सेवा लिन आएका अधिकांश महिला तथा बालबालिकामा कुपोषणको जोखिम बढेको पाइएको कार्यक्रमका संयोजक वसन्त खनालले बताए। उनका अनुसार कार्यक्रमअन्तर्गत जाजरकोट र रुकुमपश्चिममा ४६ वटा स्वास्थ्य शिविर सञ्चालन गरिएको थियो। विपद्का…
काठमाडौँ : नेपालमा करिब ४५ प्रतिशत औषधि आयात हुने गरेको छ । औषधि गुणस्तर , मापदण्ड र कानुनी प्रावधान अन्तर्क्रिया कार्यक्रममा नेपालमा ४५ प्रतिशत आयात हुने गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अतिरिक्त स्वस्थ सचिव डा. विकास देवकोटाले बताए । नेपाल हाल करिब ५५ प्रतिशत औषधिमा आत्मनिर्भर भएको बान्की औषधि आयतन गर्नुपर्ने उनले सुनाए । उनले नेपालमा औषधिमा नियमन गर्नका लागि औषधि उद्योगी, आयातकर्ता र निर्यातकर्ता, बिक्री वितरणकर्ता लगायतले योजना बनाउनुपर्ने सुझाएका छन् । “५ वर्षको साझेदार रोड म्यापको योजना बनाउन जरुरी छ,” उनले भने “औषधि क्षेत्रमा आवश्यक मात्रमा अनुसन्धान हुन सकेको छैन, त्यस तर्फ उद्योगी साथीहरूले ध्यान दिनुपर्छ ।” पछिल्लो…
कैलाली : कैलालीको जानकी गाउँपालिकामा कार्यरत स्वास्थ्यकर्मीले चार महिनादेखि तलबभत्ता नपाएको जनाउँदै गुनासो गरेका छन् । उनीहरुले चालु आर्थिक वर्षको असोजसम्मको मात्र तलबभत्ता पाएका थिए । तलबभत्ता रोकिएपछि दैनिक जनजीवन चलाउन मुस्किल हुन थालेको उनीहरूको भनाइ छ । “आएको तलबभत्ताबाटै घर खर्चदेखि बालबालिकाको विद्यालयको शुल्कलगायत आधारभूत खर्चको जोहो गर्नुपर्ने बाध्यता छ । त्यो भन्दा अरु आयस्रोत हामीसँग छैन ।” गाउँपालिकामा कार्यरत स्वास्थ्यकर्मी प्रमोद कठरियाले भने, “समयमा पैसा नआएपछि जनजीवन चलाउन समस्या हुन थालेको छ । घर–व्यवहार चलाउन मुस्किल हुँदै गएको छ भने बैंकको ब्याज तिर्न सकिएको छैन ।” सङ्घीय तहबाट स्थानीय तहमा समायोजन भएर आएका स्वास्थ्यकर्मीले पाउँदै आएको तलबभत्ता गाउँपालिकाले…
धनगढी : सेती प्रादेशिक अस्पतालमा पहिलो पटक दुरबिन विधिबाट शल्यक्रिया सेवा सुरु भएको छ । प्रादेशिक अस्पतालमा पहिलो पटक मृगौलाको पत्थरीको दुरबिन विधिबाट शल्यक्रिया सेवा सुरु भएको हो । अस्पतालमा ल्याफ्स्कोप जडान भएपछि दुरबिन विधिबाट शल्यक्रियाको काम थालिएको युरोलोजिष्ट डाक्टर जोनस तिवारीले बताए। बिहिवार अछामकी सेतु साउँदको मृगौलाको पत्थरीको शल्यक्रिया गरिएको छ। सेतीमा पहिलो पटक दुरबिन विधिबाट शल्यक्रिया सुरु गरिएको उनले बताए । सेती प्रादेशिक अस्पतालमा बिहिवार मात्र तीन जनाको दुरबिन विधिबाट शल्यक्रिया गरिएको छ । शरिर चिरेर गरिने शल्यक्रियाभन्दा दुरबिन विधिबाट गरिएको शल्यक्रिया आधुनिक मानिन्छ । दुरबिन विधिबाट गरिने शल्यक्रिया सुरक्षित समेत मानिन्छ । सबै उमेर समूहका व्यक्तिको दुरबिन…
काठमाडाैं : स्यानिटरी प्याड खरिदमा भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले ९ जनाविरूद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ । धनुषा शहीदनगर नगरपालिकाका तत्कालीन नगर प्रमुख उदयकुमार यादवसहित ९ जनाविरूद्ध विशेष अदालतमा आइतबार मुद्दा दायर गरेको हो । नगरपालिकाले आर्थिक वर्ष २०७७/०७८ मा स्यानिटरी प्याड खरिद गर्दा सार्वजनिक खरिद ऐन नियमावलीको पालना नगरी खरिद गरेको तथा गुणस्तरयुक्त नभएको प्याड खरिद गरेको भन्ने उजुरी परेको थियो । नगरपालिकाले प्याड खरिद गर्न २०७७ फागुन १९ गते रेजा ट्रेडिङ प्रालिसँग खरिद सम्झौता गरेको थियो । तर सम्झौताअघि नै फागुन १३ गते भुक्तानी दिइसकेको अख्तियारको अनुसन्धानबाट खुलेको हो । शिलबन्दी दरभाउपत्र आह्वानको सूचनामा स्यानिटरी…
काठमाडौँ : काठमाडौँ महानगरपालिकाले स्वास्थ्य संस्थाजन्य फोहोर व्यवस्थापन अभ्यास अनुगमनका क्रममा आइतबार ३ वटा अस्पतालको फोहोर संकलनमा रोक लगाएको छ । महाराजगञ्ज-बसुन्धरा-सामाखुशी क्षेत्रमा सञ्चालित चिरायु, बीपी स्मृति अस्पताल र कान्तिपुर डेन्टल अस्पतालको फोहोर संकलनमा रोक लगाइएको महानगरले जनाएको छ । आजसम्ममा २७ वटा अस्पतालमा फोहोर व्यवस्थापन आचरणको अनुगमन भइसकेको छ । यसक्रममा यसअघि नै एउटा सरकारी र ४ वटा निजी गरी ५ वटा अस्पतालहरूको फोहोर संकलनमा रोक लगाइ सकिएको छ । यसमा आज ३ वटा थप भएका हुन् ।
काठमाडौँ : चन्द्रागिरि नगरपालिकाले प्राथमिकतामा परेका विभिन्न दश आयुर्वेदिक जडीबुटीको उद्यान एवं प्रशोशन केन्द्र निर्माण गर्ने भएको छ । हाल नगरपालिकाले चन्द्रागिरि–८ मातातीर्थमा सञ्चालित मातातीर्थ आयुर्वेद औषाधालयलाई १५ श्ययामा स्तरोन्नति गरिसकेको छ । नगरपालिकाले आफ्ना सामुदायिक वनभित्र रहेका आयुर्वेदिक प्रजाति सुगन्धवाला, चिराइतो, गुर्जो, तितेपाती, टिमुर, पाखानवेद, धासिङ्गरे, लौठसल्ला, पिपला र कौलोको संरक्षण, उपयोग एवं प्रवद्र्धन गर्न लागेको हो । यसका लागि नगरपालिकाले पहिलोपटक जडीबुटीको स्रोत सर्वेक्षण सम्पन्नसमेत गराएको छ । काठमाडौँ उपत्यकाभित्रका नगरपालिकामध्ये चन्द्रागिरिले सम्भवतः पहिलोपटक सङ्घीय सरकारको ‘जडीबुटी सर्वेक्षण मार्गदर्शन २०१२’ अनुसार विज्ञ टोली मार्फत ‘चन्द्रागिरि नगर क्षेत्रभित्र रहेका औषधीय तथा सुगन्धित जडीबुटीको वैज्ञानिक अध्ययन तथा लगत सङ्कलन सर्वेक्षण’…

