वीरेन्द्रनगर : पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले सुर्खेतको वीरेन्द्रनगरमा महिला तथा बालबालिका नगर अस्पतालको उद्घाटन गरेकी छन् । सोमबार उनले पाँच शैय्याको महिला तथा बालबालिका नगर अस्पताल उद्घाटन गरेकी हुन् ।
सो अवसरमा पूर्वराष्ट्रपति भण्डारीले आजका बालबालिका परिवार, समाज र राष्ट्रको जिम्मेवारी बहन गर्ने भविष्यका कर्णधार भएको र महिला तथा बालबालिकाको क्षेत्रमा सोचेजस्तो प्रगति हुन नसकेको बताइन् । उनले मातृ शिशु स्वास्थ्य कार्यक्रमलाई प्रभावकारी बनाउन वीरेन्द्रनगर नगरपालिकाको लगानीमा सञ्चालनमा ल्याइएको ५ शैय्याको महिला तथा बालबालिका अस्पताललाई सेवा सुविधा विस्तार गरी पाँच सय शैयाँसम्म पु¥याउन आग्रह गरिन् ।
भविष्यमा निर्वाह गर्नुपर्ने जिम्मेवारीका लागि सबल र सक्षम बनाउनका निम्ति बालबालिकाको पालनपोषण, हेरविचार, स्वास्थ्य एवं शिक्षाका लागि गर्नुपर्ने लगानीको सर्वोपरी महत्व रहेको कुरामा उनले जोड दिइन् ।