काठमाडाैं : नेपाल औषधि व्यवसायी संघ काठमाडौं अध्यक्षमा शंकर महर्जन चयन भएका छन् । जिल्ला शाखाको तेस्रो साधारण सभा तथा दोश्रो जिल्ला अधिवेशनबाट उनी चयन भएका हुन् ।
यस्तै वरिष्ठ उपाध्यक्षमा रत्न बहादुर कार्की, उपाध्यक्ष (आयात/थोक) सञ्जय श्रेष्ठ, उपाध्यक्ष (खुद्रा) प्रकाश न्यौपाने, महासचिव शुभ मान श्रेष्ठ, कोषाध्यक् अमृत ज्ञवाली, सचिव सञ्जीव प्रजापती, उपकोषाध्यक्ष विज्ञ राजभण्डारी चयन भएका छन् ।
सदस्यहरुमा विनेश रिमाल, सविन सिग्देल, विष्णु प्रसाद वस्ती , रेणु योञ्जन, ठाकुर तिमिल्सिना चयन भएका छन् ।