काठमाडौँ : काठमाडौँ महानगरपालिकाले यही फागुन १६ देखि सुरु गरेको रुबेला दादुरा खोप कार्यक्रमको पहिलो चरणमा हजार ३७ हजार छ सय ७२ बालबालिकाले खोप लगाएका छन् । यसअघि ३२ वटै वडामा एकै चरणमा खोप अभियान सञ्चालन गरेको महानगरले यसपटक भने दुई चरणमा कार्यक्रम सञ्चालन गरेको थियो । महानगरका खोप कार्यक्रमका फोकल पर्सन मैयाँ सैजुले पहिलो चरणमा वडा नं १, २, ३, ८, ९, ११, १२, १७, १८, १९, २०, २१, २२, २३, २४, २५, २६, २७ र २८ खोप कार्यक्रम सञ्चालन गरिएको जानकारी दिए । उनले असोजदेखि १३ वटा वडा ४, ५, ६, ७, १०, १३, १४, १५, १६, २९,…
Aricle Tech
रुकुमपश्चिम : रुकुम पश्चिममा आजदेखि यही फागुन २४ गतेसम्म कोरोनाविरुद्धको ‘बुस्टर डोज’ खोप अभियान सञ्चालन हुने भएको छ । जिल्लाका छ वटा स्थानीय तहमध्ये चार वटामा बुस्टर डोज खोप अभियान सञ्चालन गर्न लागिएको स्वास्थ्य कार्यालय रुकुम पश्चिमका खोप सुपरभाइजर कृष्णा खड्काले जानकारी दिए । उनका अनुसार मुसिकोट र चौरजहारी नगरपालिकामा गत असोजमै खोप कार्यक्रम सञ्चालन गरिसकिएको छ । बाँकी चार स्थानीय तह सानीभेरी, बाँफीकोट, त्रिवेणी गाउँपालिका तथा आठबिसकोट नगरपालिकामा यही फागुन २१ गतेदेखि २४ गतेसम्म कोरोनाविरद्धको खोप अभियान सञ्चालन हुने उनले बताए । जिल्लाका चारवटा स्थानीय तहका लागि स्वास्थ्य सेवा कार्यालयमा दुई हजार २९० डोज खोप आइसकेको छ । खोप…
सिमकोट : हुम्लामा नौ महिनादेखि पाँच वर्षसम्मका बालबालिकालाई यही फागुन २५ गतेदेखि दादुरा–रुवेलाविरुद्धको खोप अभियान सुरु गरिने भएको छ । पाँच वर्षमुनिका बालबालिकालाई अनिवार्यरुपमा दादुरा–रुवेलाविरुद्ध खोप लगाइने भएकाले सम्बन्धित स्वास्थ्य संस्थामा खोपकार्ड लिएर जान स्वास्थ्य सेवा कार्यालय हुम्लाले आग्रह गरेको छ । खोप समन्वय समिति, सञ्चारकर्मी र सरोकारवाला निकायसँग बसेको बैठकले यही फागुन २५ गतेदेखि चैत ७ गते अभियान सञ्चालन गरिने कार्यालयका प्रमुख प्रेम सिंहले जानकारी दिए । जिल्लामा सात स्थानीय तहले तोकिएकै मितिमा खोप अभियान सञ्चालन गर्न सम्बन्धित गाउँपालिकाका जनप्रतिनिधि, स्वास्थ्यकर्मीलगायतसँग समन्वय गरिएको उनले बताए । दादुरा–रुवेला लागेको एक व्यक्तिले १८ जनासम्मलाई रोग सार्न सक्ने भएकाले यसबाट सुरक्षित रहन…
काठमाडौँ : चाँगुनारायण नगरपालिका वडा नम्बर ८ सुडालको थाकलमठ स्थित सरस्वती माध्यमिक विद्यालयमा आयोजना भएको निःशुल्क स्वास्थ्य शिविरबाट ७३२ जना लावान्वीत भएका छन् । भक्तपुर विकास सहयोग सङ्घको सहयोगमा थाकलमठ स्थित सरस्वती माविमा आयोजना भएको खोपृङ निःशुल्क आँखा तथा दन्त शिविर २०८० बाट ७३२ जना लावान्वीत भएका हुन् । आँखा तथा दन्त सेवा अन्तर्गत आयोजित स्वास्थ्य शिविरबाट स्थानीय ७३२ जना लावान्वीत भएका हुन् । मातृका आई फाउन्डेसनको सहयोगमा डा.कृष्ण कुमार धनकोटीको टिमले आँखाको सेवा प्रदान गर्नुभएको आयोजक भक्तपुर विकास सहयोग सङ्घका अध्यक्ष राजु मृगेन्द्र जोशीले जानकारी दिए। उनका अनुसार आँखा शिविरमा ३५६ जनाले सेवा प्राप्त गरेका थिए । जसमा १६…
कञ्चनपुर: कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा शनिबारदेखि छाडा कुकुरको बन्ध्याकरण गरिँन लागेको छ । पशु विकास शाखाको सङ्घीय सशर्त रेविज रोग नियन्त्रण कार्यक्रम अनुसार नगरपालिकाका मुख्य बजार क्षेत्रमा रहेका छाडा कुकुरको बन्ध्याकरण गर्न लागिएको हो । तीन दिने शिविरमा पशु चिकित्सकहरुले छाडा कुकुरको बन्ध्याकरण गर्न लागेको नगरपालिकाले जनाएको छ । कुकुरको बन्ध्याकरण गर्ने कार्य सँगै रेविज विरुद्धको सुई लगाउने कार्य पनि भैरहेको बताइएको छ।
काठमाडौँ : औषधि व्यवस्था विभागले तीनवटा औषधिको बिक्रीवितरणमा रोक लगाएको छ । विभागका महानिर्देशक नारायणप्रसाद ढकालले राष्ट्रिय औषधि प्रयोगशालामा परीक्षण गर्दा न्यून गुणस्तर पाइएकाले ती औषधिको बिक्रीवितरणमा रोक लगाएको बताए । उनका अनुसार लोमस फर्मास्युटिकल्स प्रालिद्वारा उत्पादित ‘मेट्रो सस्पेन्सन’ नामक मेट्रोनिडाजोल २०० एमजी र ‘हेल्माप्रेन’ नामक अबलेन्डाजोल ४०० एमजी ट्याब्लेट तथा फर्माको इन्टस्ट्रीज लिमिटेडद्वारा उत्पादित ‘मेट्रो पी’ नामक मेट्रोनिडाजोल २०० एमजीको औषधिमा न्यून गुणस्तर पाइएको हो । उनले ती औषधि बजारमा रहे पनि तुरुन्तै फिर्ता लैजान कम्पनीलाई निर्देशन दिइएको बताए ।
काठमाडौं, १९ फागुन । राजधानीको बसुन्धारास्थित कान्तिपुर डेन्टल कलेज तथा शिक्षण अस्पतालको प्राविधिक सहकार्यमा बीएम टिबिपी फाउण्डेशन, डिल्ली गौतम स्मृति प्रतिष्ठानको संयुक्त आयोजनामा झापाको कन्काईमा बृहत दाँत तथा आँखा शिविर सम्पन्न भएको छ । बिहीवार र शुक्रवार झापाको कन्काई मावीमा भएको शिविरमा २ हजारजना भन्दा धेरै विद्यार्थीको आँखा र दाँत परीक्षण गरिएको थियो भने ७५ जना शिक्षक शिक्षिकालाई जाँच गरिएको कान्तिपुर डेन्टल कलेजका अध्यक्ष डा. बुद्धिमान श्रेष्ठले जानकारी दिए । कन्काई मावीको व्यवस्थापनमा भएको शिविरलाई केडिसी आई सेन्टर, मेची नेत्रालय लगायतले प्राविधिक सहयोग गरेका थिए । शिविरमा झापा क्षेत्र नं ४ का सांसद एलपी सावाँ लिम्बु, केडिसीका अध्यक्ष डा. बुद्धिमान…
फुङ्लिङ : वरिष्ठ नेत्ररोग विशेषज्ञ डा सन्दुक रुइत नेतृत्वको टोलीले ताप्लेजुङमा एक सय ५४ जनाको आँखाको निःशुल्क शल्यक्रिया गरेको छ । सदरमुकाम फुङ्लिङमा बुधबारदेखि सञ्चालित तीनदिने निःशुल्क आँखा शिविरमा मोतिविन्दुका रोगीको आँखाको शल्यक्रिया गरिएको हो । डा रुइतको प्रत्यक्ष संलग्नतामा मोतिविन्दु भएका व्यक्तिको आँखाको शल्यक्रिया गरिएको हो । नेपाल नेत्रज्योति सङ्घ ताप्लेजुङको आयोजना तथा तिलगङ्गा आँखा अस्पताल काठमाडौँको प्राविधिक सहयोगमा आँखा शिविर सञ्चालन गरिएको नेपाल नेत्रज्योति सङ्घ ताप्लेजुङका कोषाध्यक्ष निरोज श्रेष्ठले जानकारी दिए । शिविरमा बालबालिकादेखि ८० वर्षभन्दा माथि उमेर भएका ज्येष्ठ नागरिकको आँखाको शल्यक्रिया गरिएको थियो । बिहीबार एक सय दुई र शुक्रबार ५२ आँखाका बिरामीको शल्यक्रिया गरिएको…
टीकापुर : कैलालीको टीकापुर अस्पतालमा चार वर्षमा दुई हजारभन्दा बढी महिलाले शल्यक्रिया सेवा लिएका छन् । उक्त सङ्ख्या सुत्केरी सेवा र पाठेघरको शल्यक्रिया सेवा लिएका महिलाको मात्र हो । अस्पतालका स्त्री रोग विशेषज्ञ डा सञ्जयकुमार दासले सुत्केरी सेवा लिने र पाठेघरको समस्या भएकालाई शल्यक्रिया सेवा दिएका हुन् । सो अवधिमा उनले जटिलता रहेका तीन हजार बढीलाई नर्मल सुत्केरी सेवासमेत दिएका छन्। टीकापुर अस्पतालमा हरेक महिना झण्डै दुई सयले सुत्केरी सेवा लिने गरेका छन् । सुत्केरी हुन जटिलता भएका ३५ देखि ४० जनाको शल्यक्रिया हुने गरेको डा दास बताउछन् । यसबाहेक अस्पतालमा सातामा तीन÷चार महिलाको पाठेघरको शल्यक्रिया हुने गरेको छ ।…
काठमाडौँ : उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मुलुकमा नै मेडिकल उपकरण निर्माणमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । रसायन तथा मेडिकल आपूर्ति संघ नेपालको आयोजनामा बिहीबारदेखि भुकृटीमण्डमा सुरु भएको सातौँ नेपाल मेडिकल एक्स्पोको उद्घाटन गर्दै उनले स्वदेशमा नै ‘मेडिकल’ उपकरण उत्पादन गर्न सरकारले सहयोग गर्ने बताएका हुन् । मन्त्री श्रेष्ठले नेपाललाई औषधिमा आत्मनिर्भर बनाउन सके बिदेसिनबाट जोगिने भन्दै नयाँ प्रविधिको प्रयोगले बिरामीको उपचारमा सहयोग पुग्ने बताए । उनले एक्स्पाको माध्यमबाट नेपालको स्वास्थ्य क्षेत्रमा योगदान हुने बताए । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्र ढकालले नेपालमा अन्तर्राष्ट्रिय लगानी भित्र्याउन नेपाली व्यवसायीको आत्मविश्वास बढाउनुपर्नेमा जोड दिए । रसायन तथा मेडिकल आपूर्ति…

