

काठमाडाैं : परिवर्तन अभियान नेपालले राजधानीको तारकेश्वरमा शनिबार निःशुल्क स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न गरेको छ ।
‘स्वास्थ्य परीक्षण गरौँ, निरोगी र स्वस्थ जीवन बाँचौँ’ भन्ने नाराका साथ तारकेश्वर नगरपालिका वडा नम्बर ४ स्थित पुरानो गुह्येश्वरी माविमा आयोजित स्वास्थ्य शिविरमा करिब ५ सय जना स्थानीयको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको अध्यक्ष सुशील भट्टले जानकारी दिए ।
एसियन मेडिकल स्टुडेन्स एसोसिएसन–नेपालसँगको सहकार्यमा गरिएको निःशुल्क स्वास्थ्य शिविरमा स्थानीयलाई स्वास्थ्य सम्बन्धी परामर्शका साथ स्थानीयको स्वास्थ्य परीक्षणका साथै औषधि वितरण गरिएको भट्टको भनाइ छ ।


