Aricle Tech

जुम्ला :  पछिल्लो समयमा बिमाको महत्त्वबारे जानकार भएपछि जुम्लाका नागरिक स्वास्थ्य बिमाप्रति आकर्षित हुन थालेका छन् । एक नगरपालिकासहित आठ वटा स्थानीय तह रहेको जुम्लामा ९० हजार ४११ जना स्वास्थ्य बिमामा आबद्ध भएका छन् । हालसम्म ४५ हजार ७२४ महिला र ४४ हजार ६८७ जना पुरुष स्वास्थ्य बिमामा आबद्ध भएका जिल्लास्थित स्वास्थ्य बिमा कार्यालयका प्रमुख प्रेम भण्डारीले जानकारी दिए । उनले भने, “जिल्लाका ११ हजार ६४८ घरपरिवार बिमामा आबद्ध छन् ।” विसं २०७४ देखि जिल्लामा स्वास्थ्य बिमाको सेवा विस्तार भएको उनको भनाइ छ । स्वास्थ्य बिमाका बारेमा पहिला यहाँका स्थानीयलाई पूर्णरुपमा जानकारी नहुँदा यसको महत्त्वबारे बुझेका थिएनन् । अहिले बिमा…

विस्तृतमा...

नुवाकोट : विभिन्न स्थानमा रहेका नुवाकोटका अधिकांश औषधि पसल मापदण्डविपरित रहेको पाइएको छ । स्थलगत छड्के अनुगमनका क्रममा औषधि पसलहरु मापदण्डविपरित सन्चालनमा रहेको पाइएपछि औषधि पसलहरु शिल गरि बन्दसमेत गरिएको छ । नुवाकोटको विदुर नगरपालिकाभित्र सञ्चालित औषधि पसलहरुमा जिल्ला बजार अनुगमन समितिले औषधि व्यवस्था विभागका प्राविधिकसहितको टोलीले गरेको संयुक्त अनुगमनको क्रममा अधिकांश औषधि पसलहरुले स्वास्थ्य सेवाका आधारभूत मापदण्डसमेत पालना नगरेको पाइएको छ । विदुर नपा १, २, ४, ५ र ९ मा सञ्चालित १९ वटा औषधि तथा फार्मेसी पसलहरुले मापदण्डको पालना नगरेको पाइएको जिल्ला स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ । अत्यधिक तापक्रममा कतिपय फार्मेसीले फ्रिज नचलाई खोप भण्डारण गरेको पाइएको…

विस्तृतमा...

हङकङ : हङकङका बाँदरमा मानिसमा सर्ने दुर्लभ भाइरस फेला परेको छ । हङकङको सेन्टर फर हेल्थ प्रोटेक्शनले जनावरबाट मानिसमा सर्ने भाइरसको दुर्लभ घटनामा बी भाइरसको पहिलो मानव केस घोषणा गरेको हो । सो केन्द्रले जंगली बाँदरलाई समात्ने जोखिम न्यूनीकरणका लागि छुन वा खुवाउने कार्य नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ । फेब्रुअरीको अन्त्यमा हङकङको काम शान कन्ट्री पार्क, जसलाई स्थानीय रूपमा मन्की हिल पनि भनिन्छ । एक ३७ वर्षीय व्यक्तिलाई बाँदरले आक्रमण गरी घाइते बनाएको रिपोर्ट गरिएको थियो । उनको चोटको सटीक प्रकृतिका बारेमा केही अझै खुलाइएको छैन, यद्दपी केही हप्ता पछि उनी बिरामी भएका थिए । त्यस पछि हङकङ सरकारको…

विस्तृतमा...

सोलुखुम्बु : विश्वको सर्वोच्च शिखर सगरमाथा क्षेत्रमा नौ दिनदेखि जारी अपाङ्गता रोकथाम तथा पुनःस्थापना घुम्ती शिविर आइतबार सकिएको छ । कोशी प्रदेश सरकार, खुम्बु पासाङ ल्हामु गाउँपालिका र करुणा फाउन्डेसनको साझेदारीमा उक्त शिविर सञ्चालन गरिएको हो । राष्ट्रिय अपाङ्ग महासङ्घको प्राविधिक सहयोगमा खुम्बु पासाङल्हामु गाउँपालिका–१ बाट चैत १७ गते सुरु गरिएको घुम्ती शिविर वडा नं ४ मा पुगेर समापन गरिएको गाउँपालिका अध्यक्ष मिङ्माछिरी शेर्पाले जानकारी दिए। उनका अनुसार सबै वडामा भएको उक्त घुम्ती शिविरबाट एक सय १३ जनाले स्वास्थ्य परीक्षण, अपाङ्गता परिचयपत्र तथा आवश्यकता पहिचान सेवा लिएका थिए । पूर्ण अपाङ्गता (क वर्ग), अति अशक्त अपाङ्गता (ख वर्ग), मध्यम अपाङ्गता…

विस्तृतमा...

काठमाडाैं- काठमाडौंको वायु प्रदूषण खराब स्थितिमा पुगेको छ । काठमाडौंको वायु विश्वकै अस्वस्थकरको सूचीमा तेस्रो स्थानमा छ । स्विजरल्यान्डस्थित वायु प्रदूषण मापन गर्ने अन्तर्राष्ट्रिय संस्था आइक्यू एयरका अनुसार काठमाडौंको वायु विश्वकै अस्वस्थकरको सूचीमा तेस्रो स्थानमा छ । आईक्युएयरका अनुसार काठमाडाैंकाे वायु प्रदुषण स्तर १८४  एक्युआई यूएस रहेको छ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)का अनुसार यस्तो सूचक १५० भन्दा माथि जानु स्वास्थ्यका लागि हानीकारक हो ।पहिलो स्थानमा भारतको नयाँदिल्ली र दोस्रो स्थानमा थाइल्याण्डको चिङ्गमाई छन् । चौथोमा बंगलादेशको ढाका र पाँचौमा मलेसियाको क्वालालम्पुर रहेको छ ।

विस्तृतमा...

चितवन : उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले स्वास्थ्य क्षेत्रमा जनताको अपेक्षाअनुसार सेवा दिन नसकिएको बताएका छन्। भरतपुर अस्पतालको आज निरीक्षण अनुगमनपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले अहिले प्रवाह भएका सेवा कम भएको बताएका हुन् । उनले भने “जनताले अपेक्षा गरेको आवश्यकताअनुसार सबै पूरा गर्न नसकिरहेको अवस्था छ ।”स्वास्थ्य क्षेत्रमा जनशक्ति व्यवस्थापन, भौतिक संरचना निर्माण र उपकरण व्यवस्थापन मुख्य जिम्मवारी रहेको उनले बताए । जनताको आवश्यकता धेरै भएको भन्दै उनले ती आवश्यकता पूरा गर्न सरकारले प्रयास गरिरहेको बताए ।भरतपुर अस्पतालको ६८औँ वार्षिकोत्सवमा सहभागी हुन चितवन आएका मन्त्री यादवले अस्पतालका विभिन्न विभागको निरीक्षण अनुगमनसमेत गरेका थिए । अनुगमनका क्रममा अस्पताल विकास समितिका अध्यक्ष…

विस्तृतमा...

काठमाडौं : नेपाल एसबिआई बैंक लि. र विराटनगरस्थित न्युरो कार्डियो एण्ड मल्टीस्पेसियालिटी हस्पिटल प्रालि (न्युरो अस्पताल) बिच बैंकका ग्राहकलाई छुट प्रदान गर्ने विषयमा सम्झौता भएकव छ । बैंकका भिसा डेबिट कार्ड तथा मोबाइल बैंकिङ सेवा प्रयोगकर्ता ग्राहकहरुलाई लक्षित गरी न्युरो अस्पतालमा कार्ड तथा मोबाइल बैंकिङ प्रयोग बापत विभिन्न स्वास्थ्य सेवामा छुट प्रदान गर्ने सम्झौता भएको हो । उक्त सम्झौता बैंकका कोशी प्रदेश प्रमुख रबिन घिमिरे तथा अस्पतालका अपरेशन डाइरेक्टर राजेश भट्टराईले हस्ताक्षर गरेका छन् ।

विस्तृतमा...

काठमाडौं : मुटुरोग विशेषज्ञ डा ओम मूर्ति अनिलद्वारा लिखित ‘जीवन्त सम्बन्ध’ बिक्रीबाट प्राप्त रकम देशका ७७ वटै जिल्लाका गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने भएको छ । ‘डा ओम फाउण्डेशन’ द्वारा आइतबार जारी विज्ञप्तिमा वर्ष २०८० को चर्चित पुस्तकमध्ये एक ‘जीवन्त सम्बन्ध’को बिक्रीबाट प्राप्त हुने सम्पूर्ण रकम लेखकले स्वास्थ्य, शिक्षा र सामाजिक रूपान्तरणमा खर्च गर्ने क्रममा शैक्षिक सत्र २०८१ मा छात्रवृत्ति प्रदान गरिने उल्लेख छ । पुस्तक बजारमा आएको छ महिनाको अवधिभित्र २० हजार प्रतिभन्दा बढी बिक्री भइसकेको फाउण्डेशनले जनाएको छ । गत असोज ६ गतेदेखि बजार उपलब्ध पुस्तक विमोचनपूर्व नै प्रिबुकिङ भएको थियो भने स्वदेश तथा विदेशबाट दिनहुँ…

विस्तृतमा...

काठमाडौं :  चिकित्साशिक्षा आयोगले प्रमाणपत्र तह कार्यक्रमका लागि २२ कलेजलाई अनुमति दिने प्रक्रिया अघि बढाएको छ । आयोगले नयाँ निजीसहित पुराना कलेजलाई पीसीएलका निम्ति आशयपत्र दिने निर्णय गरेको हो । १५ निजी लगानीका कलेजलाई नर्सिङ तथा फार्मेसी र तीन निजी संस्थालाई सामान्य चिकित्सा तथा ल्याब टेकिन्सियन कार्यक्रमका निम्ति आशयपत्र दिन लागिएको छ । राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ लागु भएयता १०० बेडको अस्पताल नभएका कारण निजी क्षेत्रबाट सञ्चालित १०९ मध्ये ७८ पीसीएल नर्सिङ कार्यक्रम बन्द भएका थिए ।

विस्तृतमा...

बरहथवा : सर्लाहीमा गत वर्षभन्दा क्षयरोगीको सङ्ख्या बढेको पाइएको छ । स्वास्थ्य कार्यालय मलङ्गवाको क्षयकुष्ठ शाखाले सार्वजनिक गरेको तथ्याङ्कअनुसार जिल्लामा पछिल्लो समय क्षयरोगीको सङ्ख्या बढेको हो । गत वर्ष छ सय क्षयरोगी रहेकामा यस वर्ष २९ जना थपिएका छन् । योसँगै जिल्लामा क्षयरोगीको सङ्ख्या छ सय ३० जना पुगेका छन् । जिल्लामा फेला परेका क्षयरोगीमध्ये धेरै हरिवन नगरपालिका क्षेत्रका रहेका स्वास्थ्य कार्यालय मलङ्गवाका क्षयकुष्ठ अधिकृत बलिराम यादवले जानकारी दिए । जिल्लामा फेला परेका कूल क्षयरोगीमध्ये ८९ अर्थात् १४ दशमलव १३ प्रतिशत १४ वर्षमुनिका रहेका अधिकृत यादवले बताए । उनका अनुसार जिल्लामा क्षयरोगीको सङ्ख्या प्रतिलाखमा एक सय ५२ जना छन् ।…

विस्तृतमा...