काठमाडौं, १ पुष । त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थानको डीनमा नियुक्त भएपछि प्रा.डा. मोहनराज शर्माले सोमबार पदभार ग्रहण गरेका छन् ।
पदभार ग्रहण गर्ने क्रममा संस्थानका निवर्तमान डीन प्राडा दिव्या सिंह शाह लगायत चिकित्सक, कर्मचारी तथा विद्यार्थीहरुले शर्माको स्वागत गरेका छन् । स्वागत कार्यक्रमपछि स्वास्थ्य डायरीसँग कुरा गर्दै प्राडा. शर्माले आफुसँग संस्थान सञ्चालन गर्ने कार्ययोजना रहेको भन्दै त्यसै अनुरुप अघि बढ्ने बताए । उनले आफु कुनै पार्टी विशेषको मान्छे नभएर साझा मान्छे भएकाले आइओएमको हितमा हुने कार्यहरु गर्न आफु सबैसँग मिलेर अघि बढ्ने बताएका छन् ।
डीन नियुक्तिका क्रममा सर्ट लिस्टेड भएका शर्मालाई त्रिविले डीनमा नियुक्त गर्दा उनको कुनै राजनीतिक आवद्धता नखुलेपछि उनलाई सबै पार्टीको साझा व्यक्तिका रुपमा हेरिएका बेला शर्माले आफुमाथि कुनै अनुचित राजनीतिक दवाव नहुने प्रतिक्रिया दिएका छन् । आईओएममा रहेका समस्याहरुलाई आफुले नजिकबाट महशुष गरेको बताउँदै वरिष्ठ न्यूरोसर्जन समेत रहेका डा. शर्माले ती समस्या समाधान गर्न आफु प्रतिवद्ध रहेको बताए ।
हेरौं थप भिडियोमा
यो पनि पढ्नुस्
आईओएमका नवनियुक्त डीन प्रा.डा. शर्माको स्वागत कार्यक्रम: हेरौं १९ तस्वीरमा